सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
महेन्द्रनगर । सुदूरपश्चिमको पर्यटकीय गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नीति, संरचना र व्यवहारमा सुधार आवश्यक रहेको बताएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा आयोजित फारवेस्ट ट्राभल मार्टको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले सीमित बजेटका बाबजुद पर्यटन विकासमा सरकार गम्भीर रूपमा लागिरहेको स्पष्ट पारे ।
उनले भने, ‘यस वर्ष २० प्रतिशत पुँजीगत बजेट घटेको छ, हामीले भएको बजेटको उचित सदुपयोग गर्दै नीतिगत सुधारमा केन्द्रित भएका छौं ।’
उनले पर्यटन विकासका लागि केवल नीति र संरचना सुधार मात्र पर्याप्त नभई कतिपय प्रवृत्तिहरू पनि सुधार्न जरुरी रहेको भन्दै पर्यटन विकासका लागि वन, गृह, परराष्ट्र, उद्योग लगायतका मन्त्रालयहरूसँग सहकार्य गरिरहेको जानकारी बताए ।
सुदूरपश्चिम क्षेत्रमा अझै पर्यटकीय गतिविधि कम रहेको स्वीकार गर्दै मन्त्री पाण्डेले पूर्वी नेपाल र मध्य नेपालजस्तै सुदूरपश्चिमको पर्यटन पनि चलायमान बनाउन आवश्यक रहेको धारणा राखे ।
सरकार पूर्वाधार विकासमा पनि जुटिरहेको बताउँदै मन्त्री पाण्डेले मझगाउँ विमानस्थलको निर्माण कार्य भइरहेको र धनगढी विमानस्थलको स्तरोन्नति तथा पोखरा विमानस्थलबाट सातै प्रदेशमा नियमित उडान सञ्चालनका लागि तयारी भइरहेको जानकारी दिए ।
भारतीय पर्यटकहरूको ठूलो सम्भावनालाई पहिचान गर्दै नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक समानतालाई सदुपयोग गर्नुपर्ने पनि उनको भनाई छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा