सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । टिसिएल ग्लोबल एजुकेशन कन्सलटेन्सीका ब्राण्ड एम्बेस्डरमा अभिनेता प्रदीप खड्का नियुक्त भएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच कन्सलटेन्सीका प्रमुख गजेन्द्रकुमार कार्की र प्रदीप खड्काले ब्राण्ड एम्बेस्डर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरपछि अभिनेता ख्डकाले विद्यार्थीहरुलाई बाहिर गएपछि एकदमै राम्रो हुन्छ भन्ने तरिकाले झुक्याइने परिपाटी एजुकेशन कन्सलटेन्सीमा रहेको बताए ।
सुरुमा यस कन्सलटेन्सीमा जोडिन केही शंका उत्पन्न भएतापनि बुझ्दै जाँदा विश्वासिलो लागेको कारण नै आफू जोडिएको उनले सुनाए ।
उनले भने, ‘विद्यार्थीहरुलाई एकदमै बाहिर गएपछि राम्रो हुन्छ जस्तो लाग्छ । त्यसरी नै झुक्याइने परिपाटी चाँही एजुकेशन कन्सलटेन्सीमा देखिन्छ । एउटा पढ्न भनेर गयो त्यो हुँदैन् । म टिसिएलसँग जोडिदै गर्दा मेरो एउटा मात्र सोच के थियो भने कत्तिको विश्वासिलो छ त म जोडिदै गर्दा तलमाथि भयो भने भोली मेरो पनि नाम जोडिने भएको कारणले सजक छु । त्यही क्रममा बुझ्दा सबैभन्दा मन परेको विश्वासिला भएर हो ।’
उनले टिसिएल ग्लोबलसँग जोडिने आफ्नो निर्णय सहि साबित भएको भन्दै निकै खुसी लागेको बताए ।
त्यस्तै, कन्सलटेन्सी प्रमुख कार्कीले विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउने र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्ने आफूहरुको उद्देश्य रहेको बताए ।
उनले अभिनेता ख्डकालाई एम्बेस्डरमा नियुक्त गरेसँगै उनको व्यापक लोकप्रियता, युवा माझको विश्वास योग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशा व्यक्त गरे ।
उनले भने, ‘विदेशमा अध्ययन गर्ने प्रक्रिया सरल बनाउनु र नेपाली विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षाको पहुँचमा सहजिकरण गर्नु हाम्रो लक्ष्य हो । यही लक्ष्यलाई लिएर हामीले नेपाली चलचित्र उद्योगका ख्याति प्राप्त व्यक्तित्व प्रदीप खड्काज्यूलाई आफ्नो आधिकारिक ब्राण्ड एम्बेस्डरको रुपमा आज यस कार्यक्रम मार्फत नियुक्त गरेका छौं । उनको व्यापक लोकप्रियता, युवा माझको विश्वासयोग्यता, जोस, संघर्ष र सफलताको यात्राले युवाहरुलाई अझ बढी प्रेरित गर्ने आशा गरेका छौं ।’
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा