सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकी एक महिलाले धनुषा जिल्ला अदालतको मुख्य गेटमै आत्मदाहको प्रयास गरेकी छन्।
जनकपुरधाम उपमहानगरपालिका–३ की करिब ५५ वर्षीया फूलकुमारी रजकले बुधबार बिहान शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन्।
मिटरब्याजी हरेराम साह र गोपाल साहको थुनछेक बहस चलिरहेका बेला पीडितहरूले अदालत परिसरमा प्रदर्शन गरेका थिए। सोही क्रममा रजकले साहद्वयलाई कारबाही गर्नुपर्ने माग राख्दै अदालतको मुख्य गेटअगाडि आत्मदाहको प्रयास गरेकी हुन्।
रजकले शरीरमा पेट्रोल खन्याइसकेको अवस्थामा प्रहरी निरीक्षक अरविन्द साह नेतृत्वको टोलीले तत्काल हस्तक्षेप गरी उनलाई नियन्त्रणमा लिएको थियो। समयमै उद्धार गरिएपछि सम्भावित गम्भीर घटना हुनबाट जोगिएको प्रहरीले जनाएको छ।
घटनापछि धनुषा जिल्ला अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा