• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

      बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका

      रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

      सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं

      बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

      भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

      बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

      तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

      ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर पोस्ट गर्ने युवक पक्राउ

      विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

      २०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

      मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

      अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

      चिलिमे टनेलमा रातभर उद्धार कार्य

      हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    होमपेज /  अन्य

    बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २९, सोमबार (७ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ६ मिनेट
  • ५९ पटक पढिएको
  • काठमाडौं । जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को सरकार गठन गर्न माग गरेको छ।

    मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा सरकारसँग जोडिएका विभिन्न गम्भीर प्रश्नमाथि निष्पक्ष र स्वतन्त्र छानबिन आवश्यक रहेको उल्लेख गर्दै वर्तमान सरकारबाटै त्यस्तो अनुसन्धान सम्भव नरहेको दाबी गरिएको छ।

    मुभमेन्टले प्रतिनिधिसभाको आकस्मिक बैठक बोलाएर वर्तमान सरकार विघटन गरी सोही संसद्बाट अर्को सरकार गठन गर्नुपर्ने माग गरेको हो। यस्तो कदमलाई आफूहरूले ‘शान्तिपूर्ण र संवैधानिक राजनीतिक निकास’का रूपमा लिएको वक्तव्यमा उल्लेख छ।

    वक्तव्यमा प्रधानमन्त्री बालेन्द्र शाह, रवि लामिछाने, सुधन गुरुङ र सागर ढकाललगायत व्यक्तिहरूमाथि उठेका विदेशी प्रभाव, हिंसा तथा सत्ता परिवर्तनसम्बन्धी प्रश्नको निष्पक्ष छानबिन गर्नुपर्ने माग गरिएको छ।

    त्यस्तै, हालै सार्वजनिक भएको भनिएको द ग्रे जोनको रिपोर्टमा उद्धृत कागजातमा नेपालमा विदेशी आर्थिक तथा राजनीतिक कार्यक्रममार्फत केही व्यक्तिलाई प्रभावशाली नागरिक नेतृत्वका रूपमा अघि बढाउने योजनाबारे गरिएको दाबीको सत्यता तत्काल स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्ने मुभमेन्टको भनाइ छ।

    जेनजी आन्दोलनका क्रममा भएको हिंसा, आगजनी, सिंहदरबारलगायत राज्यका संरचनामाथिको आक्रमण, जेल फोड्ने घटना तथा जनधनको क्षतिबारे पनि निष्पक्ष छानबिन हुनुपर्ने मुभमेन्टले जनाएको छ।

    मानव अधिकार आयोगको प्रतिवेदनले आन्दोलनका क्रममा युवालाई भिडन्त र द्वन्द्वतर्फ धकेलिएको तथा राज्य संयन्त्रमा गम्भीर अव्यवस्था सिर्जना भएको विषय सार्वजनिक गरेको दाबी गर्दै मुभमेन्टले आन्दोलनको नेतृत्व र हिंसात्मक घटनासँग जोडिएका व्यक्तिहरूको भूमिकामाथि समेत अनुसन्धान आवश्यक रहेको जनाएको छ।

    मुभमेन्टले नेपाली सेना, अन्य सुरक्षा निकाय, सर्वोच्च अदालत तथा निजामती प्रशासनलाई वर्तमान परिस्थितिमा संवेदनशील भएर आफ्नो संवैधानिक भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

    प्रतिनिधिसभाले संवैधानिक निकास दिन नसके जनताको असन्तुष्टि व्यापक राजनीतिक प्रतिरोधमा परिणत हुन सक्ने चेतावनी दिँदै मुभमेन्टले आफूहरू हिंसा र प्रतिशोधको पक्षमा नरहेको स्पष्ट पारेको छ।

    ‘हामी संघर्ष चाहँदैनौँ, अराजकता चाहँदैनौँ र हिंसा चाहँदैनौँ। तर अन्याय, दण्डहीनता र विदेशी प्रभावको आरोपलाई ढाकछोप गरेर देशलाई अनिश्चिततातर्फ धकेल्ने प्रवृत्ति स्वीकार्य हुँदैन,’ वक्तव्यमा भनिएको छ।

    नेपालको सत्ता नेपाली जनताको जनादेशबाट सञ्चालन हुनुपर्ने र कुनै पनि विदेशी स्वार्थको प्रभावमा मुलुकको राजनीतिक निर्णय हुन नहुनेमा मुभमेन्टले जोड दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

    हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    एसियन प्रोफेसनल एचिभमेन्ट अवार्डमा औद्योगिक तथा व्यावसायिक नेतृत्व सम्मानित

    मिथिलाञ्चलमा क्षेत्रमा आज चौठ चन्द्र (चौरचन) पर्व मनाइँदै

    कुन्ख्येन फालक तालस् तिलिचोभन्दा अग्लो, आधिकारिक अध्ययनको पर्खाइमा

    राष्ट्रिय बाल अधिकार दिवस मनाइँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी…

    रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही…

    सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित…

    आर्थिक

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑