• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ४, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

      ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

      सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने

      अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव राखेपछि मात्रै सहयोग घोषणा गर्ने भारतीय संकेत

      यसरी हुँदैछ बबरमहलमा आकाशे पुल निर्माण कार्य

      राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

      परराष्ट्र मन्त्रालयमा पहिलोपटक वातावरण कूटनीति शाखा स्थापना

      राजिव खत्रीको प्रश्नः ‘चोरबाटोबाट धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र ल्याइयो’

      संविधान दिवस कि औपचारिकताको दिवस ?

      ढाकामा लगातार बम विस्फोट र आगजनी

      भोटेकोशी बाढी अपडेट: १ हजार ४३६ जनाको शव फेला, ४,६५५ भन्दा बढी अझै बेपत्ता

      मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?

      धर्मनिरपेक्षता धर्मविहीनता होइन, धार्मिक पहिचान संरक्षणको व्यवस्था हो : डा. विपिन अधिकारी

      रास्वपाको सचिवालय बैठक बस्दै

      शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

    होमपेज /  विश्व

    मौरीको ‘गोप्य जीपीएस’ : किन उनीहरू एउटै बाटोबाट बारम्बार उड्छन् ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ४, आईतबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । एउटा मौरी घारबाट निस्कन्छ । केही क्षणमै फूलसम्म पुग्छ । पराग लिएर फर्किन्छ । फेरि उड्छ । फेरि फर्किन्छ । बाहिरबाट हेर्दा यो सामान्य चक्रजस्तो लाग्छ । तर बैज्ञानिकहरुले आकाशबाट ड्रोनले उसको यात्रा पछ्याउँदा अर्कै कथा देखियो–ऊ हरेक पटक लगभग उही बाटोबाट उडिरहेको थियो । कतिपय अवस्थामा अघिल्लो यात्राबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा उडेको पाइयो ।

    जर्मनीको फ्राइबर्ग विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गरेको नयाँ अध्ययनले मौरीको दिशाबोधबारे लामो समयदेखि रहेको बुझाइलाई नयाँ मोड दिएको छ । उनीहरू केवल घारको दिशा सम्झने कीरा होइनन, बरु आफूले रोजेको ‘स्थायी मार्ग’ बनाउने सटीक यात्रु रहेछन् ।

    हामी प्रायः मानिसलाई मात्रै बाटो सम्झने जीव ठान्छौं । तर सानो मस्तिष्क भएको मौरीले पनि वातावरणका संकेतलाई सम्झेर आफ्नो यात्रा दोहो¥याउन सक्छ भन्ने तथ्यले वैज्ञानिकहरूलाई समेत अचम्मित बनाएको छ । अनुसन्धानकर्ताले प्रयोगशालाको कृत्रिम वातावरण होइन, वास्तविक खेतबारी रोजे । घारदेखि करिब १२० मिटर टाढा मौरीका लागि खाद्य स्रोत राखियो । त्यसपछि मौरीमा सानो परावर्तक चिन्ह जडान गरियो ।

    ड्रोनमा रहेको ‘फास्ट लक–अन ट्रयाकिङ’ प्रणालीले उडिरहेको मौरीलाई केही मिलिसेकेन्डमै पहिचान गरेर त्रि–आयामिक मार्ग रेकर्ड ग¥यो । यो प्रविधिले पहिलो पटक मौरीको प्राकृतिक उडानलाई यति सूक्ष्म रूपमा पछ्याउन सम्भव बनायो । अनुसन्धान टोलीले जर्मनीको काइजरस्टुल क्षेत्रमा २५५ वटा उडान मार्ग विश्लेषण गरेको थियो । त्यसपछि एउटा रोचक ढाँचा देखियो—हरेक मौरीले आफ्नो छुट्टै मार्ग बनाएको थियो । अझ कतिपय मौरीले त अघिल्लो उडानको बाटोबाट केही सेन्टिमिटर मात्र फरक दूरीमा फेरि उडेको देखियो ।

    अनुसन्धानका प्रमुख डा. एन्ड्र्यु स्ट्र भन्छन,‘हामीले हेर्दा प्रत्येक मौरीको आफ्नै व्यक्तित्व भएको जस्तो देखिन्छ । अध्ययन क्षेत्रमा एउटा ठूलो रूख थियो । त्यही रूखले मौरीको यात्रामा कम्पासजस्तै काम गरेको देखियो ।’

    उनका अनुसार रूख वा झाडी नजिक पुग्दा मौरीको उडान सबैभन्दा स्थिर देखियो । तर जब उनीहरू मकैबारीमाथि उड्थे, मार्गमा केही बढी भिन्नता देखिन्थ्यो । किनभने मकैबारीको दृश्य धेरै एकनासे हुन्छ । वरिपरि छुट्याउन सजिलो संकेत कम हुन्छ । यसले मौरीले वरिपरिका दृश्य संकेतलाई ‘मानसिक नक्सा’को रूपमा प्रयोग गर्ने सम्भावना बलियो बनाएको छ ।

    मौरीको चर्चित ‘वागल डान्स’ धेरैलाई परिचित छ । फूलको स्रोत भेट्टाएपछि मौरीले घारमा फर्केर विशेष नृत्य गर्छ र अरू मौरीलाई दिशा बताउँछ । तर त्यो सूचना पूर्ण रूपमा सटीक हुँदैन । करिब १०० मिटर टाढाको खाद्य स्रोतका लागि त्यसमा करिब ३० डिग्रीसम्म दिशागत फरक हुन सक्छ । तर, नयाँ अध्ययनले भने त्यो त्रुटि मौरीको दिशाबोध कमजोर भएकाले होइन भन्ने देखाएको छ ।

    जब मौरी आफैं परिचित ठाउँतर्फ उड्छ, त्यसको विचलन केही डिग्रीभन्दा बढी हुँदैन । अर्थात् मौरीको वास्तविक नेभिगेसन क्षमता उसको सामूहिक सञ्चारभन्दा अझ सटीक हुन सक्छ ।

    मौरीको यस्तो क्षमताले केवल जीवविज्ञानलाई मात्र होइन, प्रविधिलाई पनि प्रश्न सोधेको छ । जीपीएस कमजोर हुने जंगल, कृषि क्षेत्र वा विपद्पछि भूगोल बदलिएका स्थानमा दृश्य संकेतका आधारमा बाटो पहिचान गर्ने प्रणाली विकास गर्न मौरीबाट प्रेरणा लिन सकिने अनुसन्धानकर्ताको विश्वास छ ।

    कम ऊर्जा खर्च गरेर जटिल वातावरणमा सुरक्षित रूपमा यात्रा गर्ने मौरीको तरिकाले भविष्यका ड्रोन, उद्धार रोबोट र स्वचालित सवारीलाई नयाँ दिशा दिन सक्छ । सायद त्यसैले एउटा सानो मौरीलाई अब केवल पराग बोक्ने कीराको रूपमा हेर्न पुग्दैन । उसले हरेक उडानमा प्रकृतिले करोडौं वर्ष लगाएर बनाएको एउटा अदृश्य ‘जीपीएस’ प्रयोग गरिरहेको हुन सक्छ । जहाँ एउटा रूख नक्सा बन्छ, एउटा झाडी संकेत बन्छ र केही सेन्टिमिटरको फरक पनि उसको स्मृतिमा सुरक्षित रहन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ढाकामा लगातार बम विस्फोट र आगजनी

    २०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

    ब्रिक्सको स्वास्थ्य एजेन्डामा परम्परागत चिकित्सा, आयुर्वेदलाई अन्तर्राष्ट्रिय सहकार्यको नयाँ मञ्च

    चीनतर्फ मुख्य राजमार्गको अवरोध हटाइयो, जोखिम कायमै

    चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरुको भ्रमण : उद्धार तथा राहत कार्यको प्रशंसा

    मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    असोज ८ देखि १२ सम्म भारी वर्षाको सम्भावना,…

    ईडीएल भिआरएसमार्फत ड्राइभिङ लाइसेन्स छपाइ सुरु

    सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी…

    अर्थमन्त्री डा.वाग्लेको दिल्ली भ्रमण : नेपालले विस्तृत प्रस्ताव…

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा…

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑