• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक २०, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • एनपीएल : आज दुई खेल हुँदै

      नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग पहल गरिरहेको छ : मंत्री पौडेल

      गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार चलान

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

      आजको मौसम : कोशी, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

      नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ : मन्त्री गौतम

      पत्रकारलाई विश्वप्रकाशको प्रश्न – तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

      प्रहरी संगठन सुधार्ने आईजीपी केसीका ५ प्राथमिकता

      महानिरीक्षक कार्कीलाई जिम्मेवारीबाट हटाउने निर्णय वदनीयतपूर्ण, स्वेच्छचारी र गैरकानुनी छ : त्रिपाठी

      नवनियुक्त आईजीपी डा. मनोजकुमार केसीले लगाए आईजीपीको फूली, सम्हाले प्रहरी संगठनको नेतृत्व

      आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

      एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

      सरकारको निर्णयविरुद्ध अदालत जाने तयारीमा पूर्वआईजीपी कार्की

      नेपाल प्रहरीको नेतृत्व परिवर्तन: दानबहादुर कार्की हटाइए; मनोज केसी नयाँ आईजीपी नियुक्त

      प्रतिदशक ०.३५ डिग्रीले बढ्दै पृथ्वीको तापक्रम

    होमपेज /  आर्थिक

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ४, बिहिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ७५ पटक पढिएको
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यम (एसएमई) कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। तीज, दशैं, तिहार तथा छठ लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंकले व्यवसाय विस्तार तथा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याएको जनाएको छ।

    बैंकका अनुसार विशेष योजनाअन्तर्गत कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह हुने विभिन्न कर्जा शीर्षकमा Base Rate मा प्रकाशित Premium Rate मात्र थप गरी कर्जा उपलब्ध गराइनेछ। यसअन्तर्गत कृषि तथा एसएमई कर्जामा ग्राहकले न्यूनतम ०.५० प्रतिशत Premium Rate मा नै कर्जा प्राप्त गर्न सक्नेछन्।

    त्यसैगरी, ग्राहकलाई थप सहुलियत दिने उद्देश्यले कर्जा प्रवाह गर्दा लाग्ने Loan Administrative Charge मा समेत २५ प्रतिशत छुट प्रदान गरिने बैंकले जनाएको छ।

    बैंकले चाडपर्वको समयमा व्यवसाय विस्तार, उद्यम सञ्चालन तथा ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न यो योजनाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ। विशेषगरी कृषि तथा साना तथा मझौला व्यवसाय सञ्चालन गरिरहेका वा व्यवसाय विस्तार गर्न चाहने उद्यमीलाई आवश्यक वित्तीय स्रोत जुटाउन योजना उपयोगी हुने बैंकको भनाइ छ।

    यस योजनाअन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, नयाँ उद्यम सञ्चालन, कार्यशील पूँजी व्यवस्थापन तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक कर्जा लिन सकिनेछ। साथै, अन्य बैंक तथा वित्तीय संस्थाबाट लिइएको कर्जा SWAP गर्न चाहने ग्राहकले समेत यस सुविधाको लाभ लिन सक्ने बैंकले जनाएको छ।

    बैंकका अनुसार यो विशेष कर्जा सुविधा सीमित अवधिका लागि मात्र उपलब्ध हुनेछ। ग्राहकले आफूलाई आवश्यक पर्ने कर्जा तथा सुविधाबारे विस्तृत जानकारी बैंकका सम्बन्धित शाखाबाट प्राप्त गर्न सक्नेछन्।

    मुक्तिनाथ विकास बैंकले देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत यो कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ। इच्छुक ग्राहकलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात, कर्जा प्रक्रिया तथा अन्य शर्तबारे जानकारी लिन बैंकले आग्रह गरेको छ।

    बैंकले चाडपर्वको समयमा बढ्ने व्यावसायिक गतिविधि तथा वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै ल्याएको यो योजनाले कृषि, उद्यमशीलता र साना तथा मझौला व्यवसायको विस्तारमा योगदान पुग्ने अपेक्षा गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    लक्ष्मी सनराइज बैंकको नाफा ९६.६ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमै कमायो ६५ करोडभन्दा बढी

    कर्णालीका जडीबुटीबाट चार करोड राजस्व सङ्कलन

    सुनको मूल्य एकैदिन ८ हजार ३०० रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    एनपीएल : आज दुई खेल हुँदै

    नेपाली वायु सेवाहरुमाथिको प्रतिबन्ध फुकुवा गर्न सरकारले इयुसंग…

    गोली हानी हत्या गरी फरार दुई प्रतिवादी कारागार…

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५३६ जनालाई कारबाही

    नागरिकले न्यायका लागि वर्षौं कुर्नुपर्ने अवस्था अन्त्य गर्नुपर्छ…

    आजै आईजीपीको फुली लगाउँदै मनोजकुमार केसी

    पत्रकार पक्राउबारे सरकारको जवाफ- प्रहरीको आन्तरिक विषय हो,…

    जेलबाट छुट्दै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी

    आर्थिक

    तिहारमा फूल तथा माला बिक्रीका लागि काठमाडौंका ३३ स्थान तोकिए

    कामना सेवा फुटसल कपको छैटौँ संस्करण सम्पन्न, पुरुषतर्फ कुमारी र महिलातर्फ लुम्बिनी विकास बैंक विजेता

    नबिल बैंकको खुद नाफा ४५ प्रतिशत बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑