• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

      हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

      रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

      रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

      फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

      संघर्षको परिवार, सफलताको नयाँ अध्याय : सांसद आकृति अवस्थी

      केपी ओलीसँग सडकदेखि सदनसम्मै सहकार्य गर्छौं: प्रचण्ड

      भेनेजुएलामा शक्तिशाली भूकम्प : भौतिक संरचनाहरुमा ठूलो क्षति, मृत्यु हुनेहरुको संख्या बढ्नसक्ने

      ललितपुरमा सीप तथा रोजगार मेला, युवालाई रोजगारी र आत्मनिर्भरतातर्फ प्रेरित गर्ने प्रयास

      रोटरी जर्नो अवार्डको उद्देश्य मेहनती र उत्कृष्ट पत्रकारलाई प्रोत्साहित गर्नु हो : बासुदेव गोल्यान

      २३ औँ राष्ट्रिय धान दिवस : जलवायुमैत्री प्रविधिबाट धानमा आत्मनिर्भर बन्न सरकारको जोड

      लागुऔषध नियन्त्रण राष्ट्रिय चुनौतीको विषय बनेको छ : महानिरीक्षक कार्की

      रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

      रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

      छ जनाले लिए महामन्त्री पदबाट उम्मेदवारी फिर्ता

    होमपेज /  पत्रपत्रिका

    लमजुङमा पहिलो पटक वितरण गरियो गैरआवासीय नेपाली नागरिकता

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० कार्तिक १२, आईतबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३१६ पटक पढिएको
  • लमजुङ । लमजुङमा गैरआवासीय नेपाली नागरिकता वितरण थालिएको छ । जिल्ला प्रशासन कार्यालय लमजुङले बेसीशहर नगरपालिका– १, भकुण्डे माइती र बेसीशहर नगरपालिका– १, उदिपुरको खत्रीचौर गाउँमा घर भई हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका शिवबहादुर बुढाथोकीका दम्पतीलाई गैरआवासीय नागरिकता प्रदान गरेको हो ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलको रोहबरमा सेवाग्राहीलाई गैर आवासीय नागरिकता हस्तान्तरण गर्नु भएको हो । शिवबहादुर बुढाथोकीले गैरआवासीय नागरिकता लिनु अघि उनकी श्रीमती पवित्रा थापा बुडाथोकीलाई नेपाली नागरिकता वितरण गरिएको थियो । उनको माइती बेसीशहर नगरपालिका– २ भकुण्डे गाउँमा हो ।

    नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम एक दम्पत्तीलाई जिल्लामा पहिलो पटक एकै साथ गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले गैर आवासीय नेपालीलाई राजनीतिक तथा प्रशासनिक अधिकार बाहेकका आर्थिक, सामाजिकलगायत अधिकार हुने बताए । उनका अनुसार नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० जारी भएसँगै गैर आवासीय नेपालीलाई नागरिकता प्रमाणपत्र दिन थालिएको हो । उनले भने, ‘गैर आवासीय नेपाली नागरिकतासम्बन्धी विषयहरूलाई समावेश गरी नागरिकता सूचना व्यवस्थापन प्रणाली (सीआईएमएस) अद्यावधिक गर्ने कार्य गृह मन्त्रालयबाट भइसके पनि जिल्लाबाट नागरिकता दिन प्रणाली व्यवस्थापनमा केही समय लाग्यो ।’ अन्य नागरिकता जस्तै सहज होला भन्ने अनुमान थियो तर पहिलो पटक भएको हुँदा आशा गरेभन्दा बढी नै समय लाग्यो, जे होस् काम भयो प्रजिअ अधिकारीले भने ।

    आफूले अस्टे«लियामा आफ्नै रेस्टुरेन्ट सञ्चालन गरिआएको शिवबहादुरले बताए । उनकी श्रीमती पवित्राले नर्सङि होम सञ्चालन गर्दै आएको बताइन् । नेपाली नागरिकता त्याग गरेर बुढाथोकी दम्पतीले गैर आवासीय नागरिकता लिएका हुन् ।

    गैर आवासीय नेपाली नागरिकताको लागि नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० को अनुसूचि (८) को (ग) बमोजिम सम्बन्धित वडा कार्यालयको सिफारिस सहितको निवेदन वा निवेदक विदेशी मुलुकमा बसोबास गरेको अवस्थामा सम्बन्धित मुलुक हेर्न तोकिएको राजदूतावास वा महावाणिज्य दूतावासको सिफारिस आवश्यक पर्दछ ।

    निवेदक आफू वा आफ्नो बाबु, आमा, बाजे वा बज्यै नेपालको नागरिक रहेको प्रमाण, सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण हुनुपर्ने व्यवस्था रहेको सहायक प्रजिअ गोकर्णराज सुयलले जानकारी दिए । उनका अनुसार दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र (भारत, पाकिस्तान, अफगानिस्तान, भुटान, बंगलादेश, माल्दिभ्स र श्रीलंका) बाहेकको देशको नागरिकता, नागरिक भएको प्रमाण, नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता अनुसूचि (८) को (घ), हाल नागरिक रहेको मुलुकबाट लिएको राहदानीको सक्कल वा सोको प्रमाणित प्रतिलिपी आवश्यक पर्ने हुन्छ । उने भने, ‘पहिलो पटक भएको हुँदा केही समय लागेको भए पनि अबका दिनमा भने प्रक्रिया पुगेपछि समय लाग्दैन ।’

    पछिल्ला १० बर्ष देखि अस्ट्रेलिया बस्दै आएका बुढाथोकीको परिवारमा श्रीमान श्रीमती र दुई छोरी छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपा महिला सहमहामन्त्रीमा निशा डाँगी विजयी

    हरि ढकाल र असिम शाह सहमहामन्त्रीमा विजयी

    रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित

    रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित

    रास्वपा महाधिवेशनका कारण प्रतिनिधि सभा बैठक फेरि स्थगित

    काठमाडौं उपत्यकामा २४ घण्टामा २,४३८ चालक कारबाहीमा, २०…

    रामेछापको खाँडादेवीमा प्राविधिक कर्मचारीद्वारा सामूहिक राजीनामा, प्राविधिक सेवा…

    रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित

    आर्थिक

    सुनको मूल्य बढ्दा चाँदी घट्यो 

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑