• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

      फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

      आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

      रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

    होमपेज /  पत्रपत्रिका

    अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक १५, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • १८५ पटक पढिएको
  • काठमाडौँ, १५ कार्तिक ।  सरकारका अधिकांश मन्त्रालयको कार्यसम्पादन कमजोर देखिएको छ । यसै गरी सरकारको नीति तथा कार्यक्रमहरूको वास्तविक रूपमा कार्यान्वयन भए नभएको अनुगमन तथा मूल्याङ्कन गर्न भन्दै मन्त्रालयमा स्थापना गरिएका अनुगमन महाशाखाहरू निस्क्रिय अवस्थामा पुगेका छन् ।

    मन्त्रालयकै अनुगमन महाशाखाहरू निस्क्रिय बन्न पुग्दा पनि ती मन्त्रालयको कार्यसम्पादन कमजोर बन्न पुगेको हो । जसले गर्दा विकास कार्यसमेत अवरुद्ध हुन पुगेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विभिन्न मन्त्रालयले गर्ने कामको अनुगमन गर्नुपर्नेमा त्यसरी सशक्त अनुगमनसमेत गर्न सकेको छैन । प्रत्येक महिनाको पहिलो सोमबार मुख्य सचिव डा. बैकुण्ठ अर्यालको अध्यक्षतामा बस्ने सचिव बैठकमा मन्त्रालयले गर्ने कामको अनुगमन हुनुपर्ने विषयमा विभिन्न छलफल र निर्णय हुने गरेको छ ।

    सचिव बैठकमा सरकारको नीति तथा योजना र बजेटको सशक्त कार्यान्वयन गर्ने भन्दै धेरैपटक निर्णय भए पनि ती निर्णयको कार्यान्वयन हुन नसक्दा पनि मन्त्रालयको कार्यसम्पादन प्रभावकारी हुन नसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकै अधिकारीहरूको भनाइ छ । अनुगमन महाशाखा निस्क्रिय र नाम मात्रकै हुन पुग्दा सिंगो सरकारको कार्यसम्पादन पनि सशक्त नभएको प्रधानमन्त्री कार्यालयका ती अधिकारीले बताए ।

    वर्षौं अघिदेखि मन्त्रालयहरूमा स्थापना गरिएका अनुगमन तथा मूल्याङ्कन महाशाखा मन्त्रालयको अनाकर्षक महाशाखा पनि हो । सहसचिवको नेतृत्वमा रहने यो महाशाखामा बस्न अधिकांश सहसचिवहरू रुचि राख्दैनन् । हाल रहेका २१ वटा मन्त्रालयमध्ये कतिपयमा अनुगमन महाशाखामात्रै रहेको छ भने कतिपयमा योजना तथा अनुगमन शाखा नाम दिइएको छ ।
    । सबै मन्त्रालयको कामको समीक्षा र अनुगमन गर्ने जिम्मेवारीमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही वर्षअघि मात्रै अनुगमन महाशाखाहरू निस्क्रिय र नाम मात्रैको हुँदा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयन हुन नसकेको तथा बजेटको वास्तविक उपयोग हुन नसकेको निष्कर्ष निकालेको थियो । त्यस्तो निष्कर्ष प्रधानमन्त्री कार्यालयले निकालेको भए पनि मन्त्रालयका अनुगमन महाशाखाहरूलाई सशक्त बनाउन कार्यालयले प्रभावकारी योजना ल्याउन सकेको थिएन ।

    अहिले पनि सचिव बैठकमा अनुगमन गर्ने र मन्त्रालयहरूले विकास निर्माणका कार्यलाई तदारुकताका साथ अघि बढाउने निर्णय गरे पनि त्यसको कार्यान्वयन पक्ष निकै फितलो देखिँदै आएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार भौतिक पूर्वाधार तथा मन्त्रालय, अर्थ, कृषि, ऊर्जा जलस्रोत तथा सिँचाइ, पर्यटन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा, खानेपानी, स्वास्थ्य, शहरी विकास, वन तथा वातावरण, श्रम तथा रोजगार, महिला तथा बालबालिकालगायतका मन्त्रालयमा रहेका योजना, मूल्याङ्कन तथा अनुगमन महाशाखाहरू निस्क्रिय अवस्थामा हुँदा सरकारको विकास कार्यक्रमहरूले सार्थकता पाउन नसकेको हो ।

    ती मन्त्रालयको कार्यसम्पादन पनि निकै कमजोर देखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीहरूको भनाइ छ । सरकारले २०५१ सालमा आठौं पञ्चवर्षीय योजनादेखि नै सबै मन्त्रालय र केन्द्रीय निकायमा अनुगमन तथा मूल्याङ्कन महाशाखा स्थापना गरेको थियो । मन्त्रालयमा रहेका अनुगमन महाशाखाहरूलाई आफ्नो मातहत मुलुककमा विभिन्न भागमा सञ्चालन गरिएका विकास योजना र कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भए नभएको अनुगमन गर्ने र राम्ररी काम नभएको भए योजना प्रमुख र ठेकेदारहरूलाई कारबाहीको सिफारिस गर्नेसमेत जिम्मेवारी दिइएको छ ।

    तर, त्यस्तो जिम्मेवारीमा रहेका अनुगमन महाशाखाहरूले विकास योजना र कार्यक्रमको अनुगमन गरी अहिलेसम्म कसैलाई पनि कारबाहीको सिफारिस गर्न नसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार विशेष गरी विगतमा विकासे मन्त्रालयका अनुगमन महाशाखाहरू पूर्ण रूपमा निस्क्रिय हुन पुग्दा विकास निर्माणका कार्यहरू गर्ने ठेकेदारहरूले वर्षौंदेखि करोडौं रकम लगेर काम बीचैमा छाडेर योजनाहरू अलपत्र बनाउँदै हिँडेका छन् । त्यस्ता ठेकेदारलाई कारबाहीको सिफारिससमेत गर्न सक्ने अधिकार अनुगमन महाशाखालाई रहेको भए पनि कुनै पनि महाशाखाले हालसम्म त्यस्तो कारबाही सिफारिस नगरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    आर्थिक अनुशासन कायम गर्ने निर्णय अलपत्र

    गत १ साउनमा मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यतामा बसेको सचिव बैठकले आर्थिक वर्ष २०८०÷८१ लाई आर्थिक अनुशासन वर्षको रूपमा मनाउने निर्णय गरेको थियो । तर, पछिल्लो साढे तीन महिनाको अवधिमा भएका अनियन्त्रित खर्चको अवस्था हेर्दा सचिव बैठकको सो निर्णय अलपत्र पर्न पुगेको देखिन्छ ।

    विशेष गरी पछिल्ला दिनमा सरकारका मन्त्री तथा सचिवहरूको विदेश भ्रमण बेलगाम किसिमले भइरहेको र सो भ्रमणमा करोडौं रुपियाँ खर्च भएको छ । विदेश भ्रमणलगायतका अनुत्पादक कार्यमा अनावश्यक खर्च भइरहेको बताइएको छ । त्यसैले सचिव बैठकको आर्थिक अनुशासन कायम गर्ने भन्ने निर्णय कार्यान्वयन हुन नसकेको प्रधानमन्त्री कार्यालयकै एक अधिकृतले बताए । यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले…

    फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार…

    आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑