• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

      रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन पहल गर्ने

      नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

      ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली सुधार्न पुकार बमको माग

      ब्रिक्समा नेपालको सहभागिता नहुनु कूटनीतिक असफलता : बलावती शर्मा

      विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

      बाढीपीडितको पुनर्स्थापना र जलवायु न्यायका लागि अन्तरराष्ट्रिय अभियान समिति गठनको प्रस्ताव

      वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

      प्रधानमन्त्री शाहसँग अमेरिकी कार्यवाहक राजदूत बोल्डिनको शिष्टाचार भेट

      विपद् व्यवस्थापनका लागि नेपालमै ड्रोन उत्पादन गर्ने तयारी : मन्त्री पुन 

      कर्जाको माग कमजोर हुँदा बैंकहरूले घटाए मुद्दति निक्षेपको ब्याजदर

      संन्यास घोषणा गरिसकेका मेस्सी फेरी एकपटक मैदानमा

      एक महिनामै सर्वोच्चको नयाँ भवनमा दोस्रोपटक आगलागी, तीन फाँटमा क्षति

      ईभी कार ट्यांकरमा ठोक्किँदा सप्तरीमा चार जना घाइते

      रामेछापको पीडा : घ्याप्चेको पहिरो, सदरमुकाम मन्थली समेत जोखिममा

    होमपेज /  अन्य

    विपद्को बेला अस्वाभाविक मूल्यवृद्धि लुट हो : सांसद केसी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ३१, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २४ पटक पढिएको
  • काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले काठमाडौं उपत्यकामा खाना पकाउने ग्यासको अभाव र बजारमा बढ्दो महँगीप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद केसीले काठमाडौं उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग भए पनि आपूर्ति आधाभन्दा कम रहेको बताए । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाउने तर कालोबजारमा प्रतिसिलिन्डर २ हजार ६ सय रुपैयाँसम्ममा सहजै पाइने अवस्था रहेको उनको भनाइ छ ।

    उनले भने, ‘काठमाडौँ उपत्यकामा दैनिक ४० हजार सिलिन्डर ग्यासको माग हुँदा आपूर्ति आधाभन्दा कम छ । घन्टौँ लाइन बस्दा पनि ग्यास नपाइने तर कालोबजारमा सजिलैसँग २६०० रुपैयाँ पाइने जुन खालको स्थिति छ, यसले राज्यको अस्तित्व र उपस्थितिलाई गम्भीर रूपबाट प्रश्न उठाएको छ । यो अस्वाभाविक बजार चक्र सङ्कटको आडमा रचिएको घिनौना लुट हो।’

    कानुनी अधिकारको दुहाई दिँदै अनुगमन निकायहरू मूकदर्शक र निरीह बन्नु सरकारको गैरजिम्मेवारीपन भएको उनले बताए ।

    उनले भने, ‘२० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने नियम केवल कागजमा मात्र सीमित छ । विपद्को बेला नागरिकको चुलो बलेको सुनिश्चित गर्नु राज्यको प्राथमिक दायित्व हो । तर सरकारी निकायहरू यो दुःखको बेला मौनताले आहत जनताको घाउमा नुनचुक छर्किने काम गरिरहेका छन् सभामुख महोदय ।’

    रसुवा र नुवाकोटमा आएको भीषण बाढीको तीन हप्ता बितिसक्दा पनि उद्धार तथा राहत प्रभावकारी हुन नसकेको भन्दै केसीले संसद्बाट उच्चस्तरीय समिति गठन गर्न माग गरे ।

    उनले भने, ‘रसुवा, नुवाकोटमा आएको भीषण बाढीको दुःखद वितण्डा तीन हप्ता नाग्यो । यसले हजारौँ नागरिकको जीउज्यान समाप्त पारे, जीवित रहेका दसौँ हजारको पारिवारिक जीवन उजाडेको छ । भने पाँच हजारभन्दा बढी सर्वसाधारण अझै बेपत्ता छन्। खोजी कार्य अझै जारी छ ।’

    उनले नुवाकोटको विदुर, त्रिशूली आवतजावत र रसुवासँगको सम्बन्ध अझै सहज हुन नसकेको तथा रोगब्याधी फैलिएको बताए ।

    केसीले बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज निर्माण गर्नुपर्ने मागसमेत गरे ।

    उनले भने, ‘बेत्रावतीदेखि गल्छीसम्म तत्काल पाँचवटा बेलीब्रिज पुल निर्माण अत्यन्त जरुरी छ।’

    बाढी–पहिरोको संकटका बीच बजारमा खाद्यान्न तथा इन्धनको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै केसीले कालोबजारी नियन्त्रण गर्न सरकारसँग माग गरे ।

    उनले भने, ‘राष्ट्रिय शोकको, शोक र विपत्तिको यो कठिन घडीमा हामी सम्पूर्ण एकताबद्ध भई बाढी पीडितहरूको उद्धार, राहत र पुनर्स्थापना कार्यमा राज्यलाई सहयोग गर्न चाहन्छौँ। तर त्यसको बाबजुद पनि जुन त्रासदी, यो अहिले देखिएका त्रासदी बाढी–पहिरोको आडमा आम जनताको भान्सामा माथि भइरहेको निर्लज्ज, अस्वाभाविक र निरङ्कुश मूल्यवृद्धिले अब मौन बस्नु उपयुक्त देखिँदैन।’

    उनले चामल, तेल, चिनी, मासु, अण्डा लगायतका खाद्य वस्तुको मूल्य बढेको उल्लेख गर्दै महँगी नियन्त्रणमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताए ।

    कृत्रिम अभाव सिर्जना गरी खाद्यान्न तथा इन्धनको मूल्य बढाउँदा गरिब तथा मध्यमवर्गीय परिवार थप समस्यामा परेको उनले बताए ।

    उनले भने, ‘खाद्यान्न र इन्धनको कृत्रिम अभावले गरिब तथा मध्यमवर्गीय परिवारलाई भोकै बस्ने स्थितिमा पुर्‍याएको छ भने जुन जनताको विरुद्धको अपराध पनि हो। यदि सरकारले अविलम्ब बजारमा युद्धस्तरमा अनुगमन गरी कालोबजारी माथि कडाभन्दा कडा कारबाही गर्दैन र आपूर्ति सहज बनाउँदैन भने पीडित जनता बाध्य भएर सडकमा उत्रिनुपर्ने अवस्था, विवशताले निम्त्याउँछ।’

    महँगी, मूल्यवृद्धि र बेरोजगारीका कारण जनतामा असन्तुष्टि बढ्न सक्ने भन्दै उनले सरकारलाई गम्भीर हुन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा अर्थ समितिबाट पारित

    वीरेन्द्रनगरको आकाशमा देखिएको इन्द्रेणी (फोटो फिचर)

    देउवाको चेतावनी: ‘एकपक्षीय महाधिवेशनले कांग्रेसलाई विभाजनतर्फ धकेल्छ’

    दुलहीजस्तै सिँगारिँदै छ जोमसोम बजार

    चौठचन्द्र (चौरचन) पर्व सम्पन्न

    बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चिलिमे जलविद्युत् आयोजनाको पावरहाउसभित्र चार शव भेटिए

    रास्वपाले भोटेकोशी बाढीबारे सर्वदलीय संसदीय उच्चस्तरीय समिति बनाउन…

    नेपाल राष्ट्र बैंक ऐन संशोधनसम्बन्धी प्रतिवेदन सर्वसम्मत रूपमा…

    ईभी दुर्घटना बढ्दै गएपछि चालक र लाइसेन्स प्रणाली…

    रास्वपा सभापति रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

    कृष्णभीरमा नयाँ ट्रयाक खोलियो, असोज १ देखि दुईतर्फी…

    प्रधानमन्त्री दैवी कोषको नाम परिवर्तन गर्न जगदिश खरेलको…

    कन्काई पुल अलपत्र पार्ने निर्माण कम्पनीलाई करिब २…

    आर्थिक

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑