सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले नयाँ प्रवक्ता तथा सूचना अधिकारीको रूपमा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालीदास धौवजीलाई नियुक्त गरेको छ।
यसअघि प्रवक्ता रहेका डीआईजी कुमार न्यौपानेको सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय, पकली सुनसरीमा सरुवा भएपछि धौवजीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।
डीआईजी धौवजी यसअघि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीका बाहिनीपति थिए। लामो समयदेखि संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका धौवजीले सूचना व्यवस्थापन र सञ्चार संयोजनमा आफ्नो अनुभव प्रयोग गर्ने विश्वास सशस्त्र प्रहरी मुख्यालयले व्यक्त गरेको छ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा