सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता कायम गर्दै सेवा प्रवाहलाई थप सरल, व्यवस्थित र सूचना प्रविधिमैत्री बनाउने भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘सरकारी कार्यालयमा प्रयोग हुने निवेदनको ढाँचा तथा सोको कार्यान्वयन मार्गदर्शन, २०८३’ स्वीकृत गर्दै देशभरका सरकारी निकायमा प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिएको छ।
नयाँ व्यवस्थासँगै सरकारी कार्यालयमा पेश गरिने निवेदनको ढाँचा, प्रक्रिया र कार्यान्वयनमा देखिँदै आएको असमानता हट्ने सरकारको अपेक्षा छ। अब नागरिकले कार्यालयपिच्छे फरक–फरक ढाँचामा निवेदन लेख्नुपर्ने बाध्यता हट्नेछ।
सरकारका अनुसार निवेदनको ढाँचा डिजिटल माध्यमबाट समेत उपलब्ध गराइने भएकाले आगामी दिनमा सरकारी सेवा अनलाइन तथा मोबाइल एपमार्फत लिन सहज हुने बाटो खुल्नेछ। यसले सार्वजनिक सेवा प्रवाहलाई थप नागरिकमैत्री बनाउनुका साथै डिजिटल नेपालको अवधारणालाई समेत सहयोग पुग्ने विश्वास गरिएको छ।
त्यस्तै, सरकारी आवेदन भर्न सेवाग्राहीले व्यहोर्दै आएको झन्झट कम हुने र कार्यालय परिसरमा पैसा लिएर अनधिकृत रूपमा निवेदन लेखिदिने वा सेवा सहजीकरण गर्ने प्रवृत्तिसमेत निरुत्साहित हुने सरकारको अपेक्षा छ।
नयाँ मार्गदर्शन पूर्ण रूपमा कार्यान्वयन भएपछि सरकारी कार्यालयमा निवेदन दिने प्रक्रियामा एकरूपता आउने र सेवाग्राहीलाई सेवा लिन थप सहज हुने बताइएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा