• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २०, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

      गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

      नानू बाँस्तोलाले दिइन् सहमहामन्त्रीमा उम्मेदवारी

      चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी

      महामन्त्रीमा उदयशम्शेर राणाको उम्मेदवारी

      कांग्रेस महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

      नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

      दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

      माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

      कवि पाँचथरेको कवितासङ्ग्रह ‘समयको प्रतिबिम्ब’ लोकार्पण

      रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

      भ्रष्टाचार र परिवारवादविरुद्ध उम्मेदवारी हो : रामपल्टन साह

      युवा नेता शंकर तिवारीले कांग्रेस महामन्त्रीमा दिए उम्मेदवारी

      कांग्रेस महाधिवेशनमा करिब नौं हजारका लागि भोजन

      कांग्रेस महाधिवेशन :खुलामञ्चमा चहलपहल कम

    होमपेज /  अन्य

    महाधिवेशनस्थलमा टोपीदेखि जुम्लाको स्याउ र कांग्रेसका पुस्तकसम्मको व्यापार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन १९, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २९ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल आइतबार नेता–कार्यकर्ताको राजनीतिक जमघटमा मात्र सीमित रहेन । महाधिवेशनमा सहभागीको भीडसँगै विभिन्न ठाउँबाट आएका व्यवसायी तथा सामग्री विक्रेताले पनि आफ्नो उत्पादन र सामग्री बिक्रीका लागि स्थललाई अवसरका रूपमा प्रयोग गरेका छन् ।

    महाधिवेशनस्थलमा ढाका तथा स्थानीय सामग्रीबाट बनेका टोपी बेचिरहेका राजु बस्नेतका लागि खुलामञ्चको भीड नयाँ बजार हो ।

    उनी अरूले उत्पादन गरेका टोपी किनेर विभिन्न ठाउँमा बिक्री गर्छन् । महाधिवेशनमा सहभागी नेता–कार्यकर्ताले टोपी किन्ने सक्ने अनुमान लगाएर उनी त्यहाँ आइपुगेका हुन् । ‘मलाई एउटा मान्छेले खुलामञ्चमा जानु, तिम्रो टोपी धेरै बिक्छ भनेर भनेको थियो,‘ उनले सुनाए, ‘उहाँले पनि दुईवटा टोपी किन्नुभयो, चिया पनि खुवाउनुभयो ।’ बस्नेतका अनुसार टोपीको मूल्य ग्राहकअनुसार फरक पर्छ । कतिपयले ६ सय रुपैयाँसम्म तिर्छन् भने कतिपयले २–३ सय रुपैयाँमै माग गर्छन् ।

    ‘मान्छेअनुसार विभिन्न तरिकाका हुन्छन् । कोहीले बूढो मान्छे हो, खाओस् भनेर दया–मायाले पैसा दिन्छन्, कोहीले हुँदैन पनि भन्छन्,‘ उनले भने । टोपी बिक्रीबाट मात्रै नियमित आम्दानी गर्न भने कठिन छ । त्यसैले उनी मौसम र अवसरअनुसार काम परिवर्तन गर्छन् । पहिले ज्यामी काम गर्ने गरेका उनी अहिले कहिले गाउँबाट तरकारी ल्याएर बेच्छन, कहिले टोपी, स्विटर, कपडा र छाता बिक्री गर्छन् । महाधिवेशन उनको लागि राजनीतिक कार्यक्रमभन्दा बढी केही दिनको नयाँ बजार बनेको छ ।

    महाधिवेशनस्थलमा जुम्लाको स्याउ बेच्न आएका खम्म विश्वकर्माको कथा पनि उस्तै छ । उनले कर्णालीको स्थानीय उत्पादन जुम्लाको स्याउ काठमाडौं ल्याएर बिक्री गरिरहेका छन् ।

    ‘बोक्यो त के गर्ने, कर्णालीको जुम्लाको स्याउ हो। अर्गानिक स्याउ हो। काठमाडौं आएपछि यस्तै गरेर जीविकोपार्जन गर्नुपर्छ,‘ विश्वकर्माले भने ।

    उनका अनुसार जुम्लाबाट काठमाडौंसम्म स्याउ ल्याउँदा ढुवानीमै ठूलो खर्च हुन्छ। करिब एक गाडी स्याउ ल्याउँदा २ लाख ४० हजार रुपैयाँसम्म भाडा लागेको उनले बताए । सुरुमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री गरेको स्याउ अहिले २ सय ५० रुपैयाँमा बिक्री गरिरहेको उनको भनाइ छ ।

    ‘फाइदा त खासै हुँदैन । काठमाडौं आइपुग्यो भने फाइदा भए पनि घाटा भए पनि सके–सक्काएरै जानुपर्ने स्थिति आउँछ,‘ उनले भने ।

    विश्वकर्माका अनुसार उनको परिवारमा छ जना छन् । आर्थिक अवस्था कमजोर भएकाले परिवार चलाउन विभिन्न काम गर्नुपर्ने बाध्यता रहेको उनले बताए । हिउँदमा भारत गएर ज्यामी काम गर्ने र अन्य समयमा गाउँमै उपलब्ध काम तथा उत्पादनबाट आम्दानी गर्ने गरेको उनको भनाइ छ ।

    महाधिवेशनस्थलमा व्यापारका लागि पुगेकी अर्की महिला भने कांग्रेसका विचार र इतिहाससँग सम्बन्धित पुस्तक बिक्री गरिरहेकी छन् । देवा उपाध्यायले राजनीतिक कार्यकर्ताका लागि अध्ययन आवश्यक रहेको भन्दै कांग्रेससम्बन्धी पुस्तक बिक्रीका लागि ल्याएको बताइन् ।

    ‘अध्ययनबिनाको राजनीति अधुरो हुन्छ, अपूरो हुन्छ । त्यसले गर्दा सबैले कांग्रेसका न्यूनतम जान्नुपर्ने कुराहरू जान्नुपर्छ भन्ने उद्देश्यले म यहाँ आएको हुँ,‘ उनले भनिन् । सामाजिक सञ्जालमा केन्द्रित हुँदै गएको राजनीतिक गतिविधिबीच पुस्तक अध्ययनको महत्त्व रहेको उनको भनाइ छ ।

    ‘आजभोलि सामाजिक सञ्जालको राजनीति भइरहेको छ । तर पुस्तक भनेको पुस्तक नै हो। पुस्तक पढेजस्तो सामाजिक सञ्जाल हेरेर राजनीति हुँदैन । त्यो केही क्षणिक हो,‘ उपाध्यायले भनिन् ।

    उनका अनुसार कार्यकर्ताले सहज रूपमा किन्न सकून् भनेर पुस्तकको मूल्य ३ सय रुपैयाँ राखिएको छ । महाधिवेशन सुरु भएको केही समयमै चारवटा पुस्तक बिक्री भइसकेको उनले बताइन् । पुस्तक बिक्रीबाट आएको रकम व्यक्तिगत आम्दानीका लागि मात्र नभई पुस्तकालय तथा संस्था सञ्चालनमा समेत प्रयोग गर्ने उनले बताइन् ।

    यसरी कांग्रेसको महाधिवेशनस्थलमा राजनीतिक बहस र नेतृत्व चयनको चहलपहलसँगै विभिन्न जिल्लाबाट आएका स्थानीय उत्पादन, परम्परागत सामग्री र वैचारिक पुस्तकको बिक्रीसमेत भइरहेको छ । महाधिवेशन कतिपयका लागि राजनीतिक सहभागिताको थलो बनेको छ भने कतिपयका लागि आफ्नो उत्पादन र सीपमार्फत आम्दानी गर्ने अवसरसमेत बनेको देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

    भोट माग्न नवराज त्रिपाठीले प्रयोगमा ल्याए रोबोट

    झलनाथ खनालले छोडे नेकपा

    दुर्गा प्रसाईंविरुद्धको सक्कल अनुसन्धान फाइल झिकाउन सर्वोच्चको आदेश

    विश्व शिक्षक दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

    नानू बाँस्तोलाले दिइन् सहमहामन्त्रीमा उम्मेदवारी

    चन्द्र भण्डारीले उपसभापतिमा दर्ता गराए उम्मेदवारी

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    आर्थिक

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑