• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म ब्रेक लाग्दैन :बालेन शाह

      नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ : गगन थापा

      जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या भण्डारी

      ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो, प्रधानमन्त्रीज्यू’ : सिके राउत

      महाधिवेशनमा निम्तो नपाएपछि मुकुल ढकालको असन्तुष्टि, भने– ‘पार्टी स्थापना गर्ने म सूचीमै परिनँ’

      रास्वपाको प्रथम महाधिवेशनः रवि र बालेनले गरे उद्घाटन (फाटोफिचर)

      रास्वपाको महाधिवेशनमा गएर गगन थापाले दिन खोजेका सन्देश

      रास्वपा महाधिवेशनमा विपक्षी दलका नेताको उपस्थिती

      रास्वपा महाधिवेशनमा पुगे बाबुराम र वर्षमान

      हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

    होमपेज /  पत्रपत्रिका

    इन्द्रजात्रामा आर्थिक संकट- यसरी कहिलेसम्म जात्रा चलाउने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८० आश्विन ३, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४५८ पटक पढिएको
  • काठमाडौँ, ३ असोज । इन्द्रजात्रा आउनै लाग्दा हरेक वर्ष आर्थिक संकट हुने गरेको छ । रकम नआएपछि जात्रा व्यवस्थापन समिति रकम माग गर्दै विभिन्न निकाय धाउन बाध्य भएका छन् । इन्द्रजात्रा मूल समितिलाई जात्रा व्यवस्थापन गर्नुभन्दा पनि रकम जोहो गर्न सरकार र काठमाडौं महानगरपालिका गुहार्नुपर्ने बाध्यता भएको छ । हुन पनि रकम नभएपछि जात्रा चलाउनै मुस्किल पर्छ । ‘जसरी पनि जात्रा चलाउनै प¥यो, रकम माग्दा हैरान, यसरी कसरी जात्रा व्यवस्थापन गर्न सकिन्छ’ –इन्द्रजात्रा मूल व्यवस्थापन समितिका अध्यक्ष गौतमरत्न शाक्यको गुनासो छ । हरेक वर्ष पत्र लिएर कहिले सरकार त कहिले महानगरपालिका चाहार्नुपर्ने अवस्था छ ।

    ‘गत वर्ष पनि त्यस्तै भएको थियो, यो वर्ष पनि त्यस्तै अवस्था छ । जात्रा आउन एक हप्ता बाँकी रहँदा आर्थिक अभावले जात्रा सम्पन्न हुनै कठिन छ’ –अध्यक्ष शाक्यको भनाइ छ । धाउँदाधाउँदा बल्ल संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले काठमाडौं महानगरपालिकामार्फत् १३ लाख ९३ हजार उपलब्ध गराएको र बाँकी रकम कसरी जोहो गर्ने भन्ने समस्यमा रहेको अध्यक्ष शाक्यले बताउनुभयो । मन्त्रालयले दिएको यो रकम गत वर्षको हो । गत वर्षको ऋण यो वर्ष तिर्दातिर्दै ठिक्क हुन्छ यो वर्ष कसरी मनाउने समस्या छ ।

    देशकै ठूलो जात्रा मनाउन तामझाम गर्ने सरकारले रकम दिन सधंै कन्जुस्याइँ गर्ने गरेको छ । ‘समितिले ४ वर्षदेखि कामपाबाट रकम पाउन सकेको छैन । कामपाले १० लाख रुपियाँ दिने निर्णय गरेको थियो, ०७७ सालदेखि पाएका छैनांै’ –अध्यक्ष शाक्यले भन्नुभयो । उहाँले मन्त्रालय र कामपाले दिने रकम छुट्टै भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो– ‘मन्त्रालयले स्थानीय तहमार्फत् दिएको रकम महानगरपालिकाले समितिलाई हस्तान्तरण गरेको हो ।’

    कामपका प्रवक्ता नवीन मानन्धरले समितिले रकम माग गरेको कारण उपलब्ध नगराएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘रकम माग्न आएको छैन होला कसरी दिने ?’ उहाँले कामपाले कहिलेदेखि कति रकम बाँकी छ सो विषयमा जानकारी लिने बताउनुभयो । कामपाले ४० लाख रुपियाँ दिनुपर्ने समितिको दाबी छ ।

    समितिका अध्यक्ष शाक्यले विगत वर्षजस्तै यो वर्ष पनि जात्रा व्यवस्थाप गर्न आर्थिक संकट परेको समितिको गुनासो छ । ‘विदेशी पाहुना बोलाएर पर्व मनाउने भनिएको छ, हालसम्म रकम उपलब्ध गराएको छैन’ –अध्यक्ष शाक्यको आरोप थियो । उहाँले जात्रा सम्पन्न गर्न करिब ६५ लाख रुपियाँ खर्च चाहिने र हालसम्म १३ लाख ९३ हजार मात्र प्राप्त भएको बताउनुभयो ।

    जात्रा मनाउन महत्वपूर्ण भूमिका खेल्ने २९ वटा गुठीलाई दिन रकम अभाव भएको जनाइएको छ । रकम प्राप्त भएपछि दिन्छौं, भन्दै आश्वासनको भरमा जात्रा सम्पन्न गर्ने गरेको समितिको भनाइ छ ।

    बैठकमा महानगरले छुट्ट्याएको ५ करोड रुपियाँको अक्षयकोषको तत्काल कार्यविधि बनाएर सञ्चालन गर्न माग गरिएको थियो । अघिल्ला मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा स्थानीय राजपत्र प्रकाशित गरी अक्षय कोष स्थापना भएको थियो । अक्षयकोषमा संस्कृति मन्त्रालयको दायित्वमा रहेको २ करोड र कामपाको १ करोड ५० लाख रुपियाँ जम्मा भइसकेको छ । प्रदेश सरकारको दासियत्वभित्र पर्ने १ करोड र गुठी संस्थानको दायित्वमा पर्ने ५० लाख रुपियाँ जम्मा भएको छैन ।

    दुई निकायलाई रकम जम्मा गरिदिन आग्रह गर्दै पत्राचार गरेको करिब ६ महिना भयो, हालसम्म जम्मा नभएको कारण समस्या परेको छ । इन्द्रजात्रा संरक्षण कोषको नाममा जम्मा भएको रकमको ब्याज २३ लाख भइसक्यो । ५ करोड जम्मा नभएको कारण ब्याज रकमसमेत निकाल्न नसकेको समितिको भनाइ छ ।

    अक्षयकोषमा रहेको रकमको ब्याज निकाल्न पाए जात्रा सञ्चालन गर्न सरकार र अन्य निकायसँग गुहार माग्नु पर्र्दैनथ्यो । चालु आर्थिक वर्षमा प्रदेश सरकार र गुठी संस्थाले कोषमा रकम जम्मा गरेपछि जात्रा मनाउन समस्या नपर्ने समितिको भनाइ छ ।

    अध्यक्ष शाक्यले भन्नुभयो– ‘अक्षयकोषमा रकम जम्मा भए जात्रा व्यवस्थापन गर्न मुख्य भूमिका रहेको २९ वटा गुठीको सबै समस्या हल भएर सजिलैसँग जात्रा मनाउन सकिन्थ्यो ।’ उहाँका अनुसार कोषमा रकम जम्मा भएपछि आगामी वर्ष जात्रा मनाउन आर्थिक अभाव हुँदैन ।

    कामपाले इन्द्रजात्रा अवलोकनका लागि अन्तर्राष्ट्रिय नगरका प्रमुखहरूलाई निमन्त्रणा गरेको छ । जात्रा अवलोकन गर्न भगिनी सम्बन्ध भएका १८, अन्तर्राष्ट्रिय सम्बन्ध भएका ८, प्रदेशस्तरबाट भगिनी सम्बन्ध भएका ७ स्थानीय तहका सहित ३३ वटा अन्तर्राष्ट्रिय नगर र संघसंस्थाका प्रमुखहरूलाई निम्तो दिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकले छापेको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    त्रिभुवन विमानस्थलभित्र इन्धन डिपो : उच्च जोखिममा राजधानी

    सरकारबाट बाहिरिँदै प्रचण्ड

    कूटनीतिक नियोग आराम गर्ने थलो !

    कुवेतमा अवैध बसेका ३५ हजारले दिए स्वदेश फर्कन निवेदन

    मन्त्रालयको संख्या घटाउन दबाब

    टेरामक्स प्रकरणः अनुसन्धान पूरा भएर पनि अख्तियारबाट भ्रष्टाचार मुद्दा दर्ता किन रोकियो ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बागमतीको बाढीमा टापुमा फसेका १४ जनाको सशस्त्र प्रहरीद्वारा…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    नेतालाई ‘भगवान’ बनाउने प्रवृत्तिले दल कमजोर हुन्छ :…

    जङ्गबहादुरको योगदानलाई वस्तुगत रूपमा मूल्याङ्कन गर्नुपर्छ : विद्या…

    सरकार ‘एक्सप्रेस वे’ मा दौडिरहेको छ गन्तव्यमा नपुग्दासम्म…

    ‘म नेपाली जनता हाँसेको हेर्न चाहन्छु’ भन्न सक्नुपर्यो,…

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑