• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १९, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा बिनाचिरफार उपचार

      अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

      शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

      बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

      ककनीलाई फोहोरको बोझ होइन, सम्भावनाको केन्द्र बनाउनुपर्छ : अर्थविद् न्यौपाने

      समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

      रेडक्रस अनियमितता छानबिन समितिले माग्यो थप उजुरी

      सभामुख–युरोपेली संघकी राजदूतबीच विदाइ भेट : हवाई सुरक्षा सूचीबारे चर्चा

      vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

      सुनसरी–सिरहा घटनामा सबै दलको एकताले ठूलो संकट ट¥यो : सांसद खरेल

      प्रधानमन्त्रीसँग रास्वपाका सुदूरपश्चिमका सांसदको भेट, विकास आयोजना र स्थानीय समस्याबारे छलफल

      भूमिहीन र सुकुम्बासी व्यवस्थापनमा सरकारको तयारीमाथि कांग्रेस नेता आङ्देम्बेको प्रश्न

      खाना पकाउने ग्याँसको आपूर्ति र वितरण व्यवस्थापनमा सहजीकरण गर्दै महानगर प्रहरी बल

      जनप्रतिनिधिले देशभर निर्वाध हिँड्न पाउनुपर्छ, सरकार कहाँ छ ? : हर्क साम्पाङ

      ट्रम्पको शान्ति योजना : गाजामा बन्दुकको शासन अन्त्य हुनुपर्ने नेतन्याहुको अडान

    होमपेज /  आर्थिक

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १९, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२ पटक पढिएको
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले पछिल्ला केही दिनयता विभिन्न सञ्चारमाध्यममा बैंक, सञ्चालक समिति, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित र प्रसारित भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले मंगलबार विस्तृत प्रेस विज्ञप्ति जारी गर्दै तथ्य र आधिकारिक पुष्टिबिना प्रकाशित भएका सामग्री भ्रामक, आधारहीन तथा एकपक्षीय रहेको दाबी गर्दै त्यसको खण्डन गरेको हो।

    बैंकले विज्ञप्तिमार्फत यस्ता समाचारले संस्थाको प्रतिष्ठामा आँच पुर्‍याउनुका साथै सञ्चालक तथा पदाधिकारीहरूको व्यक्तिगत मान–मर्यादा, बैंकिङ क्षेत्रप्रतिको सार्वजनिक विश्वास तथा समग्र वित्तीय प्रणालीमा समेत अनावश्यक भ्रम सिर्जना गरेको जनाएको छ। कुनै पनि सूचना वा समाचार प्रकाशित गर्नुअघि सम्बन्धित पक्षसँग आधिकारिक पुष्टि गर्नु सञ्चारमाध्यमको व्यावसायिक दायित्व भएको बैंकले स्मरण गराएको छ।

    प्रभु बैंकले कर्मचारी सरुवा, कार्य जिम्मेवारीमा आवश्यक समायोजन, आन्तरिक व्यवस्थापन, कर्जा असुली प्रक्रिया तथा धितो लिलामीसम्बन्धी सूचना प्रकाशनजस्ता गतिविधि बैंकिङ व्यवसायका नियमित, कानुनसम्मत तथा संस्थागत प्रक्रिया भएको स्पष्ट पारेको छ।

    यस्ता नियमित प्रशासनिक तथा व्यवस्थापकीय कार्यलाई नकारात्मक अर्थ लगाएर तथ्य, प्रमाण वा आधिकारिक पुष्टि बिना समाचार प्रकाशन तथा प्रसारण गर्नु पत्रकारिताको व्यावसायिक आचारसंहिता र जिम्मेवार सञ्चार अभ्यासअनुकूल नरहेको बैंकको भनाइ छ।

    विज्ञप्तिमा केही कर्जा फाइलसँग सम्बन्धित विषयमा अधिकारप्राप्त निकायबाट अनुसन्धान भइरहेको र केही मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गरिएको छ। यद्यपि, बैंकले नेपाल राष्ट्र बैंकका निर्देशन, प्रचलित कानुन तथा नियामकीय व्यवस्थाअनुसार जोखिम व्यवस्थापन, आन्तरिक निगरानी तथा सुधारात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ।

    यस्ता घटनाबाट सिक्दै भविष्यमा कुनै पनि कमजोरी दोहोरिन नदिन थप सुदृढ नियन्त्रण प्रणाली लागू गर्ने प्रतिबद्धता समेत बैंकले व्यक्त गरेको छ।

    प्रभु बैंकले सञ्चालक समिति तथा व्यवस्थापनबाट गरिने सम्पूर्ण निर्णय सम्बन्धित कानुन, नेपाल राष्ट्र बैंकका निर्देशन तथा नियामकीय मापदण्डअनुसार हुने र आगामी दिनमा पनि सोही प्रक्रिया निरन्तर पालना गरिने स्पष्ट पारेको छ।

    बैंकले आफ्ना निक्षेपकर्ता, कर्जाग्राही, सेयरधनी, ग्राहक, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाको हित संरक्षणप्रति आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै बैंकसम्बन्धी कुनै पनि सूचना वा समाचारका लागि बैंकबाट जारी गरिएका आधिकारिक सूचना तथा विश्वसनीय स्रोतलाई मात्र आधार बनाउन आग्रह गरेको छ।

    त्यस्तै, सञ्चारमाध्यमलाई पनि कुनै समाचार प्रकाशन वा प्रसारण गर्नुअघि त्यसको सत्यता, तथ्यपरकता र विश्वसनीयता सम्बन्धित पक्षसँग पुष्टि गर्न अनुरोध गरिएको छ। अनुमान, अपुष्ट स्रोत वा एकपक्षीय सूचनाका आधारमा समाचार सम्प्रेषण गर्दा वित्तीय प्रणालीप्रति अनावश्यक भ्रम र नकारात्मक प्रभाव पर्न सक्ने बैंकले जनाएको छ।

    प्रभु बैंकले संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्ने उल्लेख गर्दै सत्य, निष्पक्ष, सन्तुलित तथा तथ्यमा आधारित पत्रकारिताको पक्षमा आफू सधैं रहेको जनाएको छ। साथै, बैंकसम्बन्धी समाचार सम्प्रेषण गर्दा उच्च व्यावसायिक संवेदनशीलता, तथ्यपरकता र जिम्मेवारीका साथ अघि बढ्न सञ्चारमाध्यमलाई अनुरोध गरेको छ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    vसेयर बजारमा दोहोरो अंकको पहिरो, नेप्से २६६३ विन्दुमा बजार

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    दुई समस्याग्रस्त सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता

    गोरखाको घ्याम्पेसालमा नयाँ सबस्टेसन सञ्चालनमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मस्तिष्कमा रगत जम्ने रोग ब्रेन एभीएमको केएमसी दुवाकोटमा…

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन…

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ,…

    बाजुराको छेडेदह तालमा एक महिला मृत फेला

    सिंहदरबारमा प्रधानमन्त्री बालेन र प्रधानसेनापति सिग्देलबीच भेटवार्ता

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    नेताको चाकडी होइन, नीति र सिद्धान्तमा जोड दिनुपर्छ…

    सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन एमाले महासचिव पोखरेलको…

    आर्थिक

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशतको छलाङ, इपिएस २३.५२ रुपैयाँ पुग्यो

    समाचारप्रति प्रभु बैंकको आपत्ति, तथ्य पुष्टि गरेर मात्रै समाचार सम्प्रेषण गर्न आग्रह

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑