सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गोरखा पत्रलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने बताए ।
बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले गोरखा पत्र पुरानै ऐनले शासित रहेको भन्दै यसलाई सार्वजनिक सेवा प्रकाशनमा लानुपर्ने र त्यसको लागि नीति बनाउनु पर्ने बताए ।
उनले भने, ‘गोरखा पत्र अहिले पनि पुरानै ऐनले शासित छ । राजा महेन्द्रको समयमा बनेको कानून अझै पनि छ ।
त्यसकारण अब सार्वजनिक सेवा प्रकाशनको नीति कस्तो हुनुपर्छ त्यो पनि बनाउनु पर्ने छ । त्यसपछि यो संगठनलाई बलियो बनाएर, संरचनालाई बलियो बनाएर संरक्षण गर्नुपर्ने छ यो पनि हामीले गर्नुपर्ने काम छ । यति काम गर्यो भने गोरखापत्र संस्थान हरेक चुनौतीको सामना गर्न तयार हुन्छ ।’
यस्तै, उनले अहिले ४५ भाषामा प्रकाशन भएको गोरखापत्रलाई अझ थप्दै लानुपर्ने पनि बताए ।
उनले भने, ‘अब हाम्रो गोरखापत्र सबै जनताको लागि हुनुपर्छ । त्यसकारण अहिले ४५ भाषामा प्रकाशन भएको छ यसलाई अझ थप्दै लानुपर्छ । एक पाना भएको ठाँउमा दुई पाना हुन्छ त्यसले केही फरक पर्दैन् । यस्तो भयो भने सबैले गोरखा पत्र हाम्रो पत्रिका हो भन्छ । हाम्रो भाषा, पहिचान र नेपालको पक्षमा गोरखापत्र छ भन्ने कुरा पुष्टि गर्ने बेला पनि अहिले आएको छ । त्यो रुपमा गोरखापत्रलाई अझ विकास गर्नुपर्ने छ ।’
चुनौतीभित्र ठूलो अवसर हुन्छ भन्ने कुरा स्वीकार गरेर पनि अगाडि बढ्नुपर्ने उनको भनाई छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा