• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २१, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

      ५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

      विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ : अर्थमन्त्री

      डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

      अर्जुनधारा धामको वार्षिक अनुष्ठानमा मिनी म्याराथन, ३९ लाख खर्च अनुमान

      दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

      बेलायतमा नेपाली गोर्खा सैनिकको सम्झनामा स्मृति समारोह

      उत्तरी नाका संचालन नहुँदा फलफूलको मूल्य बृद्धि, चाडपर्वको मौसममा सर्वसाधारणलाई मार

      धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

      सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

      आज धनतेरस, सुनचाँदी तथा भाँडाकुँडा खरिद गर्ने परम्परा

      आजको मौसम : यी चार प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना

      कानुन व्यवसायीलाई बहस कला र ल फर्म व्यवस्थापनको तालिम आवश्यक : वरिष्ठ अधिवक्ता कार्की

      नागढुंगा सुरुङमार्ग प्रयोगवापत चार दिनमै ५१ लाख ८७ हजार संकलन, दैनिक आठ हजार सवारीसाधन आवतजावत

      जनकपुर बोल्ट्सलाई हराउँदै लुम्बिनी लायन्सको अपराजित यात्रा जारी

    होमपेज /  विश्व

    मेसीको सम्मानमा अर्जेन्टिनाका सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेट रोकिने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २१, आईतबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८६ पटक पढिएको
  • काठमाडौं । अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् ।

    अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औँ मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेसीको राष्ट्रिय टोलीसँगको योगदानको सम्मान गरिने जनाएको हो ।

    एएफएले रंगशालामा ठूलो स्क्रिनको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि संघको संस्थागत भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिएको छ । १०औँ मिनेटमा गरिने सम्मान मेसीले लामो समय लगाएको चर्चित १० नम्बरको जर्सीप्रति संकेत हो ।

    ३९ वर्षीय मेसीले गत सोमबार राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए । सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका उनले राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । मेसीको राष्ट्रिय टोलीको करियर सुरुवाती वर्षमा भने निराशाजनक रह्यो ।

    उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजय बेहोरेका थिए भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हार व्यहोरेका थिए । तर सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाए ।

    त्यसपछि सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउँदै आफ्नो करियरको सबैभन्दा ठूलो सफलता हात पारे । फ्रान्सविरुद्धको विश्वकप फाइनलमा मेसीले दुई गोल गरेका थिए। अतिरिक्त समयपछि खेल ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे । अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकाल्दै विश्वकप उचालेको थियो ।

    त्यसपछि अर्जेन्टिनाले सन् २०२४ मा कोपा अमेरिका उपाधि रक्षा गर्दै मेसीको नेतृत्वमा अर्को ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल ग¥यो । मेसीको विश्वकप यात्रा सन् २००६ देखि २०२६ सम्मका छ संस्करणसम्म फैलिएको थियो । उनले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन् ।

    सन् २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए । सोही प्रतियोगितामा उनले अल्जेरियाविरुद्ध पहिलो विश्वकप ह्याट्रिकसमेत गरेका थिए । आठपटक बालोन डी’ओर जितिसकेका मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिए पनि क्लब फुटबल भने जारी राख्नेछन् । उनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका छन् ।

    यसैबीच, मेसीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय आफ्नो आत्माका लागि पीडादायी भए पनि यो सही समय भएको बताएका छन् । उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सबै कुरा दिएको र देशवासीलाई खुसी तथा गौरवान्वित बनाउने प्रयास गरेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने घोषणा

    प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    मतदाता नामावलीबाट १३ करोड मतदाताको नाम हटाइएको भन्दै दिल्लीमा प्रदर्शन

    एसियामा इन्धनको मूल्य युद्धअघिको भन्दा दोब्बरले वृद्धि

    फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

    भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, पाइलटसहित ६ जनाकै मृत्यु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएल : कर्णालीलाई हराएर सुदूरपश्चिम दोस्रो स्थानमा

    ५ हजार ३९० मिटर उचाइको न्यानला पास :…

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    डलर साट्ने प्रलोभन देखाएर ठगी गर्ने व्यक्ति पक्राउ

    विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर…

    दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

    डा. गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल वार्ता…

    प्रेस काउन्सिल ऐन संशोधनसम्बन्धी अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसँग…

    आर्थिक

    धनतेरसकै दिन सुनचाँदीको मूल्यमा भारी गिरावट

    सुनको मूल्य एकैदिन तोलामा १३ हजार ३ सय रुपैयाँले बढ्यो

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑