• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

      धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

      याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

      मेस्सी र यामालबीच २० वर्षपछि दोहोरियो दुर्लभ संयोग, विश्वकपमा एउटै उमेर र जर्सी नम्बरमा पहिलो गोल

      ‘झिँगेदाउ–२’ को आधिकारिक पोस्टर सार्वजनिक, असोज २ गतेदेखि प्रदर्शनमा आउने

      प्रधानमन्त्री बालेन शाहकी स्वकीय उपसचिव प्रकृति ढकाल रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

      सौगल गणेश मन्दिरमा सेतो मुसा, ‘शुभ संकेत’ हुने विश्वास

      भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

      कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

      पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

      फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

      दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

      सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

    होमपेज /  प्रदेश

    तीनसयमा पाइने रजिष्टर १७ हजारमा खरिद, अख्तियारमाथि नै आशंका

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ बैशाख ९, मंगलबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६२३ पटक पढिएको
  • राहुल राय / सिरहा । विस्तृत अनुसन्धान सकिएर भ्रष्टाचार भएको राय ठहरसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास महोत्तरीले मुख्य कार्यालय टंगालमा पठाएको एउटा मुद्दा अचानक मुलतवीमा पठाइएको छ ।

    आर्थिक वर्ष २०७९–०८० मा सर्लाहीको बलरा नगरपालिकाले सहकारीको रेकर्ड राख्ने १५ थान रजिष्टर खरिद गरेको थियो । बजारमा तीन सयमा पाइने रजिष्टर प्रतिगोटा १७ हजारमा खरिद भएको र भुक्तानी दिइएको उजुरी परेपछि अख्तियार बर्दिवास कार्यालयले अनुसन्धान थालेको थियो ।

    तीन सय पर्ने रजिष्टर १७ हजार का दरले खरिद भएको देखिए पछि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत उमेश महतो माथि भ्रष्टाचार गरेको अभियोजन पत्र विशेष अदालत काठमाडौंमा दर्ता हुने राय ठहरसहित बर्दिवास कार्यालयले टंगाल पठाएको थियो ।

    तर बैशाखको पहिलो सातामा आरोपित प्रमुख प्रशासकीय अधिकृत (हाल सहिदनगर नगरपालिका धनुषामा कार्यरत) उमेश महतोले बलरा नगरपालिकाको राजस्व शाखामा रजिष्टर खरिदको सावाँ र व्याज समेत ३ लाख १० हजार रकम बुझाएका छन् । रकम बुझाएपछि यादवमाथि दायर गर्न ठीक्क पारिएको मुद्दा मुलतवीमा गएको छ ।

    मुद्दा मुलतवीमा पार्न ठूलो रकमको लेनदेन भएको सुत्रहरुले दावी गरेका छन् । अख्तियार कार्यालय बर्दिवासबाटै प्रमुख प्रशासकीय अधिकृत महतोलाई बोलाएर रजिष्टर खरिद गर्दा भएको भुक्तानीको साँवा र व्याज रकम सरकारलाई फिर्ता गरेर भौचर बुझाउन भनियो । त्यसपछि महतोले अह्राइए  बमोजिम रकम जम्मा गरेर भौचर बुझाए । बर्दिवासले मुद्दा मुलतवीमा जाने सिफारिससहित मिसिल टंगाल पठाइदिएको छ ।

    मुद्दा मिलाउन अख्तियार कार्यालय बर्दिवासमा धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भूमिका खेलेको आशंका गरिएको छ । प्रमुख जिल्ला अधिकारी कडरिया र प्रमुख प्रशासकीय अधिकृत महतो एकै नगरबासी भएको र छरछिमेकको नाताले महतोलाई बचाउन कडरियाले भूमिका खेलेको अनुमान गरिएको छ ।

    यस विषयमा प्रजिअ कडरियालाई सोध्दा उनले उमेश महतोलाई नचिनेको र कसैलाई बचाउन कुनै पैरवी नगरेको बताए । उनले भने,‘अख्तियारले हामीलाई पनि बोलाउँछ । हामी आफ्नै कामले गएका हुन्छौं ।’ यस्तो आरोपमा कुनै सत्यता नभएको उनले जिकिर गरे ।

    यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका सूचना अधिकारी तुलसीराम पौडेलले भने,‘अख्तियारको सबै निर्णय केन्द्रबाटै हुन्छ । हामीले राय सुझावसहित मिसिल टंगालमा पठाउने हो । उतैबाट बुझ्नुस् । हामीलाई थाहा भएन ।’ उनले राजिष्टर खरिदमा अनुसन्धान भएको भने स्वीकार गरे ।

    अख्तियार बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुमवाङ्गसँग यसबारे प्रतिक्रिया माग्दा रजिष्टर खरिदमा अनुसन्धान भएको तर निर्णय टंगालबाटै हुने बताएर उनी पन्छिए ।

    यता प्रमुख प्रशासकीय अधिकृत महतोलाई प्रश्न गर्दा ‘के तपाईँले रजिष्टर खरिद वापतको रकम नेपाल सरकारलाई फिर्ता गर्नुभएको हो ?’ जवाफमा भने,‘यस विषयमा मलाई थाहा छैन ।’ तर एकैछिन पछि फोन गरेर उनले भने,‘यस विषयमा भेटेरै कुरा गर्न मिल्दैन ? भेटेरै कुरा गरौं ।’

    यता बलरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल कुमार साहलाई रजिष्टर खरिद वापतको रकम राजस्व खातामा जम्मा भए नभएको बारे सोध्दा उनले भने,‘म राजस्व शाखामा कार्यरत कर्मचारीसँग सोधेर फोन गरेर जानकारी गराउँछु ।’ तर त्यसपछि उनको फोन लागेन ।

    सिरहाका वयोवृद्ध वामपन्थी नेता रामजी यादव भन्छन्,‘अख्तियारले जित हुनेमा शंका भएका मुद्दाहरु पैसा तिराएर मुलतवीमा पठाउने निर्णय गर्दा भ्रष्टाचारले झन् प्रश्रय पाएको छ । अख्तियारले समाइहाले नगद फिर्ता गरिदिने नत्र पचाउने भन्दै धक फुकाएर भ्रष्टाचार गर्न थालेका छन् । स्थानीय तहमा वेथितिले सीमा पार गरेको छ,’ उनले अगाडि भने,‘अख्तियारमा पनि वेथिति देखियो । यो मुद्दा सेटिङ्गमै मुलतवी पारिएको हुनुपर्छ ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मासिक करोडौँ राजस्व तिर्दै आएको जनकपुरधामका फलफूल व्यवसायीहरू विस्थापित हुने अवस्थामा

    कर्णालीका झण्डै १७ लाख नागरिकले गरे विपद् बीमा

    विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

    कक्षा १२ को परीक्षामा कर्णालीबाट २४ हजार परीक्षार्थी सहभागी

    कर्णालीका दर्जनौं पुल र सडक स्तरोन्नतीका आयोेजना अलपत्र

    सुर्खेतमा बहुबिषयक अन्तरराष्ट्रिय सम्मेलन आजदेखि

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    धुलो र हिलोमुक्त हुँदै सोरुका बस्तीहरु

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    आर्थिक

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑