• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ मंसिर ४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

      एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई लाख प्रयोगकर्ताले टिकट किन्न खोजे

      मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

      सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने – अर्थमन्त्री वाग्ले

      प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

      निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

      स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

      वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

      नेपालका प्रधानमन्त्रीको भारत भ्रमणः के भन्छन् भारतीय पत्रकार ?

      केपी ओलीको चेतावनीः स्थानीय तहको निर्वाचन ‘लडाइँको थलो’ बन्नेछ

      कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

      सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

      कांग्रेस महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिंदैछु : भुपेन्द्रजंग शाही

      स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ : मन्त्री साह

      सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    होमपेज /  राजनीती

    प्रधानमन्त्रीलाई राष्ट्रिय हितका विषय सशक्त रूपमा उठाउन कमल थापाको सुझाव

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ मंसिर ४, शुक्रबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३४ पटक पढिएको
  • भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणका क्रममा नेपालको राष्ट्रिय हित र स्वार्थका विषय सशक्त रूपमा उठाउन सुझाव दिएका छन् ।

    राप्रपा रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाह राष्ट्रिय स्वतन्त्र पार्टीको नेतामात्र नभइ सम्पूर्ण नेपालीको प्रधानमन्त्री भएको उल्लेख गरे ।

    भारतको राजकीय भ्रमणमा जान लागेका प्रधानमन्त्रीलाई ३ करोड नेपालीको सद्भाव र स्नेह बोकेर जान आग्रह गर्दै उनले भ्रमण नेपालको राष्ट्रिय हित र स्वार्थको संवद्र्धनमा कोशेढुंगा बन्नुपर्ने बताए ।

    नेपाल र भारतबीच धार्मिक, सामाजिक, साँस्कृतिक तथा पारिवारिक सम्बन्ध रहे पनि सीमा विवाद, व्यापार तथा पारवहन, डुबान र विगतमा सुरु भएका आयोजना कार्यान्वयनलगायतका समस्या रहेको उनले उल्लेख गरे । विगतका असमान सन्धि सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याउँदै थापाले यी सबै समस्या एउटै भ्रमणबाट समाधान नहुने भए पनि समाधान हुन नसकेका विषयलाई सशक्त रूपमा भारत सरकारसमक्ष राख्नुपर्ने बताए ।

    नेपालको आधुनिकीकरण र आर्थिक समृद्धिका लागि भारतसँग साझेदारी गर्ने नयाँ परियोजना, कार्यक्रम तथा नीतिको जग बसाल्न पनि प्रधानमन्त्रीलाई उनले आग्रह गरे ।

    पूर्वउपप्रधानमन्त्री समेत रहेका थापाले आफूहरुको जिल्ला भ्रमण राप्रपाको महाधिवेशनमा भोट माग्नका लागि नभइ पार्टीलाई एकताबद्ध बनाउने र कार्यकर्तालाई उत्साहित गर्ने उद्देश्यले भइरहेको बताए ।

    राजसंस्थासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको एजेण्डा नेपाल रहुञ्जेल जीवित रहने दावी गर्दै उनले देशी–विदेशी शक्तिको स्वार्थका कारण नेपालको हिन्दूराष्ट्रको पहिचान र राजसंस्थाको पहिचान समाप्त पारिएको टिप्पणी गरे ।

    नेपाली जनताले भोट हालेर हिन्दूराष्ट्र फ्याकेको हो र ? भन्दै उनले प्रश्न गरे । उनले भने, ‘नेपाली जनताले क्रान्ति गरेर वा भोट हालेर राजसंस्थालाई पाखा लगाएको होइन ।’

    कार्यक्रममा राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले कार्यकर्ताको माग र भनाइअनुसार नै आफूहरू जिल्ला भ्रमणमा निस्किएको बताए । राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको एजेण्डासहित अघि बढिरहेको उल्लेख गर्दै उनले कार्यकर्तालाई विचलित नभइ महाधिवेशनको तयारीमा जुट्न आग्रह गरे । महाधिवेशनपछि राप्रपालाई देशको पहिलो पार्टी बनाउने लक्ष्यका साथ आफूहरू अघि बढेको पाण्डेले बताए ।

    कार्यक्रममा राप्रपा केन्द्रीय सदस्य बसन्त विक्रम शाही, लुम्बिनी प्रदेश सदस्य बलराम शर्मा, युवा नेता अजय कुमार गुप्ता, सिद्धार्थनगर सचिव प्रकाश ढाढीलगायतले आफ्‌नो धारणा राखेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई कमल थापाको आग्रह

    निर्वाचनको निष्पक्षताको जिम्मेवारी सरकारको पनि हो : गगन थापा

    स्थानीय र प्रदेशसभा निर्वाचन एकैपटक गर्न सकिने विकल्पमा छलफल भइरहेको छ : जगदिश खरेल

    वैशाख अन्तिममा स्थानीय तहको निर्वाचन गर्नुपर्छ :अध्यक्ष ओली

    कांग्रेस मधेश प्रदेश अधिवेशन मंसिर १४ हुनेछ, असली कांग्रेस हामी नै हौं : निधि

    पूर्वपरराष्ट्रमन्त्रीहरु भन्छन् : नेपाल–भारत सम्बन्धमा विश्वासको वातावरण बनोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतसँगका सीमा र असमान सन्धिका मुद्दा उठाउन प्रधानमन्त्रीलाई…

    एनपिएल फाइनलको टिकट केही मिनेटमै ‘सोल्डआउट’, एकैसाथ दुई…

    मकवानपुरका विभिन्न स्थानमा एकादशी मेला, भक्तजनको घुइँचो

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकमा समृद्धि कायम हुने…

    स्वदेशी उत्पादन बढाएर मात्रै नेपालको समृद्धि सम्भव छ…

    प्रेमिका भेट्न गएका युवक कोठामै मृत फेला

    धादिङको रुबीभ्यालीमा जिप दुर्घटनामा १ जनाको मृत्यु, घाइतेको…

    आर्थिक

    सेयरबजारमा ७ अंकको गिरावट, कारोबार ३ अर्ब ८८ करोडमा सीमित

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा १२ हजार २०० रुपैयाँ घट्यो

    सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा ६ हजार ३०० रुपैयाँ घट्यो कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑