सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगी विनोदकुमार चौधरीले सरकारले ऊर्जा क्षेत्रमा कार्ययोजना बनाएर काम थालेको भन्दै ऊर्जा मन्त्रीलाई बधाई दिएका छन् ।
प्रतिनिधि सभामा विशेष समयमा बोल्दै सांसद चौधरीले ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले राम्रो काम गरेको भन्दै बधाई दिएका हुन् ।
उनले भने,‘ऊर्जाबाटै समृद्धि हासिल गर्ने लक्ष्यसहित कुन समयमा के गर्ने भनेर पहिलोपटक तालिका सार्वजनिक भएको छ ।’
सांसद चौधरीले मन्त्रालयले पहिलोपटक १० वर्षभित्र २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम सुरु गर्नु देशका लागि सुखद विषय भएको धारणा राखे ।
सांसद चौधरीले उत्पादित विद्युत् स्वदेशमा खपत गर्ने र बाँकी भारत तथा बंगलादेशमा बिक्री गर्ने योजना रहेको उल्लेख गरे । विद्युत् विकासको मार्गचित्र ऊर्जा मन्त्रीको योजनामा समेटिनु सिंगो सरकारको सफलता भएको उनको भनाई थियो। नेपालले आन्तरिक खपतपछि बाँकी रहेको विद्युत् भारतमा १० हजार मेगावाट र बंगलादेशमा ५ हजार मेगावाट निर्यात गर्ने तयारी गरिरहेको पनि उनले जानकारी दिए ।
उद्योगी समेत रहेका सांसद चौधरीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले श्वेतपत्र सार्वजनिक गरी प्राधिकरणको वास्तविक अवस्था स्पष्ट पारेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा प्राधिकरणले हिउँदको समयमा आन्तरिक खपतका लागि आवश्यक विद्युत् उत्पादन गर्न सक्दैन। आगामी दुई वर्षसम्म बाह्य स्रोतबाट विद्युत् आयात गर्नुपर्ने स्थिति रहेको छ भन्ने इमान्दार अभिव्यक्ति उहाँले दिनुभएको हो, वास्तविकता त्यही हो।’
चौधरीले ऊर्जा क्षेत्रको विकासका लागि हाल ५ हजार मेगावाटका पीपीए भइसकेका आयोजनाहरूलाई छिटो अगाडि बढाउनुपर्नेमा पनि जोड दिए ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा