सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रसिद्ध व्यवसायी शेखर गोल्छासँग सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले एक करोड रुपैयाँ धरौटी माग गरेको छ।
मंगलबार विशेष अदालतमा भएको थुनछेक बहसपछि गोल्छासँग एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश भएको हो। अदालतमा उपस्थित गराई बकपत्र गराएपछि न्यायाधीशहरू बासुदेव आचार्य, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उक्त आदेश जारी गरेको हो।
यसअघि गत साउन १२ गते काठमाडौं जिल्ला अदालतले गोल्छासँग बीमासम्बन्धी कसुरमा ७५ लाख रुपैयाँ र धितोपत्रसम्बन्धी कसुरमा २५ लाख रुपैयाँ गरी कुल एक करोड रुपैयाँ धरौटी माग गरेको थियो। उक्त धरौटी बुझाएपछि उनी रिहा भएका थिए।
पछिल्लो समय गोल्छाविरुद्ध विभिन्न वित्तीय तथा व्यावसायिक कसुरसँग सम्बन्धित मुद्दा अघि बढिरहेका छन्। विशेष अदालतको पछिल्लो आदेशपछि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनले एक करोड रुपैयाँ धरौटी बुझाउनुपर्ने भएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा