सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बसेको संसदीय दलको बैठकले थापालाई मुख्यमन्त्री बनाउने र हालका संसदीय दलका नेता जगन्नाथ थपलियालाई सोही जिम्मेवारीमा निरन्तरता दिने सहमति गरेको हो।
एमालेले थपलियाविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव फिर्ता लिने र त्यसपछि थापालाई मुख्यमन्त्री बनाउने रणनीति बनाएको छ।
एमाले र नेकपाबीचको नयाँ राजनीतिक समीकरणअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो। मुख्यमन्त्रीका लागि थपलिया र थापाबीच प्रतिस्पर्धा रहे पनि पार्टीभित्रको छलफलपछि थापाको नाममा सहमति जुटेको हो।
भक्तपुरबाट निर्वाचित प्रदेशसभा सदस्य थापालाई मुख्यमन्त्री बनाउने निर्णयसँगै बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने भएको छ।
१०४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमालेका २५ र नेकपाका २६ गरी ५१ सांसद छन्। त्यसैले बहुमत पुर्याउन एमाले नेतृत्वको गठबन्धनलाई थप दुई सांसदको समर्थन आवश्यक पर्ने देखिएको छ।
यसअघि एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिन नसक्ने अवस्था देखिएपछि राजीनामा दिएका थिए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा