• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ३१, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

      ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर भएन

      ओलीको चेतावनी- अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाए सह्य हुँदैन

      ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

      राजनीतिमा युवाको सहभागिता नारामा होइन, व्यवहारमा देखिनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

      पाटन बारको निर्वाचन प्रक्रियाप्रति स्वतन्त्र कानुन व्यवसायी मञ्चको आपत्ति

      नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता

      राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

      चितवनमा मानिस र गाईलाई घाइते बनाउने बाघ नियन्त्रणमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      युवालाई मदन भण्डारीका विचार आत्मसात गर्दै बदलिँदो समयअनुकूल अघि बढ्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह , समाचार कमेन्टमा

      न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ : देउवा

      देउवाले भने– गगन नेतृत्वको विशेष महाधिवेशन मान्दिनँ, अदालतको निर्णय स्वीकार्छु

      अचानक दुब्लाएपछि सोहेल खानको लुक चर्चामा, स्वास्थ्यबारे उठ्यो प्रश्न

      देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

    होमपेज /  आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३१, आईतबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । तेस्रो संस्करणको ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स जोडिएको छ। आगामी पुस ९ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने फेस्टका लागि नेक्सटाइल्स र आयोजक घर निर्माण फाउन्डेसनबीच सम्झौता भएको हो।

    पशुपति सेरामिक्सको उत्पादनका रूपमा रहेको नेक्सटाइल्स निर्माण क्षेत्रमा आएको नयाँ ब्रान्ड हो। छिट्टै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिएको नेक्सटाइल्स आधुनिक डिजाइन, प्रिमियम फिनिसिङ र उच्च गुणस्तरमा आधारित रहेको कम्पनीले जनाएको छ। पशुपति सेरामिक्सले नेक्सटाइल्स ब्रान्डअन्तर्गत भिट्रिफाइड टायलको सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ।

    कम्पनीका अनुसार नेक्सटाइल्सका टायल आवासीय तथा व्यावसायिक भवनका लागि उपयुक्त हुनेछन्। नयाँ ब्रान्डलाई नेपाली बजारमा स्थापित गर्ने तयारी भइरहेका बेला राष्ट्रिय घर निर्माण फेस्टसँगको सहकार्यलाई कम्पनीले महत्वपूर्ण अवसरका रूपमा लिएको छ।

    निर्माणसम्बन्धी नेपालको ठूलो मेलाका रूपमा स्थापित हुँदै आएको राष्ट्रिय घर निर्माण फेस्टले निर्माण व्यवसायलाई आधुनिक प्रविधि र नयाँ सोचसँग जोड्ने उद्देश्य राखेको आयोजकले जनाएको छ। निर्माण तथा व्यावसायिक गतिविधि बढ्दै गए पनि विभिन्न ब्रान्डले आफ्ना उत्पादन प्रभावकारी रूपमा प्रस्तुत गर्न, ग्राहकसँग सम्बन्ध विस्तार गर्न तथा उत्पादनलाई व्यवस्थित र आकर्षक ढंगले प्रदर्शन गर्न चुनौती सामना गरिरहेको अवस्थामा फेस्ट आयोजना गर्न लागिएको हो।

    यसपटकको फेस्टमा विगतको भन्दा फरक अनुभव दिने तयारी गरिएको आयोजकको दाबी छ। विदेशमा रहेका नेपाली समुदाय तथा काठमाडौं बाहिरका दर्शकलाई समेत जोड्ने उद्देश्यले पहिलोपटक ‘डिजिटल फेस्ट’को अवधारणा अघि सारिएको छ।

    डिजिटल फेस्टका लागि भृकुटीमण्डपमै छुट्टै मल्टिपर्पोज स्टुडियो निर्माण गरिनेछ। उक्त स्टुडियोमार्फत प्रदर्शनीमा सहभागी ब्रान्ड, कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र सेवासम्बन्धी जानकारी तथा विज्ञापन प्रस्तुत गर्न सक्नेछन्। स्टुडियोबाट तयार हुने सामग्री राष्ट्रिय टेलिभिजन तथा आयोजकका सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण गर्ने व्यवस्था मिलाइने भएको छ।

    आयोजकका अनुसार डिजिटल फेस्टको मुख्य उद्देश्य भौतिक प्रदर्शनीको पहुँचलाई काठमाडौंमा मात्र सीमित नराखी देशभर तथा अन्तर्राष्ट्रिय दर्शकसम्म पुर्‍याउनु हो। यसबाट नेपाली निर्माण सामग्री, उत्पादन तथा सेवाको व्यापक प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    यस वर्षको फेस्टमा अघिल्लो संस्करणको तुलनामा स्टल संख्या बढाएर २०० भन्दा बढी पुर्‍याउने तयारी गरिएको छ। हालसम्म करिब ६० प्रतिशत स्टल बुकिङ भइसकेको घर निर्माण फाउन्डेसनले जनाएको छ। व्यवसायीको उत्साहजनक सहभागिताका कारण निर्धारित समयअगावै स्टल बुकिङ उल्लेख्य रूपमा अघि बढेको आयोजकको भनाइ छ।

    गत पुस १२ देखि १५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न राष्ट्रिय घर निर्माण फेस्ट–२०८२ को दोस्रो संस्करणमा ६० हजारभन्दा बढी दर्शकले अवलोकन गरेका थिए। उक्त संस्करणमा १५० भन्दा बढी स्टल राखिएका थिए।

    यसपटकको फेस्टमा घर निर्माणको योजना बनाइरहेका सर्वसाधारणदेखि निर्माण व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा निर्माण क्षेत्रका विभिन्न सरोकारवालालाई एउटै प्लेटफर्ममा ल्याउने लक्ष्य राखिएको छ।

    आयोजकले नयाँ स्वरूपमा आयोजना गर्न लागिएको फेस्टमा दर्शकको संख्या उल्लेख्य रूपमा वृद्धि हुने अपेक्षा गरेको छ। साथै, फेस्टमा हुने कारोबार ४ अर्ब रुपैयाँभन्दा बढी पुर्‍याउने लक्ष्य राखिएको छ।

    घर निर्माणका लागि आवश्यक निर्माण सामग्री, प्रविधि तथा सेवाबारे एकै स्थानबाट जानकारी उपलब्ध गराउने उद्देश्यले आयोजना गर्न लागिएको फेस्टमा ट्राइनोक्स ग्लोबलले समेत सहकार्य गरेको छ। फेस्टले निर्माण सामग्री उत्पादक, व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अपेक्षा गरिएको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    माछापुच्छ्रे बैंकको नाफा १२.२३ प्रतिशतले बढ्यो, खुद नाफा २ अर्ब ११ करोड

    नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको आग्रह : भ्रामक सूचनामा विश्वास नगर्नुहोस्

    सुनको मुल्यमा भारी गिरावट, चाँदी पनि सस्तियो

    करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंकको सहभागिता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    ग्यास बिक्रेता महासंघले भन्यो: सरकार प्रचारबाजी लाग्यो, गम्भीर…

    ओलीको चेतावनी- अध्यक्षबाट हटाउन हस्ताक्षर अभियान चलाए सह्य…

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    भारतीय प्रधानसेनापति जनरल धिरज सेठ नेपाल आइपुगे

    न्यायालयले मलाई बचायो, जसकारण नेपाल आउन पाएँ :…

    पार्टी दर्ता नहुँदै फुटे धवलशम्शेर र दुर्गा प्रसाईं,…

    किशोर श्रेष्ठलाई बरामद सामानसहित सोमबार अदालत उपस्थित गराउन…

    आर्थिक

    ‘राष्ट्रिय घर निर्माण फेस्ट–२०८३’ को टाइटल स्पोन्सरमा नेक्सटाइल्स

    राष्ट्रिय घर निर्माण फेस्ट–२०८३ मा पहिलोपटक डिजिटल फेस्ट, २०० बढी स्टल राखिने

    प्रभु बैंक २४ करोड घाटामा, निष्क्रिय कर्जा १५।५५ प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑