• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २३, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु : गगन थापा

      नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

      पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको सनाखत

      मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

      बाला त्रिपुरासुन्दरी : रोचक किंवदन्ती, रमाइलो धार्मिक गन्तब्य

      धनगढी–काठमाडौं भाडा १० हजार ८ सय मात्रै, भ्रममा नपर्न बुद्ध एयरको आग्रह

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही

      महाधिवेशन स्थलमै खुमा अर्यालको हेल्पडेस्क, सयौं प्रतिनिधि लाभान्वित

      चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु

      कांग्रेस महाधिवेशन : बिहानैदेखि मतदाता लाइनमा, ७ बजेदेखि मतदान, आजै गणना थाल्ने तयारी

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      जलवायु परिवर्तनका कारण नेपालले भोगेको संकटको क्षतिपूर्ति धनी राष्ट्रहरुले भर्नुपर्छ : युवाहरु

    होमपेज /  आर्थिक

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २३, शुक्रबार (५३ मिनेट अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८ पटक पढिएको
  • काठमाडौँ । नबिल बैंक लिमिटेडको ४२औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। प्रस्तावअनुसार साधारण शेयरधनीले पाँच प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश पाउनेछन्।

    बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो। सभाले अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीका लागि आठ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत स्वीकृत गरेको छ।

    बैंकका अनुसार पाँच प्रतिशत बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३३ अर्ब ४० करोड रुपैयाँभन्दा बढी पुगेको छ। बैंक स्थापना हुँदाको तुलनामा हाल चुक्ता पुँजी ९६० गुणाले वृद्धि भएको जनाइएको छ।

    नबिल बैंकले आर्थिक वर्ष २०८२/८३ मा सात अर्ब ९१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको जनाएको छ। बैंकको निक्षेप दायित्व अघिल्लो आर्थिक वर्षको तुलनामा ६९ अर्ब ६७ करोड रुपैयाँ अर्थात् १३.०६ प्रतिशतले बढेर छ खर्ब दुई अर्ब ९३ करोड रुपैयाँ पुगेको छ।

    त्यस्तै, बैंकको कर्जा तथा सापटी ५१ अर्ब ६८ करोड रुपैयाँ अर्थात् १२.१५ प्रतिशतले वृद्धि भई चार खर्ब ७६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको वासलातको आकार १५.३८ प्रतिशतले बढेर सात खर्ब ३४ अर्ब ७६ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ।

    साधारणसभाले संस्थापक शेयरधनीका तर्फबाट निर्वाणकुमार चौधरी, मलय मुखर्जी र सइद मन्सुर मुस्तफालाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ।

    सभालाई सम्बोधन गर्दै अध्यक्ष चौधरीले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैंकिङ सेवालाई आधुनिकीकरण तथा विस्तार गर्दै आएको बताए। बैंकले शेयरधनी, ग्राहक, कर्मचारी, नियामक निकाय र अन्य सरोकारवालाको अधिकार तथा हितलाई सम्मान गर्दै सामाजिक उत्तरदायित्वका क्षेत्रमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।

    चार दशकभन्दा लामो समयदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङ र डिजिटल प्रविधिलाई प्राथमिकता दिएको छ। बैंकले डिजिटल बैंकिङ सेवाका लागि एनबैंक सञ्चालनमा ल्याएको छ भने सन् २०३० सम्ममा कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगका लागि तयार बैंक बन्ने लक्ष्य अघि सारेको छ।

    बैंकले आफ्नो भिजन तथा मिसन स्टेटमेन्टलाई परिमार्जन गर्दै ‘पाँच टी’ अर्थात् ट्रस्ट (विश्वास), ट्रान्सपरेन्सी (पारदर्शिता), ट्यालेन्ट (प्रतिभा), टेक्नोलोजी (प्रविधि) र ट्रान्सफर्मेसन (रूपान्तरण) को अवधारणालाई समेत अघि बढाएको जनाएको छ।

    हाल नबिल बैंकले देशभरका २६२ शाखा र ३१६ एटीएममार्फत २८ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

    साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक, कर्मचारी तथा अन्य सम्बद्ध निकायप्रति बैंकले आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    महालक्ष्मी विकास बैंकद्वारा ‘महालक्ष्मी महा सोमबार’ योजना सञ्चालन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असन्तुष्ट र पराजित सबैलाई समेटेर अघि बढ्छु :…

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी…

    पोखरा स्कुल बस दुर्घटना अपडेट: पाँच जनामध्ये चारको…

    मध्यावधि निर्वाचनअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा

    आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    आर्थिक

    नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ३३ अर्ब ४० करोड नाघ्यो

    माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय पुरस्कार

    कामना सेवा विकास बैंक र उद्योग वाणिज्य महासंघबीच सम्झौता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑