सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले मिटरब्याजी पीडितहरुको विषय आयोगमाथि आयोग थप्ने काम मात्र भएको बताएकी छन् ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले यस अघिको आयोगलाई असहयोग गरियो, असफल बनाइयो, अहिले काम चलाउ प्रतिवेदन लेख्न अर्को आयोग गठन भइरहेको भन्दै यसरी आयोग मात्र थपेर पीडितले न्याय नपाउने बताइन् ।
उनले भनिन्, ‘मिटरब्याजीहरुको न्याय कहिले पाउछन् । तर पीडितलाई पीडित बनाइएको छ । कति समय अझ आन्दोलन गराइरहने ? आयोगमाथि आयोग थप्ने र पीडितको समस्या बेवास्था गर्ने राज्यको यो कस्तो नीति हो ?’
यस्तै, उनले मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरियोस् भन्दै मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्ने माग गरेकी छन् ।
उनले भनिन्, ‘सिंहदरबारमा पीडितलाई प्रवेश निषेध गरिएको छ । मिटरब्याजी पीडितहरुको समस्या यसरी समाधान हुँदैन् । आफ्नो पार्टीको साहु जोगाउन पीडित माथि राजनीति नगरौं । मिटरब्याजमा गृहमन्त्री, मन्त्री, सांसद र नेताहरुको कहि कतै भाग छ भनेर शंका उत्पन्न हुनेगरि काम नगरौं । मिटरब्याजी पीडितहरुलाई न्याय दिनुपर्यो ।’
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मानिएको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भएको अनियमितता र भ्रष्टाचारबारे छानबिन गर्न प्रतिनिधिसभाको... विस्तृतमा