सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं ,४ असोज। सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरूको सजाय आम माफी रोकिएको छ ।
सरकारले संविधान दिवसको अवसरमा आम माफी दिन राष्ट्रपति कार्यालयलाई सिफारिस गरेका ३४ का हकमा मिनाहाको आधार र उनीहरूको विवरण राष्ट्रपतिले माग गरे पनि गृहमन्त्रालयले त्यसको जवाफ नपठाएपछि उनीहरूको माफी मिनाहा रोकिएको हो ।
त्यस्तै, राष्ट्रपतिको कार्यालयले ६ सय ७० कैदीकै भुक्तानी गर्न बाँकी कैद सजाय मिनाहा गरेको छ ।
सरकारले गरेको निर्णयअनुसार कानूनको अधीनमा रही जेष्ठ नागरिक, चरित्र सुधारलगायतका आधारमा ६ सय ७० कैदीहरूको असोज ३ देखि लागु हुनेगरी बाँकी कैद सजाय मिनाहा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
नेपाल समाचारपत्र दैनिक
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा