• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन सक्छ’

      नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

      कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८ जना बेपत्ता

      सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

      पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

      फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

      दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

      सिरहामा प्रहरीको गोलीपछि कुख्यात भारतीय लागू औषध कारोबारी पक्राउ, ब्राउन सुगरसहित नियन्त्रणमा

      रास्वपा महाधिवेशन : दोस्रो दिन बन्द सत्र सुरु हुँदै

      पीएल सिंह मेमोरियल टी–२० कपको खेलमा काठमाडौं र ललितपुर महानगरपालिका विजयी

      फिफा विश्वकप : केप भर्डेसँग बराबरीमा रोकियो उरुग्वे

      आजकाे मौसम : लुम्बिनी र सुदूरपश्चिममा तातो लहर चल्ने

      डिम्ब व्यापार र तस्करीविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन

      रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ : डा.भट्टराई

      बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    होमपेज /  पत्रपत्रिका

    बिदेसिने कामदार घटे पनि रेमिट्यान्स वृद्धि

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० फागुन २८, सोमबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २८९ पटक पढिएको
  • काठमाडौँ, २८ फागुन ।  वैदेशिक रोजगारीका लागि जाने श्रमिकहरूको संख्या घट्दै गए पनि रेमिट्यान्स आप्रवाहमा भने वृद्धि हुन थालेको छ ।

    चालू आर्थिक वर्षको साउनदेखि माघसम्ममा ४ लाख ५ हजार ५ सय ५२ जना वैदेशिक रोजगारीमा पुगेका छन् । गत वर्षको सोही अवधिमा ४ लाख ८२ हजार ४ सय ७५ जना वैदेशिक रोजगारीमा गएका थिए ।

    वैदैशिक रोजगारीमा जाने श्रमिकहरूबाट गत वर्ष ७ महिनामा ६ खर्ब ८९ अर्ब ८८ करोड रेमिट्यान्स भित्रिएकामा यस वर्ष भने ७ महिनाको अवधिमा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रिएको छ ।

    राष्ट्र बैंकले रेमिट्यान्स आप्रवाह नेपाली रुपैयाँमा २१ दशमलव ६ प्रतिशतले र अमेरिकी डलरमा १९ दशमलव १ प्रतिशतले बढेको जनाएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकनुसार चालू आवमा श्रम स्वीकृति लिएर जाने नयाँ नेपालीको संख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५ सय ४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नयाँ ३ लाख १४ हजार ७ सय ६७ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६७ हजार ७ सय ८ रहेको थियो ।

    नेपाल राष्ट्र बैंकले आइतवार प्रकाशन गरेको तथ्यांकनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । मुद्रास्फीतिबराबर मूल्यवृद्धि हुने गर्छ ।

    ७ महिनामा आयात २ दशमलव ३ प्रतिशत, निर्यात ७ दशमलव १ प्रतिशत र कुल वस्तु व्यापार घाटा १ दशमलव ८ प्रतिशतले घटेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७ प्रतिशतले बढेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ४ दशमलव १ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १४ दशमलव ४ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ४ दशमलव ७ प्रतिशत रहेको पनि उल्लेख गरिएको छ ।

    ७ महिनामा चालू खाता १ खर्ब ६१ अर्ब ६९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता ४० अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३१ करोड ४६ लाखले घाटामा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब २२ करोडले बचतमा रहेको छ ।

    यसैगरी, प्रत्यक्ष वैदेशिक लगानी ५ अर्ब १८ करोडले धनात्मक रहेको तथ्यांक नेपाल राष्ट्र बैंकको रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ३५ करोड कायम भएको थियो भने खुद प्रत्यक्ष वैदेशिक लगानी १ अर्ब ४ करोडले धनात्मक रहेको थियो ।

    साउनदेखि माघसम्ममा शोधनान्तर स्थिति २ खर्ब ९७ अर्ब ७२ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २८ अर्ब ५५ करोडले बचतमा रहेको थियो । नेपालबाट बाहिरिने भन्दा भित्रिने रकम बढी हुँदा शोधानान्तर बचत हुने गर्छ ।

    अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ९७ करोड ५७ लाखले बचतमा रहेको शोधनान्तर स्थिति यस आवको ७ महिनामा २ अर्ब २४ करोडले बचतमा रहेको छ ।

    यसैगरी, गत असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १९ दशमलव ९ प्रतिशतले वृद्धि भई यस वर्ष माघ मसान्तसम्ममा १८ खर्ब ४४ अर्ब ९४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा २०८० माघ मसान्तमा १८ दशमलव ६ प्रतिशतले वृद्धि भई १३ अर्ब ८९ करोड पुगेको छ ।

    कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १३ खर्ब ४५ अर्ब ७८ करोड रहेकामा माघ मसान्तमा २० दशमलव ७ प्रतिशतले वृद्धि भई १६ खर्ब २३ अर्ब ९२ करोड पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८० असार मसान्तमा १ खर्ब ९३ अर्ब ५९ करोड रहेकामा माघ मसान्तमा १४ दशमलव २ प्रतिशतले वृद्घि भई २ खर्ब २१ अर्ब २ करोड कायम भएको छ । माघ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ६ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

    आव २०८०–०८१ को सात महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति हेर्दा १४ दशमलव ७ महिनाको वस्तु आयात र १२ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने जनाइएको छ ।

    माघ महिनामा वार्षिक बिन्दुगत मूल्यवृद्धि ५ दशमलव शून्य १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ७ दशमलव ८८ प्रतिशत रहेको थियो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मूल्य ६ दशमलव ५१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ८५ प्रतिशतले बढेको छ । मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक ३२ दशमलव ११ प्रतिशतले बढेको छ । यसैगरी, दाल तथा गेडागुडीको ११ दशमलव १५ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको १० दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९ दशमलव शून्य ६ प्रतिशत र तरकारीको ७ दशमलव ५८ प्रतिशतले मूल्य बढेको छ भने घिउ तथा तेल उपसमूहको १२ दशमलव ३३ प्रतिशतले मूल्य घटेको छ ।

    यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १ दशमलव ४१ प्रतिशतले घटेको छ । माघ महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ४ दशमलव ९६ प्रतिशत, तराईको ४ दशमलव ७१ प्रतिशत, पहाडको ५ दशमलव ५८ प्रतिशत र हिमालको ५ दशमलव ४४ प्रतिशत रहेको छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतलाई पाकिस्तानका रक्षामन्त्रीको चेतावनी, ‘पानी रोकिए युद्ध हुन…

    नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    कतारको ग्यास प्लान्टमा भीषण विस्फोट, ५४ घाइते, १८…

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन

    रास्वपाको उदयलाई नयाँ राजनीतिक क्रान्तिको कडीका रूपमा लिनुपर्छ…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आर्थिक

    नेपालमै पहिलोपटक न्यूरोडको पाकोमा खुल्यो अत्याधुनिक रिपेयरीङ सेन्टर

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    दीपक भट्ट प्रकरणको असर : १८ कम्पनीको क्रेडिट रेटिङ निगरानीमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑