सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२, माथिल्लो भङ्गालबाट बरामद भएको झन्डै २२ किलो सुनको बजार मूल्य ५४ करोड ६० लाख रुपैयाँभन्दा बढी रहेको खुलेको छ।
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घबाट गरिएको परीक्षण तथा प्रमाणीकरणअनुसार बरामद सुनको मूल्य ५४ करोड ६० लाख ७ हजार ३२० रुपैयाँ ४ पैसा रहेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले २१ किलो ७५०.६८ ग्राम सुन बरामद भएको घटनाबारे आज पत्रकार सम्मेलन गरी औपचारिक जानकारी दिएको हो।
कार्यालयका अनुसार चीनको ग्वाङ्झाउमा बस्ने झेन जिया लेले वीच्याटमार्फत नेपालमा रहेका आफ्ना समूहका चिनियाँ नागरिकलाई सुन प्रशोधन गर्ने, तयार पार्ने र तोकिएको स्थानमा पुर्याउने निर्देशन दिने गरेका थिए।
अनुसन्धानका क्रममा चिनियाँ नागरिक सु क्यानले मासिक ३ लाख ३० हजार रुपैयाँ भाडा तिर्ने गरी घर लिएको खुलेको छ। उनले उक्त घर चार महिनाका लागि भाडामा लिँदा अग्रिम १३ लाख २० हजार रुपैयाँ भुक्तानी गरेको पनि अनुसन्धानबाट खुलेको कार्यालयले जनाएको छ।
उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले २१ किलो ७५०.६८ ग्राम सुन बरामद गरेको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा