सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ६२ दशमलव २५ अङ्कले बढेर २ हजार ६७३ दशमलव ६९ विन्दुमा पुगेको छ ।
नेप्सेसँगै कारोबार रकम पनि बढेको यसदिन ३०८ वटा कम्पनीका २ करोड ७२ लाख कित्ता शेयर १० अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ । सबैभन्दा धेरै सानिमा माई हाइड्रोपावरको ५९ करोड २० लाखको शेयर किनबेच भयो ।
आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर झन्डै साढे ५ प्रतिशत, जलविद्युत् समूहको शेयर ३ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
यसदिन नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, बुटवल पावर, ओम मेगाश्री फर्मास्युटिकल्स, पिपुल्स हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन न्यादी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ४ प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा