सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंहले गभर्नर नियुक्ति हुन नसक्नुमा प्रधानमन्त्री केपी शर्मा होली र सत्तापक्षका सभापति शेरबहादुर देउवा नै दोषी रहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने कुरामा दलीय भागबण्डाको झगडाले देशको आर्थिक क्षेत्रलाई ध्वस्त पार्न खोजेको बताएका हुन् ।
उनले भने,‘एउटा गभर्नरको नियुक्ति गर्न नसक्ने सरकार त्यो काम त एउटा मन्त्रिपरिषद्को निर्णयबाट नियुक्ति हुने हो । तर दुई दलको भागबण्डाको झगडाले अहिलेसम्म पुगेन । त्यसको आर्थिक असर कति पर्छ बैंकहरुसँगै पुरै आर्थिक क्षेत्रमा सरकारलाई मतलब छैन । मतलब त आफ्नो कार्यकर्ता राख्ने र आर्थिक क्षेत्रलाई कब्जा गर्ने भन्ने छ अर्कोलाई पनि त्यही छ । यो कार्यकर्ताको देश हो कि नेपाली जनताको पनि देश हो ? दुई दल मिलेर देशको आर्थिक क्षेत्रलाई ध्वस्त त पारे दुई नै देशलाई ध्वस्त पार्न सहमतिमा छन् । हामी राजा जस्तै अगाडि पछाडी गाडि लिएर घुमौ । गभर्नरको नियुक्ति नगरेकोमा सरकारको प्रधानमन्त्री र सत्तापक्षका सभापति दुईटै यसमा दोषी छन् ।’
यस्तै उनले खेतिपातिको सिजनमा मल र बिउको अभाव रहेको भन्दै मलको तस्करी भईरहेको बताए ।
उनले किसानले दुधको मूल्य, उखुको मूल्य नपाउनुमा सरकारी संयन्त्रनै दोषि रहेको भन्दै विचौलियाको मात्र सरकार रहेको बताए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा