सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली सुपर एप फिरिरीले आफ्ना विभिन्न सेवा प्रयोगकर्तालाई लक्षित गर्दै साप्ताहिक लक्की विनर योजना सञ्चालनमा ल्याएको छ।
योजनाअन्तर्गत फिरिरीका कुनै पनि सेवा प्रयोग गर्ने प्रयोगकर्तामध्येबाट हरेक साता एक जना भाग्यशाली विजेता छनोट गरिनेछ भने विजेताले ३० हजार बराबरको उपहार पाउने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार उपहारमा २७ हजार बराबरको मोबाइल फोन र ५ हजार बराबरको सफारी ब्याग समावेश छ। यस योजना अन्तर्गत श्रृजना राज्यलक्ष्मी राणा पहिलो विजेता बन्न सफल भएकी छन् । उनले फिरिरीको राइड सेवा प्रयोग गरेकी थिइन् ।
नेपालको आफ्नै राइड सेयरिङ सेवा भएकाले आफूले फिरिरी प्रयोग गरेको उनले बताइन् । उनले भनिन्, नेपालको आफ्नै राइड सेयरिङ भन्ने थाहा पाएपछि फिरिरी प्रयोग गर्न थालेकी हुँ । यसको सेवा पनि मलाई राम्रो लाग्यो । सस्तो र अफोर्डेबल नै लाग्यो ।
एउटै प्लेटफर्ममा दर्जनौं सेवा
नेपाली युवाले नेपालमै विकसित गरेको सुपर एप फिरिरी सञ्चालनमा आएको हो। कम्पनीले दैनिक जीवनमा आवश्यक पर्ने विभिन्न सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा समेट्दै ‘सुपर एप’ का रूपमा सेवा सुरु गरेको जनाएको छ।
कम्पनीका अनुसार फिरिरी एपमा राइड–सेयरिङ, खाना डेलिभरी, किराना तथा मार्केटप्लेस, पार्सल तथा लजिस्टिक्स, होटल तथा यात्रा बुकिङ, डिजिटल भुक्तानी, घरजग्गा सेवा, घरायसी मर्मत तथा प्राविधिक सेवा, रोजगारी तथा करिअर, अन–डिमान्ड भिडियो स्ट्रिमिङ ९ओटीटी० तथा डिजिटल सिकाइ लगायतका सेवा उपलब्ध गराइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा