• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

      उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र हो : अध्यक्ष ओली

      अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

      सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

      आजकाे माैसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      ‘प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमान जोगाउन सक्नुहुन्न भने राजीनामा दिनुस्’ : साजिदा सिद्धिकी

      एमाले उपाध्यक्ष पौडेल सुर्खेतबाट पक्राउ

      ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

    होमपेज /  पत्रपत्रिका

    कुवेतबाट रुँदै नेपाली चेलीको गुहार: साहुले मारेर नेपाल पठाउँछु भन्छ, मलाई उद्धार गर्नुहोस्

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन १६, मंगलबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४१२ पटक पढिएको
  • धन कमाउने लोभ लागेर आए उता उत्ति
    कुवेत आको दुई वर्ष भो पाको छैन छुट्टी
    बन्द गरी राखेको छ कोठाभित्र कुटी
    कुटी कुटी मर्न लागे सुन्या दुई खुट्टी

    लोक गायिका कालिका रोक्काले भनेको जस्तै भएको छ मकवानपुर हेटौंडाकी कविता तामाङलाई । घर परिवारलाई सुखसुविधामा राख्ने सपना बोकेर एक वर्षअघि कुवेत पुगेकी उनलाई अहिले मर्नु न बाँच्नुको अवस्था आइलागेको छ ।

    वैदेशिक रोजगारीका लागि विदेश जाने, धेरै पैसा कमाउने र परिवारलाई सुखसुविधा दिने सपना साँचेर धेरै नेपाली बिदेसिएका छन् । यस्तै मध्येकी एक हुन् उनी पनि ।

    गैरकानुनी बाटो हुँदै घरेलु कामदारका रूपमा त्यहाँ पुगेकी तामाङ अहिले २४सै घण्टा काम गर्नुपर्दा अब परिवारको मुख देख्न पाउँदिन कि भन्ने चिन्तामा छिन् । अनु नाम गरेकी एजेन्टमार्फत त्यहाँ पुगेकी उनी अहिले हरेक दिनको मालिकको तनावले विक्षिप्त छिन् ।

    ‘यहाँ मलाई साहुले गाली गर्छ, थर्काउँछ, कुट्छ, मलाई मारेर मेरो शव नेपाल पठाइदिन्छु भन्छ, कहिले तँलाई जेल हालिदिन्छु भन्छ,’ कविताले रुँदै राजधानीसँग भनिन्, ‘अब म यहाँ बस्दिनँ नेपाल जान्छुभन्दा तँलाई १ हजार कुवेती दिनारमा किनेको हो, पैसा दे जा भन्छ, अब मसँग पैसा छैन के गर्ने, कहाँबाट ल्याएर दिने ?’

    आफू एक वर्षदेखि कुवेतमा रहेको र यस घरमा काम गरेको नौ महिना भएको भन्दै उनले हरेक दिन २२÷२४ घण्टा काम गर्न पर्ने र बिरामी छु, सक्दिनँभन्दा पनि जबर्जस्ती काममा लगाउने गरेको बताइन् । उनले भनिन्, ‘न खाना खाने नै समय दिन्छ, ५ मिनेट जति आराम गर्न गयो भने आइज आइज भनि हाल्छ ।’

    ‘यहाँ बिरामी हुँदा पनि औषधि उपचार पाइँदैन, पठाउने एजेन्टलाई नेपाल सम्पर्क गर्दा सम्पर्क नै हुँदैन, मलाई पठाउने एजेन्ट पनि ओमान छ रे भन्ने सुनेको छु, पुरानो नम्बरमा सम्पर्क हुँदैन, मलाई यहाँबाट चाँडो उद्धार गर्नुहोस्,’ उनले थपिन्, ‘भागेर कुवेतस्थित नेपाली दूतावास जाऊँ भन्दा पनि दूतावासको मान्छेले हेर्दैन भन्छन् । जसोतसो भागेर त दूतावास गइएला फेरि मालिकले केस हालिदियो भने झन् समस्या हुन्छ, नत्र त भागेर भए पनि जान्थें, घरमालिक कुवेतको प्रहरी हो, हेरुम अब कहिलेसम्ममा नेपाल फर्किन पाइने हो । मलाई सबै जना मिलेर यो घरबाट निकालेर नेपाल फर्काउन मद्दत गर्नुहोस् ।’

    उनले आफूले सो घरमा काम गर्न नसक्ने भनेर पटकपटक कुवेतमै रहेको नेपाली एजेन्टलाई सम्पर्क गर्दा पनि फोन नउठाउने गरेको र त्यसपछि नेपालमा रहेका श्रीमानलाई नम्बर दिएको बताइन् । ‘नेपालबाट सम्पर्क गर्दा पनि एजेन्टले उठाएन रे, त्यसैले म अहिले मानसिक रूपमा निकै विक्षिप्त बनेको छु,’ उनले भनिन् ।

    उनले आफूलाई सो घरबाट तत्काल उद्धार गरेर नेपाल फर्काउन पहल गर्न कुवेतमा क्रियाशील विभिन्न संघसंस्था तथा विभिन्न सामाजिक अभियन्तालाई अपिल गरेकी छन् ।

    मुख्यगरी, घरेलु महिला कामदारको रोजाइ बनेको कुवेतमा अन्य क्षेत्रमा आउने कामदारले समेत निकै दुःख भोग्नुपरेको छ । कतिपय नेपालीले कुवेतमै आफ्नो जीवन गुमाइसकेका छन् । परिवार र सरोकारवालाले खोजे पनि सास न लास भएर कुवेतमै बेपत्ता हुने नेपाली धेरै छन् ।

    कतिपय नेपालीलाई कुवेत ल्याएर साउदी अरब पठाइने गरेकाले पनि उनीहरूको अवस्था पत्तो नलाग्ने गरेको छ । हाल उद्धारका लागि हारगुहार गरिरहेकी तामाङलाई पनि १ हजार केडीमा कुवेती नागरिकको घरमा बेचिएको हो ।

    कुवेतमा नेपाली महिलालाई कानुनी रूपमा किनबेच हुने गरेको र पटकपटक किनबेच गर्न महिलालाई काम गरिराखेको घरबाट भगाउने प्रवृत्ति व्यापक रहेको पाइन्छ । त्यसरी मालिकले दुई वर्षका लागि हाउसमेडलाई लैजान्छन् । त्यस अवस्थामा कामदारको कार्य समय निश्चित हुँदैन ।

    त्यसो त कुवेतमा बिदा र तलबका साथै समयमै घर फिर्न नपाउने अवस्था छ । घरेलु कामदारको मुद्दा आफूसँग ५ सयमाथि रहेको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) कुवेतका अध्यक्ष धिरेन सुवेदी बताउँछन् । उद्धारका लागि भन्दै दैनिक १०÷१५ जनाको फोन आउने गरेको उनको भनाइ छ । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आचारसंहिता उल्लंघन गर्ने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताप्रति…

    उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र…

    अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइँदै

    सोरुको लिब्रुमा आपतकालीन भवन निर्माण

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑