सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति भएको घटनामा प्रधानमन्त्री दाहालको टाउको र निधारमा चोट लागेको छ।
परिवार स्रोतका अनुसार घाइते भएका प्रधानमन्त्रीलाई तत्कालै ललितपुरस्थित मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतले उनको टाउकोमा चोट लागेकाले टाँका लगाइएको जानकारी दिएको छ। यद्यपि हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकीय निगरानीमा राखिएको जनाइएको छ।
प्रधानमन्त्री प्रचण्ड हाल चिकित्सकहरूको सल्लाहअनुसार आराममा रहेका छन्।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा