• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २७, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प, मध्य र दीर्घकालीन योजना बनाउन समितिको आग्रह

      युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

      ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

      युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

      बाल सुधारगृहमा क्षमताभन्दा बढी बालबालिका, व्यवस्थापन सुधारमा सरकारको जोड

      जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार

      निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन : महानिरीक्षक पौडेल

      गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको पाइलट ट्रेनिङ सुरु, अपरेटिङ बेस राख्ने तयारी

      सकारबारे सुरेश आलेको कटाक्ष : ‘एक्स्प्रेस गाडी’का चालकले गाँजा-भाङ खाएको भए दुर्घटनामा पर्न सक्छ

      अब सरकारी कार्यालयमा निवेदनको ढाँचा देशभर एउटै

      विद्युत महसुल नबढाउन सरकारलाई सांसद परियारको आग्रह

      फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम

      ग्यासको कालोबजारी रोक्न अनलाइन ट्र्याकिङ प्रणाली बनाउँदै सरकार

      चक्कु प्रहारबाट बागलुङमा श्रमिकको हत्या, एक जना पक्राउ

      धनुषा जिल्ला अदालतको गेटमै महिलाले गरिन् आत्मदाह प्रयास

    होमपेज /  विश्व

    झारखण्ड विद्यार्थी आन्दोलन : ११ दिनदेखि आमरण अनशनमा क्रान्तिकारी मोर्चाका नेता देवेन्द्र महतो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २७, बुधबार (९ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । झारखण्ड लोकतान्त्रिक क्रान्तिकारी मोर्चा (जेएलकेएम) का नेता देवेन्द्रनाथ महतोले थालेको आमरण अनशन बुधबार ११औँ दिनमा प्रवेश गरेको छ । स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिए पनि उनले अनशन जारी राखेका छन् ।

    झारखण्ड लोक सेवा आयोग (जेपीएससी) र झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) ले सञ्चालन गरेका भर्ती परीक्षामा अनियमितता भएको आरोप लगाउँदै लाखौं विद्यार्थीको पक्षमा महतोले आन्दोलन गरिरहेका हुन् । विद्यार्थी संगठनहरूले माग सम्बोधन नभए आन्दोलनलाई थप सशक्त बनाउँदै जनआन्दोलनमा रूपान्तरण गर्ने चेतावनी दिएका छन् ।

    आन्दोलनको क्रममा गत अगस्ट १० मा राँचीमा आयोजित ‘विधानसभा घेराउ’ कार्यक्रममा करिब ५० हजार विद्यार्थी सहभागी भएको आन्दोलनकारीहरूको दाबी छ । विद्यार्थी नेता रविन्द्र पासवानका अनुसार प्रशासनले विभिन्न जिल्लाबाट विद्यार्थीलाई राँची आउन रोक्ने प्रयास गरे पनि ठूलो संख्यामा विद्यार्थी सडकमा उत्रिएका थिए ।

    प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । भीड नियन्त्रणका लागि प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो । आन्दोलनकारीहरूले भने प्रहरीले विद्यार्थी र सञ्चारकर्मीमाथि लाठीचार्ज गरेको आरोप लगाएका छन् ।

    विद्यार्थी नेता पासवानले सुरुआतमा प्रहरी प्रशासनले सहयोग गरे पनि साँझपछि अचानक व्यवहार परिवर्तन भएको आरोप लगाए । उनका अनुसार विद्यार्थीलाई हटाउन बल प्रयोग गरिएको थियो । उनले महिला प्रदर्शनकारीमाथि पुरुष प्रहरी परिचालन गरिएको भन्दै आपत्ति जनाए ।

    अर्का विद्यार्थी नेता पियुष कुमारले पनि आन्दोलन दमन गर्न राज्य सरकारले बल प्रयोग गरेको आरोप लगाए। उनले विद्यार्थीमात्र नभई सञ्चारकर्मीसमेत प्रहरी कारबाहीको शिकार भएको दाबी गर्दै घटनाको निन्दा गरे । उनले माग पूरा नभएसम्म आन्दोलन जारी रहने र छिट्टै थप कडा कार्यक्रम सार्वजनिक गरिने बताए ।

    यद्यपि आन्दोलनकारीहरूले राज्य सरकारसँग संवादका लागि आफूहरू अझै तयार रहेको जनाएका छन् । उनीहरूले प्रशासनसँग वार्तामार्फत समस्या समाधान गर्न चाहेको भए पनि बल प्रयोग स्वीकार्य नहुने बताएका छन् ।

    आन्दोलनकारीहरूका अनुसार प्रशासनले आन्दोलनको नेतृत्व गरिरहेका ‘कोर कमिटी’ सदस्यहरूको नाम र ठेगाना माग गरेको छ । विद्यार्थी नेताहरूले आफूहरू अपराधी नभई विद्यार्थी भएकाले आवश्यक विवरण उपलब्ध गराउन तयार रहेको बताएका छन् ।

    विद्यार्थीहरूले झारखण्ड कर्मचारी छनोट आयोग (जेएसएससी) को संयुक्त स्नातक स्तरीय (सीजीएल) परीक्षा रद्द गर्न, कथित अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) मार्फत छानबिन गराउन तथा भर्ती प्रक्रियामा व्यापक सुधार गर्न माग गरेका छन् ।

    मुख्यमन्त्रीलाई सम्बोधन गर्दै आन्दोलनकारीहरूले माग तत्काल पूरा गर्न आग्रह गरेका छन् । उनीहरूले माग बेवास्ता गरिए आन्दोलन विद्यार्थीको सीमित विरोधबाट बाहिरिएर व्यापक जनआन्दोलनमा परिणत हुन सक्ने चेतावनी दिएका छन् ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते

    चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो

    हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

    अमेरिकाको लामो दूरीका क्षेप्यास्त्र ‘लगभग सबै’ रित्तियो, प्रतिरोधी हतियार पनि ८० प्रतिशत खर्च

    अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

    अमेरिकी भिसा पाउन नेपालीले अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ग्यास तथा खाद्य आपूर्ति समस्या समाधान गर्न अल्प,…

    युवा पुस्ताको राजनीति र संसद्को मर्यादामाथि सांसदहरूको बहस

    ग्यास अभावले नागरिकको भान्सा कष्टकर : सांसद राई

    युवा सांसद–मन्त्रीलाई रविको आग्रहःपदमा रमाउने होइन, जिम्मेवार बन्नुस्

    मन्त्रिपरिषद्का ५ निर्णय : एनसेलको छानबिन प्रतिवेदन सार्वजनिकदेखि…

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    आर्थिक

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑