सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, वैशाख २५ – भारतद्वारा पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीर (PoK) का आतंकी शिविरहरूमा लक्षित गरी सञ्चालन गरिएको सैन्य अपरेशन ‘सिन्दूर’ले अन्तर्राष्ट्रिय समुदायको ध्यान तानेको छ। पछिल्लो प्रतिक्रियामा, क्षेत्रीय महाशक्ति चीनले भारतको कारबाहीप्रति कडा असन्तुष्टि व्यक्त गर्दै सो कदमलाई “खेदजनक” भनेको छ।
‘अपरेशन सिन्दूर’ के हो?
भारतीय सेनाले सोमबार राति देखी सुरु गरेको अपरेशन सिन्दूर पाकिस्तान र PoK का विभिन्न स्थानहरूमा रहेको आतंकी संरचनाहरू विरुद्ध लक्षित सैन्य कारबाही हो। भारतले यसलाई जम्मु-कश्मीरको पाहलगाममा सुरक्षाकर्मीमाथि भएको आतंकवादी आक्रमणको प्रतिशोधस्वरूप लिएको दाबी गरेको छ।
सूत्रहरूका अनुसार, हवाई कारबाहीमा आतंकवादी प्रशिक्षण शिविर, भण्डारण केन्द्र र घुसपैठका आधार शिविरहरू ध्वस्त पारिएका छन्। अपरेशनमा भारतीय वायु सेना, थल सेना र खुफिया निकायहरूबीच समन्वय गरिएको थियो।
चीनको प्रतिक्रिया: संयमता अपनाउन आग्रह
बुधबार नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य कारबाहीप्रति चिन्ता व्यक्त गर्दै भने: “चीन भारतको आज बिहानको सैन्य कारबाहीलाई खेदजनक मान्दछ। हामी हालको परिस्थितिप्रति गम्भीर चिन्तित छौं। भारत र पाकिस्तान एक–अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्। ती दुवै चीनका पनि छिमेकी मुलुक हुन्।”
उनले भारत र पाकिस्तानलाई क्षेत्रीय शान्ति र स्थायित्वका लागि संयमता अपनाउन आग्रह गर्दै थपे: “चीन सबै प्रकारका आतंकवादको विरोध गर्दछ। तर, द्वन्द्व समाधान सैन्य उपायले होइन, संवाद र कूटनीतिका माध्यमबाट हुनुपर्छ। हामी दुबै पक्षलाई स्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आह्वान गर्दछौं।”
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा