सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाटै पक्राउ परेका छन्।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले पक्राउ गरेको हो।
तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा उनलाई पक्राउ गर्न काठमाडौं प्रहरी वृत्त दरबारमार्गले अनुमति मागेको थियो।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अदालतको अनुमतिपछि तामाङलाई पक्राउ गरिएको हो। उनका अनुसार प्रहरीले सोमबार नै काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो।
पक्राउ परेका तामाङ ४३ वर्षका हुन्। उनी काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि सञ्चालन गर्दै आएका थिए।
तामाङलाई आवश्यक कानुनी प्रक्रियाका लागि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा