• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक: मन्त्री पाण्डे

      टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

      शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

      तिन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

      ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

      पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

      नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

      प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

      पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

      राजा ल्याउने प्रयास समयको बर्वादी मात्र हो : सांसद बास्कोटा

      पहिलो ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना हुँदै

      दुई ठूला दल देशलाई नै ध्वस्त पार्ने सहमतिमा छन् :सांसद सिंह

      भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द

      भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

      विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    होमपेज / अन्य

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख २६, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १२४ पटक पढिएको
  • काठमाडौं । महिनावारी योनिबाट प्रत्येक महिना रगत निस्कने प्रक्रिया हो। रजस्वला चक्रले शरीरलाई सम्भावित गर्भवती हुन तयार गर्दछ। हार्मोनले बनाएको पाठेघरको तह योनिमार्ग हुदै बाहिर निस्कने प्रक्रिया महिनावारीको सुरुवात हो।

    अन्तिम महिनावारीलाई ’रजोनिवृत्ति’ भनिन्छ। महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ। महिनावारी तीन देखि सात दिन सम्म रहन सक्छ। अधिकांश मानिसहरूले आफ्नो महिनावारीको अवधिमा कुल ८० एमएल भन्दा कम रगत गुमाउँछन्।

    रक्तस्राव सानो मात्रा देखि भारी मात्रा सम्म फरक फरक हुन सक्छ। महिनावारीको प्रवाह पहिलो तीन दिन सम्मको लागि भारी र अन्त्यमा हल्का हुन सक्छ। औषधि, रोग, हर्मोन, हर्मोन थेरापी, तनाव, व्यायाम, आहार र तौललगायत धेरै कारकहरूले महिनावारीलाई असर गर्न सक्छन्।

    धेरै मानिसहरूले आफ्नो महिनावारी सुरु हुनु अघि भावनात्मक र शारीरिक लक्षणहरू अनुभव गर्छन्। सामान्य लक्षणहरूमा बाउंडिनु, चिडचिडापन, फुल्ने, पिम्पल र थकान समावेश छन्। महिनावारी सुरु भएपछि लक्षणहरू सामान्यतया रोकिन्छन्।

    महिनावारी जो हुन्छन्, उनीहरु योनी लिएर जन्मिएका हुन्छन्। जो महिनावारी हुँदैनन्,उनीहरु लिंग लिएर जन्मिएका हुन्छन्। छोरा मान्छे महिनावारी हुन्छन् भनेर कल्पना गर्ने ठाउँ समेत देखिदैन।

    तर, पाठ्यक्रम विकास केन्द्रले छोरा मान्छे महिनावारी हुन्छन् भनी पाठ्यपुस्तकमा राख्नु पर्ने दबाब झेलेको छ। कक्षा ७ को स्वास्थ्य, शारीरिक तथा सिर्जनात्मक कलाको यौनिकता र लैंगिकता पाठमा राख्न दवाव आएको केन्द्रले बताएको छ।

    ट्रान्ससेक्सुयल को हुन्? तेस्रोलिंगीको पहिचानसँग जुधाइएको छ। पृष्ठ ६० मा ट्रान्ससेक्सुयल समुहका व्यक्ति शारीरिक रुपमा वा जन्मँदा महिला वा पुरुष भएता पनि आफ्नो शारीरिक वा प्राकृतिक स्वरुपभन्दा विपरीत यौनिक व्यवहार गर्छन भनिएको छ।

    शारीरिक रुपमा महिला भएता पनि पुरुष जस्तो व्यवहार गर्ने र पुरुषको जस्तो पहिरन लगाउने, पुरुषको जस्तो शृङ्गार गर्ने गर्छन लेखिएको छ। शारीरिक रुपमा पुरुष भए महिलाको जस्तो व्यवहार गर्ने र महिलाको पहिरन लगाउने, महिलाको जस्तो शृङ्गार गर्नेलाई ट्रान्ससेक्सुयल भनेर पढाउन थालिएको छ।

    ट्रान्ससेक्सुयल अंग्रेजी शब्द हो, जुन शब्दको अर्थ बालक जन्मेकाले चिकित्सकिय पद्धती प्रयोग गरेर महिला बन्ने र बालिका जन्मेकाले पुरुष बन्ने भन्ने हो। गुगल सर्च गर्दा ट्रान्ससेक्शुअल व्यक्ति भनेको लिङ्ग पहिचान अनुभव गर्ने व्यक्ति हो, जुन तिनीहरूको तोकिएको लिंगसँग असंगत छ। र, तिनीहरूले पहिचान गरेको लिङ्गमा स्थायी रूपमा संक्रमण गर्न चाहन्छन्। सामान्यतया उनीहरू पहिचान गरिएको लिङ्गसँग आफ्नो शरीरलाई पङ्क्तिबद्ध गर्न मद्दत गर्न चिकित्सा सहायता खोज्छ भन्ने आउँछ।

    तेस्रोलिंगी पहिचानको उदाहरण ट्रान्ससेक्सुयलमा मिसाउन खोजिएकोमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायले आपत्ति जनाएको छ। तेस्रोलिंगीलाई अंग्रेजीमा थर्डजेण्डर भनिन्छ। पाठ्यक्रममा व्याख्या तेस्रोलिंगीको राख्ने तर, शब्द ट्रान्ससेक्सुयल चिप्काउँदा बालबालिकामा समेत अन्योल देखिएको छ। अभिभावकले तत्काल पाठ्यक्रम सच्याउन भनेका छन्।

    पाठ्यक्रमको यो परिभाषाले कुनै चिकित्सकिय सहायता बीना बालक जन्मेका महिला स्वभावका र बालिका जन्मेका पुरुष स्वभावका तेस्रोलिंगी समुहलाई चिढ्याएको छ। अभिभावकहरुले पनि ट्रान्ससेक्सुयल शब्द राखेर तेस्रोलिंगी स्वभावका बालबच्चालाई भ्रममा नपार्न आग्रह गरेका छन्।

    पाठ्यक्रम विकास केन्द्र भने अझै ट्रान्ससेक्सुयल नै राखेर पाठ्यपुस्तक छपाई रहेको छ। आफ्नो वेवसाइटमा पनि त्यही राखेको छ। जुन शब्दले लिंग परिवर्तनलाई प्रोत्साहित गर्छ।

    कलिलै उमेरमा जन्मँदाको भन्दा फरक हाउभाउ गर्नेलाई चिकित्सा पद्धती तिर प्रोत्साहित गर्ने विषय पाठ्यक्रममा कहाँबाट आयो? पाठ्यक्रम विकास केन्द्रसँग यसको उत्तर छैन। शिक्षकले बुझ्दैनन्। विद्यार्थी गुगलको सहायता लिन बाध्य छन्। गुगलमा चिकित्सा पद्धती भनेर उपाय दिन्छ।

    नेगेटिभ जानु भएन भन्ने मात्र प्रतिक्रिया छ केन्द्रको। शब्द शब्दको जवाफ दिन नसकिने बताउँछन् केन्द्रका निर्देशक तथा सूचना अधिकारी वासुदेव वस्ती। शिक्षकले नबुझेको हुन सक्ने उनको जवाफ थियो।

    नेपालमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको दलिल गर्ने स्वार्थ समूहको दवावमा पाठ्यक्रममा ट्रान्ससेक्सुयल राखिएको यसअघि पनि सार्वजनिक भएको थियो। केन्द्रले सच्याउने बताएको थियो। अहिले पनि जस्ताको त्यस्तै राखेर केन्द्रले ढाँटेको छ भने विदेशी अनुदान सहयोगमा केन्द्रलाई दवाव दिनेहरु अझ उक्साहटमा लागेर पुरुष पनि महिनावारी हुन्छन् भन्ने राख्न दवाव दिइरहेका छन्।

    तेस्रोलिंगी छाता शब्द बुझिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक भन्ने वित्तिकै समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी पहिचान भएका व्यक्ति भनेर चिनिन्छ। केही ट्रान्स महिलाहरूले भने तेस्रोलिंगीहरू “ट्रान्सजेन्डर” भन्ने शब्दको छातामुनि पर्ने भ्रममा पार्न लागेको पाइएको छ।

    तेस्रोलिंगीहरुले यसमा आपत्ति नै जनाएका छन्। मायाको पहिचान नेपालकी अध्यक्ष एवं दक्षिण एसियामै पहिलो समलिंगी विवाह कानुनी रुपमा दर्ता गर्न सफल माया गुरुङ्गले सामाजिक संजाल फेसबुकमा लेखेकी छन्,यो कुरा गलत छ, समस्याजनक छ, र स्वीकार गर्न मिल्दैन।

    उनले तेस्रोलिंगीहरू—(बालक वा बालिका भएर जन्मिएका)—आफ्नो पहिचानलाई पुरुष वा महिलाभन्दा फरक रूपमा स्वीकार गर्छन्,लेखेकी छन्। ’हामीलाई ‘ट्रान्सजेन्डर’को छातामुनि राखेर हाम्रो मौलिक पहिचान मेट्न खोज्नु गम्भीर अन्याय हो’ अध्यक्ष गुरुङ्गले भनिन्, ’पश्चिमी शब्दको अन्धानुकरण गरेर पाठ्यक्रममा यस्ता शब्द राख्न लगाइनु झन् आपत्तिजनक छ। यसले हाम्रो पहिचानमा बाँचिरहेका व्यक्तिहरूलाई अपमानित गर्छ।’

    ट्रान्सजेन्डरहरूले आफू जन्मिएको लिंगबाट विपरित लिंगमा परिवर्तन गरेको वा गर्दै गरेको विश्वास गर्छन्। ट्रान्सजेन्डरको पहिचान अझै पनि पुरुष–महिला भन्ने दुईलिंगी सोचभित्र सीमित हुन्छ, तर तेस्रोलिंगीहरू यस्तो दुईलिंगी धारणा अस्वीकार गर्छन् र लिंगको विविधता स्वीकार गर्छन्।

    “ट्रान्सजेन्डर” भन्ने अंग्रेजी शब्दलाई सबै समेट्ने छाता बनाउनु उपयुक्त नहुने अध्यक्ष गुरुङ्गले बताइन। उनले प्रश्न गरिन्,पश्चिमी समाजले के हामीले उल्टो गरेर भन्यौं—ट्रान्सजेन्डरहरू तेस्रोलिंगी पहिचानभित्र पर्छन् भने स्वीकार गर्थे त?

    उनले भनिन्, ’यो हाम्रो समुदायमाथिको सांस्कृतिक हिंसा हो। समाजलाई यो बुझाउन जरुरी छ कि ट्रान्सजेन्डर र तेस्रोलिंगी एकै होइनन्।

    तेस्रोलिंगी समुदायले पाठ्यक्रम र नीति निर्माणमा यस्ता शब्द समावेश नगर्न र पहिचानको विविधता सुनिश्चित गर्न सरकार र सरोकारवालाहरूको ध्यानाकर्षण गराएका छन्। उनले भनिन्,’हाम्रो मौलिकता र पहिचानको रक्षा गर्न हामी अब चुप लाग्दैनौ।’

    तेस्रोलिंगी समुदाय, अभिभावक र शिक्षाविद्हरूले पाठ्यक्रम विकास केन्द्रसँग स्पष्ट नीति, स्पष्ट शब्द र समाजसँग मेल खाने पाठ्यक्रमको माग गरेका छन्।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    स्वतन्त्र र निष्पक्ष पत्रकारिता विना लोकतन्त्रको कल्पना गर्न सकिन्न : राष्ट्रपति

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    सुदूरपश्चिमको पर्यटन विकासका लागि नीति, भौतिक संरचना र व्यवहारमा सुधार आवश्यक: मन्त्री पाण्डे

    टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा प्रदीप खड्का नियुक्त

    शिक्षकको कुटाइबाट १३ वर्षिय विद्यार्थी अविनास अस्पताल भर्ना

    तिन विद्यालयको तह घटाउने, एकलाई अर्कोमा गाभ्ने चन्द्रपुर नगरपालिकाको निर्णय

    ऊर्जा मन्त्रीको कामको प्रशंसा गर्दै सांसद चौधरीद्वारा संसदमै बधाई

    भारत–पाकिस्तान तनावप्रति नेपाल सरकारको चिन्ता  व्यक्त

    विद्युत प्राधिकरणको समग्र आर्थिक अवस्थाको विवरण सदनलाई जानकारी गराउन माओवादीको माग

    गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबिच भेटवार्ता

    प्रतिनिधिसभा बैठक बस्दै, नीति, कार्यक्रममाथि छलफल जारी रहने

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख १९ गते शुक्रबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    डिजिटल नेपाल निर्माणका लागि समूहगत प्रयास आवश्यक

    युक्रेनको खनिज स्रोतहरूमा अमेरिकाको नजर, नयाँ युद्धको संकेत

    दुई न्यायाधीशले ६० लाख दलितहरुको हत्या गरे !

    विपद् जोखिमको उद्दार र सीमा सुरक्षामा सशस्त्र प्रहरी अब्बल : गृहमन्त्री

    सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

    पाँच–सात मिनेट बत्ती जानुलाई लोडसेडिङ भन्न मिल्दैन् ः निर्देशक शाक्य

    तीन जिल्लाका स्कुल लिडरहरूलाई नेतृत्व तालिम

    आर्थिक

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑