सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बुटवल, १२ चैत। लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।
लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जनाले आज मन्त्रीबाट राजीनामा बुझाएका छन् ।
माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् ।
माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीले प्रदेससभाबाट विश्वासको मत नपाएको अवस्थामा गिरी नेतृत्वको सरकार ढल्नेछ ।
लुम्बिनिमा कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरी मुख्यमन्त्री बन्ने भएका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा