• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा ओर्लिन्छ : उपेन्द्र यादव समाचार कमेन्टमा

      आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस तस्विरहरु

      रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक परिणाम सम्भव छैन

      क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

      जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन

      रमेश प्रसाईँद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

      नेपालको पहिलो आधुनिक पुस्तकालयकी संस्थापक शान्ति मिश्रको सम्मानमा हुलाक टिकट सार्वजनिक

      विष्णु पौडेललाई माइक्रोमा काठमाडौं ल्याइयो, सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो

      गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य : सचिवालय

      कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र सुदनमाथि पनि छानबिन हुनुपर्छ : महेश बस्नेत

      इरानमाथिको प्रतिबन्ध अस्थायी रूपमा फुकुवा, तेल बिक्रीका लागि अन्तर्राष्ट्रिय बजार खुला

       विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग प्रमाणित भएपछि मात्र सजाय हुन सक्छ’

      विष्णु पौडेल पक्राउ परेपछि एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक

      विश्वकपमा मेस्सीका ऐतिहासिक कीर्तिमान : फुटबलका ‘महानायक’को अद्वितीय यात्रा

      रास्वपा महाधिवेशनको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने

    होमपेज /  पत्रपत्रिका

    भेपमा सुन तस्करी प्रकरण : पूर्वसभामुख महरालाई उन्मुक्ति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन २५, बिहिबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • ३६९ पटक पढिएको
  • पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध संगठित अपराध र भन्सार छलीको अभियोगमा मुद्दा दायर गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार राहुलसहित चिनियाँ तस्करका सहयोगी लोकेन्द्र पौडेल, हाल ६१ केजी सुन तस्करी प्रकणरमै थुनामा रहेका दावा छिरिङ र काभ्रेका निमा गुरुङविरुद्ध मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्यूतमणि नेउपानेले बताए ।

    विद्युतीय चुरोट (भेप)मा लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

    नेपालको समेत नागरिकता भएका भनिएका चिनियाँ मुलका बेल्जियन नागरिक दावा छिरिङलाई मुख्य अभियुक्त बनाइएको छ । यस्तै, दावाका सवारीचालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियारका रूपमा अभियुक्त बनाइएको छ । राहुल महरा पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा हुन् ।

    बेल्जियन नागरिक दावा ६० किलो सुन तस्करी प्रकरणको पनि मुख्य अभियुक्त हुन् । भेपमार्फत भएको सुन तस्करी प्रकरण सतहमा आएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट जाँचपास भइसकेको अवस्थामा ६० किलो बढी सुन बरामद भएको थियो । मोटरसाइकलको ब्रेक प्याडका रूपमा भित्रिएको सुन तस्करीमा पनि दावाको मुख्य भूमिका रहेको अनुसन्धानबाट खुलेको थियो ।

    दुबईबाट १० पुस २०७९ मा चिनियाँ तस्करले भेपमा लुकाएर ल्याएको सुन विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । शंकास्पद रूपमा भेप ल्याएको पाइएपछि नियन्त्रणमा लिएर सामान गोदाममा सिल गरेर राखिएको थियो । तर, त्यही सिल गरेकै अवस्थामा भेप चोरी भएको थियो । त्यसको अनुसन्धान गर्ने क्रममा भेपमा सुन आएको पाइएको थियो ।

    भेपमार्फत भएको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरा र उनका छोरा राहुल महराको संलग्नताको पनि ‘प्रमाण’ देखिएको विषय सार्वजनिक भएको थियो । तर, सरकारी वकिलले पूर्वसभामुख महराविरुद्ध मुद्दा चलाएन ।

    सीआईबीको अनुसन्धानमा दावाकै योजनामा सुन आयात भएको देखिएपछि उनलाई मुख्य अभियुक्त करार गरिएको हो । दावाले भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको छ । दफा ५७ को (१) मा कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा वा गर्न प्रयत्न गरेमा वा खास बाटोबाट मात्र निकासी वा पैठारी गर्न पाउनेगरी दफा ३ बमोजिमको बाटो तोकिएकामा सो बाटोबाट बाहेक अन्यत्रबाट निकासी पैठारी गरेमा वा गर्न प्रयत्न गरेमा मालवस्तु जफत गरी कारबाही गर्न सकिने उल्लेख छ । जसअनुसार ९ किलो सुनको बिगो ५ करोड रुपैयाँभन्दा बढी भएकाले ५ वर्षसम्म कैद हुनुपर्ने मागदाबी गरिएको छ ।

    राहुलसहित तीन जनाको हकमा भने उल्लिखित दफा ५१ को (१) अनुसारको कसुर गर्न सहयोग गरेको उल्लेख गर्दै मुद्दा दर्ता गरिएको छ । राहुलसहित तीन जना प्रतिवादीको हकमा भनिएको छ, ‘भन्सार ऐनको दफा ५७ (१) बमोजिमको कसुर कार्य गर्नका लागि सोही ऐनको दफा ५७ को उपदफा (३) बमोजिमको कसुर गरेको पाइयो ।’ भन्सार ऐनको दफा ५७ को उपदफा ३ मा ‘दफा ५७ को (१) बमोजिमको कसुर गर्न मद्दत गर्ने वा दुरुत्साहन दिने व्यक्तिलाई भन्सार तथा अदालतले कसुरदारलाई सरह सजाय गर्नसक्नेछ’ भन्ने व्यवस्था गरिएको छ । राहुलसहित तीन जनालाई मतियार तथा सहयोगीका रूपमा करार गरिए पनि अदालतले मुख्य कसुरदारलाई सरह सजाय गर्नसक्ने बाटो भने खुला छ ।

    योसँगै चारै जना प्रतिवादीलाई संगठित अपराधको दफा ९ को खण्ड (क) बमोजिमको थप सजाय पनि मागदाबी गरिएको छ । जसअनुसार मुख्य मुद्दा अर्थात् मुख्य अभियुक्त र मतियारका रूपमा उनीहरूलाई जति सजाय हुन्छ, त्यसको आधा सजाय हुनसक्ने व्यवस्था छ ।

    त्यसैगरी, दावाको हकमा भने मुलुकी फौजदारी अपराध संहिताको कसुर पनि आकर्षित गरिएको छ । दावाले सो संहिताको दफा १५२ को (१) मा उल्लेख भएको ‘आपराधिक विश्वासघात गर्न वा गराउन नहुने’ व्यवस्थाविपरीतको कसुर गरेको दाबी गरिएको छ । यस्तो कसुर गर्ने व्यक्तिलाई ३ वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिमाना वा दुवै सजाय हुनसक्ने व्यवस्था छ ।

    अभियोगपत्रमा उल्लेख गरिएको कसुरअनुसार मुख्य अभियुक्त दावाविरुद्ध सबै गरेर १० वर्ष ६ महिना कैद सजाय मागदाबी भएको छ । यस्तै, अन्य तीन जना अभियुक्त राहुल महरा, दावाका गाडीचालक पौडेल र नीमा गुरुङविरुद्ध अधिकतम ७ वर्ष ६ महिना कैद सजाय मागदाबी भएको छ ।

    यस प्रकरणमा यसअघि नै सीआईबीले विमानस्थल भन्सारका नायब सुब्बा २७ वर्षीय रेवन्त खड्का, सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ घर भएका ३२ वर्षीय भन्सार एजेन्ट दिनेश बस्नेत, सुनसरीको धरान उपमहानगरपालिका–२ घर भई काठमाडौंको नयाँसडकमा घडी पसल सञ्चालन गर्दै आएका वेदप्रकाश अग्रवाल, भारतको महाराष्ट्रका ३९ वर्षीय व्यापारी साहेब राव पान्डुरङ मरगले, सिन्धुपाल्चोककै सुनकोशी–६ का ३२ वर्षीय अमृत कार्की, पोखरा महानगरपालिका–४ का २२ वर्षीय पूर्वसुरक्षागार्ड निर्मलकुमार विकलाई पक्राउ गरेर मुद्दा दायर गरेको थियो । उनीहरू पुर्पक्षका लागि अहिले कारागारमा छन् ।

    पूर्वसभामुख कृष्णबहादुरलाई उन्मुक्ति
    भेपमा सुन तस्करी प्रकरणमा पूर्वसभामुख तथा सत्तारूढ दल नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम जोडिए पनि उनीविरुद्ध मुद्दा दर्ता भएन । प्रहरीको अनुसन्धानमा कृष्णबहादुरले सुन छुटाउनका लागि पटकपटक फोन गरेको रेकर्ड देखिए पनि सुरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दबाबमा अनुसन्धान रोक्न जोडबल गरेका थिए । प्रधानमन्त्रीले जोडबल गरे पनि सीआईबीले भने अनुसन्धान प्रक्रियाअन्तर्गत कृष्णबहादुरलाई सोधपुछ भने गरेको थियो । अनुसन्धान पूरा भएपछि सीआईबीले भेपमा आएको सुन छुटाउन पटकपटक कृष्णबहादुरले फोन रेकर्ड गरेको खुलाए पनि संलग्नता नभएको भन्दै मुद्दा चलाउनु नपर्ने राय सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

    सीआईबीको अनुसन्धान प्रतिवेदनमा सुन तस्करी प्रकरणमा टेलिफोन भएको कल डिटेल रेकर्ड उल्लेख गरेको छ । तर, पूर्वसभामुख महरालाई मुद्दा चलाउनुपर्ने कुनै कारण नदेखिएको भन्दै राय दिएको थियो । सोही रायका आधारमा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको हो ।

    प्रहरीले कृष्णबहादुरका छोरा राहुललाई मात्र संगठित अपराध र भन्सार छलीको कसुरमा मुद्दा चलाउन रायसहित अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गरेको थियो । जबकि, बाबु–छोराकै नाम सो सुन तस्करी प्रकरणमा सुन छुटाउन पटकपटक कल भएको देखिन्छ । राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत १३ भदौमा पक्राउ गरेको थियो । पूर्वसभामुख महरासँग गत १५ असोजमा सीआईबीले कार्यालयमा बोलाएर बयान कागज गराएको थियो । महरालाई छोड्नुको कारण’bout सीआईबीले तथ्य प्रमाण नपुगेको भन्दै मुद्दा चलाउनु नपर्ने राय दिएको थियो ।

    पूर्वसभामुख महराले दुबईबाट ली हासङले सुटकेसभित्र ल्याएका भेप भन्सारमा जफत भएपछि दावाजिनले छुटाउन आग्रह गरेको स्वीकार गरिसकेका छन् । ‘सामान भन्सारमा रोकिएको तीन दिन भयो, के भएको हो बुझिदिनुपर्ने भयो भनी मलाई भनेको तथा मैले भन्सारमा के कसो भएको हो, कानुनबमोजिम के गर्न मिल्छ हेरिदिनुहोला भनी फोन गरेको हो,’ महराको बयान कागजमा उल्लेख छ, ‘दावाजिन वाङसँग मेरो पुरानो चिनजान हो, उनलाई म फलफूल व्यापारीका रूपमा चिन्छु, यसबाहेक निजसँग मेरो अन्य कुनै विषयमा कुराकानी हुने र अन्य कुनै किसिमको सम्बन्ध पनि छैन ।’  यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले घोषणा गरे बमोजिम काम नगरे जसपा सडकमा…

    आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन, हेनुहोस…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    क्रियाशील अद्यावधिक नगर्नेलाई पार्टीले चिन्दैन: सभापति थापा

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    कम उमेरमै अत्यधिक सम्पत्ति आर्जन गरेका बालेन र…

     विष्णु पौडेल पक्राउप्रति गोकुल बाँस्कोटाको आपत्ति : ‘अभियोग…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑