• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ : दिनेश डिसी

      वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ : केपी खनाल

      रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

      जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ : ऋषि धमला

      छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

      सरकारको हनिमुन पिरियडमा योजना र कार्यान्वयन कमजोर देखियो : सांसद सिद्धिकी

      राहदानी छपाई प्रकरण: आरजु राणासहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

      रास्वपा महाधिवेशनः उपसभापति पदमा प्रतिभा रावलको उम्मेदवारी घोषणा

      दक्षिणढोकामा स्वागत ट्रेडिङ ग्रुपको नयाँ बहु–ब्रान्ड शोरूम संचालनमा

      गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

      १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

      ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

      म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित ८ जनाले पाए सफाइ

      काठमाडौं उपत्यका बन्यो बर्डफ्लुको हटस्पट, मानिसमा कसरी सर्छ ?

      काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक कारबाहीमा, १० लाखभन्दा बढी राजस्व संकलन

    होमपेज /  पत्रपत्रिका

    परनिर्भर हुँदै मुलुक

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन १०, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२३ पटक पढिएको
  • काठमाडौँ, १० असोज ।  मुलुक परनिर्भर हुँदै स्वदेशमै उत्पादन गर्न सकिने वस्तुको आयातमा निरन्तर अघि बढिरहेको छ ।

    नेपालमै उत्पादन हुनसक्ने कृषि उत्पादन नै बर्सेनि आयात हुन थालेसँगै मुलुक परनिर्भर बन्दै गएको हो । तरकारी, धान, चामल, भटमासको तेल, सूर्यमुखी तेल, औषधिलगायतका सामग्री आयात बढिरहेको छ । विद्युत्ले प्रतिस्थापन गर्न सकिने इन्धनको आयातमा कमी नआउँदा पनि मुलुक परनिर्भरको चपेटामा पर्दै गएको हो ।

    नेपालमा अत्यधिक आयात हुने प्रमुख वस्तुहरूमा डिजेल, पेट्रोल, खाना पकाउने ग्यास, हवाई इन्धन, फलामजन्य उत्पादन, स्टिल तथा फलामका पाता, स्मार्ट फोन, सुन, औषधिका कच्चा सामग्री, कोइला, युरिया, भटमासको तेल, धान, सूर्यमुखीको कच्चा तेल, मेडिकल उपचारका लागि आवश्यक सामग्री, अर्धनिर्मित फलामजन्य उत्पादन, छड, आटा, हवाईजहाज तथा पार्टपूर्जा, बिटुमन, पेयपदार्थ र मकैलगायत छन् ।
    मुलुकको व्यापार घाटा बढाइरहेको प्रमुख कारक तत्वका रूपमा रहेको पेट्रोलियम पदार्थको आयातलाई विस्थापन गर्नेगरी विद्युत्को उपयोग गराउन नीति लिन सकिने अवस्था रहँदा पनि सरकारले बिजुली निर्यात गर्नेमा ध्यान दिएको मात्रै देखिएको छ । मुलुकमा नै बिजुली उपभोग गराउन प्रचार गर्ने र उत्प्रेरित गर्ने कार्य गर्न सकिएको छैन ।

    चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो दुई महिनामा ५ अर्ब ४२ करोड ३१ लाख रुपैयाँको बिजुली निर्यात हुँदा पेट्रोलियम पदार्थको आयात ३३ अर्ब ७२ करोड रुपैयाँको भएको छ ।

    साउन र भदौ महिनामा विकास निर्माण नहुने भएकाले खासै पेट्रोलियम पदार्थको खपत नहुने समयमा समेत ३४ अर्बको आयात हुनु परनिर्भरताको पराकाष्ठा भएको विज्ञहरूको भनाइ छ ।

    भन्सार विभागका अनुसार दुई महिनामा ७ अर्ब ३४ करोड ७१ लाख २५ हजार रुपैयाँबराबरको डिजेल आयात भएको छ । यसैगरी, ५ अर्ब ४४ करोड ७० लाख ७६ हजार रुपैयाँबराबरको पेट्रोल आयात हुँदा ३ अर्ब ८२ करोड ७ लाख ३५ हजारको खाना पकाउने ग्यास आयात भएको छ ।

    त्यस्तै, ३ अर्ब ७४ करोडको फलामजन्य उत्पादन र ३ अर्ब ३६ करोडको स्टिल तथा फलामका पाता आयात भएका छन् । ५ अर्ब ३६ करोड ५२ लाखको स्मार्ट फोन र २ अर्ब ९० करोडको धान आयात भएको छ ।

    रासायनिक मलसहित अन्य युरिया मात्रै ३ अर्ब २४ करोड १७ लाखको आयात भएको छ । सुन मात्रै ४ अर्ब १२ करोड ८१ लाख ८३ हजार रुपैयाँको आयात भएको देखिएको छ ।

    ३ अर्ब ५३ करोड ३१ लाखकोे कोइला आयात भएको छ । विभागका अनुसार २ अर्ब ९६ करोड ५० लाखबराबरको भटमासको कच्चा तेल आयात भएको छ । यसैगरी, २ अर्ब ८८ करोड रुपैयाँको सूर्यमुखीको कच्चा तेल आयात भएको छ ।

    मुलुकमा उत्पादन नहुने वस्तुको आयात हुँदा ठूलो समस्या नआउने भए पनि स्वदेशमै खेती हुने वस्तुको समेत आयात हुनु डरलाग्दो अवस्था रहेको छ । नेपालबाट कार्पेट, अलैंची, धागो, चिया, सिमेन्टजस्ता सामग्री निर्यात हुने गरेको छ ।

    साउन र भदौमा ११ करोड ८ लाखको तरकारी आयात भएको छ । यसैगरी, मासु मात्रै करोडौंको आयात भएको छ । स्वदेशमै पशुपालनको सम्भावना हुँदाहुँदै पनि तयारी मासु मात्रै पनि दुई महिनामा २ करोड ३४ लाख रुपैयाँको आयात भएको छ । यसैगरी, २ करोड ६० लाखको माछा आयात भएको छ । फ्रोजन मासु मात्रै ३८ लाखको आयात भएको तथ्यांक भन्सार विभागको छ । यसैगरी, अन्य प्रकारका मासु २२ लाखको आयात भएको छ ।

    मुलुकका पहाडी क्षेत्रदेखि तराईका जुनसुकै भागमा पनि उत्पादन हुनसक्ने मकै मात्र पनि दुई महिनामा १ अर्ब ६३ करोड ८० लाख रुपैयाँबराबरको आयात भएको छ । यसैगरी, चिसो पेय पदार्थ मात्रै पनि साउन र भदौमा १ अर्ब ५२ करोड २ लाखको आयात भएको छ । ल्यापटप १ अर्ब ४४ करोड १६ लाखको आयात भएको छ ।

    ताजा स्याउ मात्र पनि १ अर्ब ४२ करोड २० लाखको आयात भएको तथ्यांक रहेको छ । यसैगरी, आलु १ अर्ब ३३ करोड ९६ लाखको आयात भएको छ भने ९५ करोड ७३ लाखको प्याज आयात भएको छ ।

    बासमती चामल ८९ करोड १२ लाखको आयात भएको तथ्यांकले देखाएको छ । दुई महिनामा ४९ करोड ५९ लाखको मोटरसाइकल र इलेक्ट्रिक कार पनि ४९ करोड ६५ लाखको आयात भएको छ ।

    स्वदेशी उत्पादनमा वृद्धि नहुँदा र उपभोगको संस्कृतिले प्रश्रय पाइरहँदा मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गरेको हो ।

    सरकार र बैंक तथा वित्तीय संस्थालगायत समग्र निजी क्षेत्रले उत्पादन अभिवृद्धिमा ठोस ध्यान दिएर योगदान दिन नसक्दा मुलुक दिन प्रतिदिन परनिर्भर बन्दै गएको अर्थशास्त्रीहरूको बुझाइ छ ।

    अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका बैंक तथा वित्तीय संस्थाले उत्पादनमूलक र निर्यातमूलक क्षेत्रमा लगानी विस्तार नगर्दा पनि मुलुक आत्मनिर्भर नभएको बुझाइ रहेको छ ।

    कृषिप्रधान देशले प्रत्येक वर्ष विदेशबाट खाद्यान्न ल्याएर खानुपर्ने अवस्था सिर्जना भए पनि सरकारले विदेशमा पलायन हुने युवाहरूलाई स्वदेशमै रोजगारी दिएर आफ्नै उब्जनी बढाउनुपर्ने योजना ल्याउन सकेको छैन । अहिले पनि गाउँघरका जग्गा जमिनहरू बाँझै रहेका छन् । खेतीयोग्य जमिन धेरै भए पनि कृषकले सुविधा पाएका छैनन् ।

    समयमै मल, बीउ दिन सरकार असक्षम हुनु र सिँचाइको पर्याप्त सुविधा नहुनुले प्रत्येक वर्ष खाद्यान्न आयातमा वृद्धि हुँदै गएको छ । कृषिमा आधारित जनता धेरै भए पनि कृषि उत्पादन बढाउने र कृषकलाई आवश्यक परेका बेला मल, बीउ, सिँचाइ र अन्य सुविधा दिन सरकार असफल भएकाले कृषिप्रधान देशका नागरिकले विदेशबाट आयात गरिएको खाद्यान्न उपभोग गर्न बाध्य भएका हुन् ।

    नेपाल कृषिप्रधान मुलुक भए पनि विदेशबाट खाद्यान्न ल्याएर खानुपर्ने अवस्थाको अन्त्यका लागि उब्जनी बढाउन ठोस कदम चाल्न सकेको छैन ।

    कृषिका लागि लगानीमैत्री वातावरण बनाउनसके लगानी र ठाउँको समस्या नरहेको कृषकहरूको भनाइ छ ।

    विश्वका धेरैजसो मुलुकको विकासको मेरुदण्डका रूपमा औद्योगिक क्षेत्र रहने गरेकामा नेपालमा भने औद्योगिक क्षेत्र धराशायी बन्दै गएको छ । उत्पादन घट्दै गएकाले मुलुक परनिर्भर बन्दै गएको हो ।

    नेपालको कृषि र औद्योगिक क्षेत्रको पुनर्संरचना गर्न अपरिहार्य भइसकेको नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघले पनि बताएको छ । उत्पादनबिना मुलुकको आर्थिक अवस्थामा छलाङ मार्न नसक्ने, कृषिको औद्योगिकीकरणमा पनि जोड नदिई मुलुकको अर्थतन्त्र सुधार नहुने भन्दै आवाज उठाउँदै आए पनि सरकारले व्यावहारिक नीति बनाउन सकेको छैन । यो खबर आजको राजधानि दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘मदनकृष्ण’ बायोपिक नेपाली चलचित्र उद्योगको अर्को माइलस्टोन बन्नेछ…

    वैकल्पिक राजनीतिको म्यान्डेट पूरा गर्ने नेतृत्व आउँछ :…

    रास्वपा महाधिवेशनः सागर ढकालले गरे सहमहामन्त्री पदमा दाबी

    जेनजी आन्दोलनलाई राष्ट्रव्यापी बनाउने अभियान सुरु भएको छ…

    छोरी लिएर सौराहा घुम्दै प्रधानमन्त्री वालेन्द्र शाह

    गृहमन्त्री सुधन गुरुङ विरुद्ध मानव अधिकार आयोगमा उजुरी

    म्यामोग्राफी मेसिन खरिद भ्रष्टाचार मुद्दामा डा. संगीता मिश्रासहित…

    काठमाडौं उपत्यकामा एकै दिन २ हजार ७६ चालक…

    आर्थिक

    १ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

    ११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

    याडेआ नेपालले सार्वजनिक गर्यो उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक मोटरसाइकल ‘किनेस’

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑