सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङ र सभामुख डोलप्रसाद अर्यालबीच सवाल–जवाफ भएपछि तामाङले संसद बैठक बहिष्कार गरेकी छन्।
विदेशमा मृत्यु भएका धादिङका एक युवाको शव नेपाल ल्याउन सरकारसँग माग गर्दै आएकी तामाङले परराष्ट्रमन्त्री शिशिर खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै थप प्रश्न गर्न समय मागेकी थिइन्।
तर, सभामुख अर्यालले संसद् नियमावलीअनुसार थप प्रश्न गर्ने समय उपलब्ध नभएको बताए। पटक–पटक आसन ग्रहण गर्न आग्रह गर्दा पनि तामाङले आफ्नो कुरा राख्न खोजेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमा कायम राख्न सचेत गराए।
आफूले स्पष्टीकरण राख्ने अवसर नपाएको भन्दै तामाङ बैठक बहिष्कार गरेर बाहिरिएकी हुन्।
यसैबीच, सभामुख अर्यालले तामाङले उठाएको विषयमा तीन दिनभित्र जवाफ दिन सरकारलाई निर्देशन दिएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा