• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ बैशाख २७, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

      अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

      ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

      सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

      शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

      विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

      मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

      ‘निरोगात्मक’ र ‘प्रवर्धनात्मक’ जनस्वास्थ्य कार्यक्रम वृद्धि गर्न मिस्टर महानगर प्रतियोगिता आयोजना हुँदै

      सडक निर्माणमा स्थानीय र निर्माण व्यवसायीको विवाद

      एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

      दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो

      रारा अल्ट्रा म्याराथनको छैंटौं संस्करण सुरु

      पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय

      निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल

      आजको मौसम : देशको पहाडी भू–भागमा वर्षाको सम्भावना

    होमपेज / पत्रपत्रिका

    कालोसूचीमा पर्ने ऋणीको संख्या ६७ हजार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक १६, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४०९ पटक पढिएको
  • काठमाडौँ, १६ कार्तिक ।  चालू आर्थिक वर्षको साढे तीन महिनामा मात्रै १३ हजार ३ सय ४६ जना व्यक्ति तथा संस्था बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार बैंकहरूले दिएको सूचनाअनुसार १२ हजार ९ सय ८१ जना छन् भने लघुवित्तका मात्रै ३ सय ६५ जना कालोसूचीमा परेका छन् ।

    गत असार मसान्तसम्ममा कुल ५३ हजार ७ सय ४ जना ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक वित्तीय संस्थामा कालोसूचीमा परेकामा १४ कात्तिकसम्ममा आइपुग्दा यो संख्या ६६ हजार ६ सय ८५ पुगेको छ । यसैगरी, लघुवित्तहरूमा ७ सय ७ जनाबाट बढेर १ हजार ७२ जना पुगेका छन् ।

    सरकार र नेपाल राष्ट्र बैंकको तथ्यांकमा अर्थतन्त्र मजबुत देखिए पनि जनस्तरमा भने अर्थतन्त्र समस्याग्रस्त अवस्थामा रहेको छ । सरकारले पुँजीगत खर्च नगर्दा र दातृ निकायबाट नागरिक समाज एवं गैरसरकारी संस्थामा आउने सहयोग बन्द भएका कारण नेपालकोे आर्थिक गतिविधिमा सुस्तता आउन थालेको बताइन्छ । सरकारले घरजग्गा र सेयर बजारमा कडाइ गरेपछि बजार चलायमान नहुँदा समस्या निम्तिएको पनि विज्ञहरू बताउँछन् ।

    यही कारणले गर्दा मागमा कमी, उत्पादनमा कमीलगायत कारण आयआर्जन घटेकाले कालोसूचीमा पर्ने ऋणी संख्या बढेको हो । कालोसूचीमा पर्नेमध्ये पनि धेरै निर्माण व्यवसायी रहेका छन् । सरकारले निर्माण व्यवसायीको ६ अर्ब भुक्तानी रोकिदिँदा उनीहरू बैंकहरूको कालोसूचीमा परेका हुन् ।

    दसैंको समयमा पनि भुक्तानी नपाएका निर्माण व्यवसायीहरूले अन्य साना व्यवसायीलाई भुक्तानी दिन नसक्दा कर्जा सूचना केन्द्रको सूची लम्बिएको छ ।

    कर्जा सूचना केन्द्रका अनुसार बडादसैंको बिदा सकिएको पहिलो दिन अर्थात् १० कात्तिक शुक्रबार मात्रै यस्ता व्यक्ति ६३ जना थपिएका थिए । यसैगरी, १२ कात्तिक आइतबार एकैदिन १ सय ९८ जना थपिए । त्यसपछि सोमबार १ सय ६३ र मंगलबार १ सय २५ जना कालोसूचीमा थपिएका थिए ।

    निश्चित समयमा काम सकिएला र पैसा आउला भन्ने अनुमानका आधारमा चेक काटिएका व्यवसायीहरू नै कालोसूचीमा परेका छन् । सरकारबाट समयमै भुक्तानी नहुनु, ऋणको ब्याज बढ्नु र तिर्ने क्षमता घटेकाले धेरै निर्माण व्यवसायी कालोसूचीमा परेका छन् । समयमा काम नसकिँदा सरकार र जनताको नजरमा पनि कालोसूचीमा परेका निर्माण व्यवसायी समयमै निर्माण सकेर पनि भुक्तानी ढिलो हुँदा बैंकको कालोसूचीमा परेका छन् ।

    मिटरब्याजमा सापटी दिने र ऋणीबाट चेक लिने प्रवृत्ति बढेका कारणले पनि चेक अनादरको घट्नाले गर्दा कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका पनि देखिएको छ । समयमै भुक्तानी भएन भने बैकिङ कसुरमा उजुरी दिने प्रवृत्ति बढेकाले पनि विभिन्न व्यक्ति बैंकहरूको कालोसूचीमा परेका देखिएको छ ।

    बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा पर्ने ऋणीमध्ये अधिकांश चेक बाउन्सका कारणले हुँदै आएका पाइएको छ । कर्जा सूचना केन्द्रको तथ्यांकमा पनि पछिल्ला वर्षमा कालोसूचीमा परेका ऋणीमध्ये औसतमा ८० प्रतिशतभन्दा बढी चेक बाउन्सका कारणले परेका देखिएको छ ।

    आफ्नो खातामा पैसा नभएको जानीजानी चेक काटेर दिँदा कालोसूचीमा परिन्छ । यसरी दुई वा सोभन्दा बढी पटकसम्म बैंकबाट पैसा निकाल्न नपाएपछि चेक लिने मानिसले चेक काट्नेलाई चेक बाउन्सको कसुरमा कालोसूचीमा राख्न उजुरी गर्नसक्छ । उजुरीका आधारमा सम्बद्ध बैंकले चेक काट्ने व्यक्तिलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्छ । तर, यस्तो निवेदन चेक जारी भएको मितिले ६ महिनाभित्र दिइसक्नुपर्ने प्रावधान छ ।

    बैंकिङ कसुरसम्बन्धी ऐनमा आफ्नो खातामा मौज्दात रकम नभएको जानीजानी चेक काटिदिएको प्रमाणित भए कारबाही र जरिमाना हुने व्यवस्था छ ।

    कर्जा सूचना केन्द्रका अनुसार आव २०७६–७७ मा ९ हजार ९ सय जना मात्र कालोसूचीमा रहेकामा त्यो बढेर २०७८ असारसम्ममा १४ हजार २ सय ७५ पुगेको थियो । कोरोना संक्रमणका कारण छाएको मन्दीले त्यसबेला ह्वात्तै बढेको थियो । यसक्रम २०७९ असारसम्ममा आउँदा अझ बढेर २६ हजार ३ सय ४५ पुगेको थियो । गत आवमा मात्र २०४६ सालदेखिको कुल कालोसूचीलाई नै माथ खुवाउनेगरी कालोसूची संख्या बढेको थियो । कर्जा सूचना केन्द्रका अनुसार गत २०८० असारसम्म आइपुग्दा यो संख्या ५३ हजार ७ सय २४ पुगेको थियो ।

    नेपालमा पछिल्लो समय विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाको प्रत्यक्ष असर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यावसायिक वातावरणका कारणले गर्दा नेपालको अर्थतन्त्रले निकै ठूलो चुनौतीको सामना गरिरहेकाले कालोसूचीको संख्या पनि दिन प्रतिदिन बढेको हो ।

    अनिश्चितकालीन राजनीतिक वातावरण, अर्थतन्त्रमा सीमित व्यक्तिको पहुँच, लगानीको वातावरण नहुनु, आयात–निर्यातमा असमानता, दीर्घकालीन सोचको कमी, पर्यटन क्षेत्रमा परेको प्रभाव, कानुनी शासनको कमी, उत्पादनशील क्षेत्रमा लगानी नहुनु, श्रमको सम्मान नहुनु आदि कारणले व्यवसायीहरू समयमा कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका छन् ।

    बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयै नतिर्दा र चेक अनादर गर्दा ६७ हजार नेपाली कालोसूचीमा परेका हुन् । यसरी कालोसूचीमा सूचीकृत हुनेमा ६६ हजार ६ सय ८५ जना बैंक तथा वित्तीय संस्थाका ऋणी र खातावाला हुन् भने १ हजार ७२ जना लघुवित्त वित्तीय संस्थाका ऋणी हुन् । लघुवित्त संस्थाका ऋण नतिर्ने ऋणीलाई कालोसूचीमा राख्न पाउने व्यवस्था राष्ट्र बैंकले गत आवदेखि गरेको थियो । सहकारी संस्थाको पनि यदि सूचीकरण गर्न थालियो भने यो संख्या लाख नाघ्ने बताइएको छ ।

    कर्जा सूचना केन्द्रको कालोसूचीमा २०४६ सालदेखि विभिन्न फर्म, कम्पनी, संगठित संस्था र व्यक्ति सूचीकृत छन् । उनीहरूले कर्जाको सावाँ तथा ब्याज समयमै भुक्तानी नगर्दा तथा पटकपटक खातामा पैसा मौज्दात नहुँदा पनि भुक्तानीका लागि चेक काट्दा कालोसूचीमा परेका हुन् ।

    बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ र कर्जा सूचना तथा कालोसूचीसम्बन्धी व्यवस्थानुसार कर्जा सूचना केन्द्रमा १० लाख रुपैयाँभन्दा माथिको कर्जाको सावाँ तथा ब्याज समयमै भुक्तानी नभए वा कर्जा दुरुपयोग भए ऋणी सूचीकृत हुने व्यवस्था छ ।

    चेक अनादर गरे अर्थात् खातामा पर्याप्त रकम नभई चेक काटे, हस्ताक्षर नमिलेलगायतमा चेक बाउन्स भई कालोसूचीमा सूचीकृत हुने प्रावधान छ ।

    बैंक तथा वित्तीय संस्थाले आफूले दिएको कर्जाको भाखा नाघिसक्दासम्म सावाँ–ब्याज भुक्तानी नगर्ने ऋणीलाई कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रमा नाम पठाउँछन् । राष्ट्र बैंकले दिएको अधिकारको प्रयोग गर्दै बैंक तथा वित्तीय संस्थाले आफूले दिएको कर्जा नतिर्ने ऋणीले अर्कोे बैंकबाट कर्जा लिन नपाओस् भनेर यसरी ऋणमा बन्देज लगाउने गरेका हुन् ।

    राष्ट्र बैंकले २०७५ सालदेखि चेक बाउन्स हुँदा कालोसूचीमा राख्न सकिने व्यवस्था गरेको हो । कर्जा सूचना केन्द्रको कालोसूचीमा ३४ वर्षदेखि विभिन्न फर्म, कम्पनी, संगठित संस्था र व्यक्ति सूचीकृत छन् । यस्तो सूचीको संख्या भने राष्ट्र बैंकले चेक बाउन्समा कालोसूचीको व्यवस्था गरेपछि ह्वात्तै बढेको हो ।

    कालोसूचीमा २१ फागुन २०४६ देखि सूचीकृत भएको नामावली केन्द्रले सार्वजनिक गर्ने गरेको छ । बैंक तथा वित्तीय संस्थाले ऋणी तथा ऋणसँग सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्नका लागि सार्वजनिक पत्रपत्रिकामा ऋण चुक्ता गर्न आउने सम्बन्धमा ३५ दिने सार्वजनिक सूचना प्रकाशन गरेको हुनुपर्छ ।

    नेपाल राष्ट्र बैंकको निर्देशन २०७८ को इ.प्रा. निर्देशन नं. २÷०७८ को बुँदा नं. ४० मा कर्जा असुलीसम्बन्धी कारबाही सम्बन्धमा एक वर्षभन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीका लागि सार्वजनिक सूचना तथा धितो लीलामीको कारबाही सुरु गर्नुअघि कर्जाले भाका नाघेको कम्तीमा ६ महिना व्यतीत भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनुपर्नेछ ।

    पत्रपत्रिकामा ३५ दिने सार्वजनिक सूचना प्रकाशित गर्दा पनि ऋण चुक्ता नगरी कर्जा खराब वर्गमा परिणत भएमा बैंक तथा वित्तीय संस्थाले ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रमा कालोसूचीमा समावेश गर्नका लागि सिफारिस गर्न सक्नेछन् ।

    कर्जा शंकास्पद वर्गमा रहेको अवस्थामा पनि ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी धितो लीलामीको सूचना प्रकाशन गरिसकेपछि पनि धितो लीलाम बिक्री नभएमा वा ऋण चुक्ता नभएमा संस्थाको नाममा गैरबैंकिङ सम्पत्ति सकार गर्ने प्रयोजनका लागि ऋणी तथा सम्बन्धित पक्षलाई कालोसूचीमा समावेश गर्न सक्नेछन् ।

    कर्जाको सावाँ वा सावाँको कुनै किस्ता वा ब्याजको भुक्तानी मिति एक वर्ष नाघेमा (कुनै ऋणीले उपभोग गरिरहेको विभिन्न कर्जामध्ये कुनै एउटा कर्जाको भुक्तानी मिति नाघेमा), कर्जा जुनसुकै वर्गमा रहेको अवस्थामा पनि कर्जा दुरुपयोग भएको लेखापरीक्षकबाट प्रमाणित भएमा, ऋणी बेपत्ता भई ९० दिनसम्म सम्पर्कमा नआएमा, प्रचलित कानुनबमोजिम ऋणी टाट पल्टेमा, संस्थाले ऋणीविरुद्ध अदालत वा ऋण असुली न्यायाधीकरणमा मुद्दा दायर गरेमा, क्रेडिट कार्डबाट सिर्जना भएको कर्जा ९० दिन नाघेमा त्यस्ता कर्जालाई बैंक तथा वित्तीय संस्थाले शतप्रतिशत प्रोभिजन गरी खराब वर्गमा वर्गीकरण गरेर बुक गरी ऋणी तथा सम्बन्धित पक्षलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्नका लागि सिफारिस गर्न सक्नेछन् ।

    कर्जा अपलेखन गर्दा, गैरबैंकिङ सम्पत्ति सकार गर्दा, कुनै व्यक्ति वा संस्था नक्कली चेक, विदेशी मुद्रा, डेबिड कार्ड÷क्रेडिट कार्ड आदि प्रयोग गरेर ठगी गरी कसुरदार ठहरिएमा, कुनै व्यक्ति वित्तीय अपराधमा संलग्न भएको पाइएमा, खातामा अपर्याप्त मौज्दात रहेको जानीजानी वा गलत हस्ताक्षर गरी चेक दिएको अवस्थामा चेक तीनपटक बाउन्स भई सातदिने पत्रमार्फत सूचना दिँदा पनि रकम जम्मा नगरेमा चेक लेख्ने व्यक्तिलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने गरिन्छ ।

    कुनै इजाजतपत्रप्राप्त संस्थाले धितो लीलामी गर्दा धितो मूल्यांकनकर्ताले मूल्यांकन गरेको रकम पुनरमूल्यांकन गर्दा दुई तिहाइभन्दा कम भएमा वा गलत स्थान–प्रकृतिको धितोलाई सही हो भनी मूल्यांकन गरेमा त्यस्ता धितो मूल्यांकनकर्तालाई इजाजतपत्रप्राप्त संस्थाको सिफारिसमा केन्द्रले कालोसूचीमा समावेश गर्नुपर्ने प्रावधान रहेको छ ।

    कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी वा संगठित संस्था वा इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि नयाँ कर्जा–सुविधा प्रदान गर्न, खाता खोल्न, बैंकिङ कारोबार गर्न वा जमानत स्वीकार गर्नसमेत पाउँदैनन् ।

    कालोसूचीमा परेका व्यक्तिहरूको नयाँ राहदानी जारी नगर्न तथा भइरहेको राहदानी जफत गर्न इजाजतपत्रप्राप्त संस्थाले नेपाल राष्ट्र बैंकमार्फत नेपाल सरकारलाई सिफारिस गर्न सक्नेछ । बैंक तथा वित्तीय संस्थाले ऋणी तथा जमानीकर्ताहरूलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गरेमा कालोसूचीमा परेका व्यक्तिहरूसँग सम्बन्धित परिवारका सदस्यहरूलाई कुनै इजाजतपत्रप्राप्त संस्थाले कर्जा प्रदान गर्दैन ।

    यदि, गर्न चाहेमा सञ्चालक समितिले गरेको निर्णयानुसार कर्जा प्रदान गर्न सक्नेछ । यसरी प्रदान गरिएको कर्जाको हकमा प्रचलित व्यवस्थाको दोब्बर कर्जा नोक्सानी व्यवस्था गर्नुपर्नेछ । तर, सम्पूर्ण कर्जाहरूको हकमा शतप्रतिशतभन्दा बढी कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछैन । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

    ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

    शिक्षक आन्दोलन पछि सामूदायिक विद्यालयमा विद्यार्थीहरुको संख्यामा कमी

    देशको अर्थतन्त्रमा योगदान दिने मोबाइल व्यवसायलाई नीतिगत रुपमा नै व्यवस्थित गर्नुपर्छ :मन्त्री काफ्ले

    अबको वन व्यवस्थापन नगद आम्दानी र रोजगारीसँग जोड्नुपर्छ : मन्त्री शाही

    ढुवानी व्यवस्था प्रवाभकारी बनाउन आवश्यक : अर्थमन्त्री पौडेल

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीको सपथ

    सालघारीको फडानी हुने क्रमलाई कडाइका साथ रोकिनेछ ः प्रधानमन्त्री

    मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह

    पहिचान मेटाउने प्रयास भएको भन्दै तेस्रोलिंगी समुदायले जनाए आपत्ति

    भारत–पाकिस्तान तनाव : एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित

    काश्मिर आक्रमणप्रति रास्वपाको कडा निन्दा

    राजसंस्था पुनस्र्थापनाका लागि जेठ १५ बाट अनिश्चितकालीन आन्दोलन

    प्रधानमन्त्री ओलीले भने – ‘पेन किलर खाँदाखाँदा मेरो किड्नी फेल भयो’

    बेपत्ता गाडि अझै भटिएन, भूगर्भविद् टोली ल्याएर अनुसन्धान अगाडि बढाइयो

    मुस्ताङमा दुर्लभ ब्ल्याक नेक क्रेन भेटियो

    पाकिस्तानमाथि भारतीय सैन्य कारबाही खेदजनक : चीन

    ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (फोटो फिचर)

    पाकिस्तानी प्रधानमन्त्रीले भन्छन्,भारतले सुरु गरेको युद्धको कडा जवाफ दिन्छौं

    आज २०८२ वैशाख २० गते शनिबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आजको मौसम : चट्याङ्सहित वर्षा र हिमपातको सम्भावना

    करातेका पदक विजेता सन्तोष सम्मानित

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    निजी क्षेत्रको मनोवल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल

    रेविज रोग शुन्यमा झार्न कुकुरको बन्ध्याकरण

    कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

    आज २०८२ वैशाख २१ गते आइतबार , कस्तो छ तपाईको दिन ? हेर्नुहोस्, राशिफल

    आर्थिक

    नबिल बैंकको ‘नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्ड योजना’ असार मसान्तसम्म थप

    सुनको मूल्य तोलामा ६ सयले बढ्यो

     ६२ अङ्कले बढ्यो नेप्से, साढे १० अर्ब रुपैयाँको कारोबार

    आज १ हजार ७ सयले बढ्यो सुनको मूल्य

    नेप्से र कारोबार रकम दुबै बढ्यो

    भिडियो संवाद

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    हिरोईन जस्ता तेस्रो लिङ्गीहरुले देखाए गाईजात्रा, बाजागाजासहित गरे नांचगान || Gender Equality

    सेतोखबर बिशेष

    अप्रिल महिनाभर वायु प्रदूषणको जोखिम कायम रहन्छ : डा.भुपेद्र दास

    काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै...  विस्तृतमा

    कुलमान हटाउने सरकारको निर्णयको कांग्रेसका दुवै महामन्त्रीको विरोध

    यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

    स्वास्थ्य बीमा व्यवस्थित गर्न स्वास्थ्य मन्त्री पौडेलले देखाएका विकल्प

    रहस्यले भरिएको छ नागा साधुको जीवन, जान्नुहोस् कसरी बन्छन् नागा सन्यासी

    स्वरुप बदल्दै त्रिचन्द्र क्याम्पस : पुनर्निर्माणमा ढिलाइ हुँदा विद्यार्थीलाई हैरानी

    माओवादी निष्कर्ष : उपनिर्वाचनको परिणाम उत्साहपूर्ण, ०८४ मा एक्लै लड्ने

    माओवादीले चाहे अनुसारको संविधान नबन्दा जनताले दुःख पाए : विष्णु बहादुर विश्वकर्मा

    नेपालमा एचआइभी संक्रमितहरुमाथि लाञ्छना र भेदभाव कायम छ : खड्का

    कष्टकारी मृत्यु पंचक आजबाट सुरु, यस समयमा भूलेर पनि नगर्नुहोस् यी काम

    को हुन् दोस्रो पटक राष्ट्रपति बनेका डोनाल्ड ट्रम्प ?

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2025: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑