• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ८, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

      स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी

      मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम कार्यान्वयनमा सक्रिय छौं

      विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

      बडीमालिकामा तत्काल टेलिफोन र इन्टरनेट सुविधा पुर्याउन सञ्चारमन्त्रीको निर्देशन

      डीडीसीको वार्षिक कारोबार चार अर्ब नाघ्यो, प्रचारमा बालेन सरकारको भूमिकाको तारिफ

      प्रहरी निरीक्षक किरण राउत ‘असार महिनाको उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

      भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

      सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

      काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी, २६९ फरार पक्राउ, १८५ हतियार बरामद

      देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

      नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ : सोविता गौतम

      रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

      सडक सुरक्षा प्रहरीको मात्र होइन, सबैको साझा दायित्व हो : आईजीपी कार्की

    होमपेज /  अन्य

    राधेराधेको अलपत्र महल : दुई दशकदेखि रहस्यकै गर्भमा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ८, शुक्रबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • भक्तपुर । बिहानको व्यस्त समय। राधेराधे चोकमा सवारीसाधनको लामो लाइन छ । कोही भक्तपुरतर्फ हतारिँदै छन्, कोही काठमाडौं फर्किरहेका छन् । सडक किनारका चिया पसल खुलिसकेका छन् । यात्रुहरू बसको प्रतीक्षामा छन् । वरपरको चहलपहलले चोकलाई जीवन्त बनाइरहेको छ ।

    तर, यही कोलाहल र क्रंक्रिटहरुको बीचमा एउटा संरचना भने वर्षौंदेखि मौन उभिएको छ । निर्माणकै क्रममा रोकिएको उक्त संरचना अर्थात १७ तले विशाल भवन दिनप्रतिदिन खण्डहर बन्दै गएको छ । दशक अघिदेखि निर्माण रोकिएको भवनको वास्तविकता भने अझै रहस्यमै छ ।

    राधेराधे चोकस्थित ६ रोपनी तीन आना क्षेत्रफलमा बनेको सो भवनको निर्माण २०६७ सालदेखि शुरु भएको हो । ठूलो व्यापारिक भवन निर्माण हुने र आर्थिक गतिविधि बढ्ने अनुमान गरेका स्थानीय भने लामो समयसम्म निर्माण ठप्प हुँदा आश्चर्य चकित छन् ।

    काठमाडौंबाट भक्तपुर प्रवेश गर्ने जो–कोहीको नजर यो भवनमा पर्ने गर्छ । अग्लो संरचना, अधुरा झ्याल, खुला कंक्रिट, माथितिर उम्रिएको झार र लेउ सुकेर देखिएको कुरुप दृश्यले धेरैको ध्यान भने तानिरहेको छ ।

    भवन कुनै समयको महत्वाकांक्षी योजनाको साक्षी बनेर उभिएको थियो । तर, निर्माण सुरु भएको करिब दुई दशक बितिसक्दा पनि निर्माण पूरा हुन सकेन भन्ने प्रश्नको उत्तर अझै स्पष्ट छैन ।

    राधेराधेका स्थानीयका लागि यो भवन कुनै नयाँ दृश्य होइन। बरु उनीहरूको दैनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । कसैलाई लोकेशन वा बाटो देखाउनुपरे ‘त्यो ठूलो भवन नजिक’ भन्नु सबैभन्दा सहज चिनारी हो । एम्बुलेन्स बोलाउन होस् वा ठेगाना दिन, यही भवन सबैभन्दा पहिला सम्झिने आधार बनेको छ ।

    राधेराधेको पहिचान बनेको यही भवन किन अधुरै रह्यो भन्ने जिज्ञासा भने अझै मेटिएको छैन । यात्रु वा स्थानीयबासी भवन निर्माण रोकिनुको कारण भने खोजिरहेका छन् । तर स्पष्ट उत्तर अझै भेटाउन सकेका छैनन् ।

    यही जिज्ञासाको उत्तर खोज्ने उद्देश्यले नेपाल न्यूज बैंकको टोली स्थलगत रिपोर्टिङका लागि राधेराधे पुग्यो । स्थानीयसँग कुराकानी, भवनको प्रत्यक्ष अवलोकन तथा सम्बन्धित निकायको धारणा बुझ्ने प्रयासमार्फत किन वर्षौंदेखि अलपत्र पर्यो यो भवन भनेर तथ्य खोज्ने प्रयास गर्यौं ।

    त्यस क्रममा हामीसँगको कुराकानीमा स्थानीय ६२ वर्षीय एक पुरुष सम्झिन्छन्, ‘मेरो छोराछोरी साना हुँदा यो भवन बन्न सुरु भएको थियो। अहिले उनीहरू आफैं अभिभावक भइसके। तर भवन भने त्यहीँको त्यहीँ छ । यसको वास्तविकता हामीले अझै पत्तो पाएका छैनौं,’ उनले सुनाए ।

    भवन निर्माण सुरु हुँदा स्थानीयमा ठूलो उत्साह थियो। यहाँ पाँचतारे होटल सञ्चालन हुने, व्यापारिक केन्द्र बन्ने, सयौं युवाले रोजगारी पाउने र राधेराधेको आर्थिक गतिविधि नयाँ उचाइमा पुग्ने अपेक्षा गरिएको थियो।

    वरपरको जग्गाको मूल्य पनि बढ्न थालेको थियो। स्थानीय व्यवसायीहरूले व्यापार विस्तारको योजना बनाउन थालेका थिए। तर मुख्य संरचना ठडिएपछि निर्माण कार्य रोकियो र त्यसपछि यो परियोजना फेरि अघि बढ्न सकेन ।

    अहिले भवनका अधिकांश झ्याल खाली छन्। कतै फलामका डन्डी बाहिर निस्किएका छन्। वर्षौंदेखिको घामपानीले कंक्रिटको रङ फिक्का बनाइसकेको छ । माथिल्ला तलातिर झार उम्रिएको देखिन्छ। विशाल भवन भए पनि अहिले यसको पहिलो तलाको एउटा भागमा मात्र रेखदेखका लागि बस्ने परिवार रहेको छ। बाँकी सबै तलाहरू सुनसान छन्।

    स्थानीय व्यापारी भन्छन्, ‘पहिला–पहिला सबैले केही महिनामै काम फेरि सुरु हुन्छ भन्ने गर्थे। अहिले त कसैले त्यसबारे कुरा पनि गर्दैनन् । भवन निर्माण पूर्ण हुन्छ भन्नेमा आशा मरिसक्यो ।’

    अर्की एक स्थानीय महिलाले पनि वर्षौंदेखिको निराशा व्यक्त गर्दै भनिन्, ‘यो भवन २० वर्षदेखि यस्तै देखिरहेको छु । खोइ किन अलपत्र पारेका हुन्। नगरपालिकाले मापदण्ड पूरा नभएर रोकेको भन्ने सुनेका हौं। अहिले केही काम भइरहेको छ कि भन्ने मात्रै हो।’

    गोविन्दाको भवन भन्ने हल्ला, वास्तविकता अर्कै

    राधेराधेको यो भवनसँग जोडिएको अर्को चर्चित हल्ला भने भारतीय अभिनेता गोविन्दाको नाम हो । धेरै मानिसले यसलाई ‘गोविन्दाको भवन’ भनेर चिन्ने गरेका छन्।

    तर, जानकारहरूका अनुसार गोविन्दा निर्माणस्थल अवलोकनका लागि एकपटक आएका कारण यस्तो चर्चा फैलिएको हो । वास्तविक रूपमा यो परियोजना नेपाली व्यावसायिक घराना जगदम्ब ग्रुप तथा अन्य लगानीकर्तासँग सम्बन्धित रहेको बताइन्छ ।

    निर्माण कार्य करिब सन् २०१७ तिर पूर्ण रूपमा रोकिएको मानिन्छ । परियोजना रोकिनुका पछाडि विदेशी लगानीसँग सम्बन्धित प्रक्रिया, लगानीकर्ताबीचको विवाद, आर्थिक व्यवस्थापनका चुनौती तथा कानुनी जटिलता मुख्य कारणका रूपमा चर्चा हुने गरेका छन्। यद्यपि सम्बन्धित पक्षबाट विस्तृत सार्वजनिक जानकारी भने हालसम्म आएको छैन।

    भवनभित्रको दृश्य ः रहस्य र सन्नाटा

    स्थलगत रिपोर्टिङका क्रममा हामी उक्त भवनसम्म पुग्यौं । स्थलगत रिर्पोटिङमा हामीले भवनको मुख्य गेटसँगै एउटा सानो पसल पनि देख्यौं । त्यही पसल हुँदै भित्र प्रवेश गर्नुपर्ने रहेछ । तर भित्र जान भने त्यति सहज हामीलाई थिएन ।

    बाहिरबाट हेर्दा भवन सामान्य देखिए पनि त्यसबारे फैलिएका अनेक चर्चा र जिज्ञासाले त्यहाँको वातावरण केही रहस्यमय महसुस हुन्थ्यो ।

    हामीले सामान्य रूपमा भित्र जाने बाटोबारे सोध्नासाथ पसलमा रहेकी एक महिला असहज र आक्रोशित देखिइन् ।

    हामीले आफू सञ्चारकर्मी भएको र भवनबारे जानकारी लिन मात्र आएको बताउँदा पनि उनले थप केही बोल्न चाहिनन् । बरु भित्र जान नदिने अडान दोहोर्याइन् ।

    उनले चर्को स्वरमा भनिन्, ‘यहाँ भित्र कोही पस्न मिल्दैन। फोटो–भिडियो केही खिच्ने होइन।’

    हामीले केवल भवनको अवस्थाबारे जानकारी लिन र त्यहाँ रहेका व्यक्तिसँग केही कुरा गरेर फर्किने बताएपछि मात्र भित्र जाने अवसर मिल्यो।

    भित्र प्रवेश गर्दा पहिलो तलामा एक पुरुष भवन सफा गरिरहेका थिए। हामी पुग्नासाथ उनले पनि ‘यहाँ त कोही आउन मिल्दैन नि,’ भन्दै सतर्क गराए।

    उनीसँग कुराकानी गर्ने क्रममा हामीले सोध्यौं, ‘हजुर यहीँ बस्नुहुन्छ?’

    उनले छोटो जवाफ दिए, ‘हो, म यो भवनको रेखदेखका लागि बसेको हुँ। तर हामीले केही बोल्न मिल्दैन।’

    त्यसपछि हामीले अर्को प्रश्न ग¥यौं, ‘यो विदेशीको भवन हो भन्ने सुनिन्छ, वास्तवमा कसको हो?’

    उनले स्पष्ट पार्दै भने, ‘होइन, विदेशीको होइन । यो जगदम्बाको हो। उहाँहरूले नै हामीलाई रेखदेखका लागि राख्नुभएको हो । अरू कुरा उहाँहरूलाई नै सोध्नुस्।’ तर जगदम्बा ग्रुपका आधिकारिक व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् ।

    त्यसपछि उनी थप केही नबोली आफ्नो कामतर्फ फर्किए । भवनभित्र चारैतिर हेर्दा सन्नाटा मात्रै थियो । अधुरा कोठा, खुला पिलर, धुलो र चिस्यानले भरिएको वातावरणले कुनै समय ठूलो लगानी गरिएको परियोजना अहिले कति उपेक्षित अवस्थामा पुगेको छ भन्ने स्पष्ट देखिन्थ्यो। विशाल संरचना भए पनि त्यसमा जीवनको कुनै संकेत थिएन। बरु, लामो समयदेखि प्रयोगविहीन रहेको भवनमा प्रवेश गर्दा त्रासपूर्ण अनुभूति भइरहेको थियो ।

    पत्रकारमाथि किन बन्देज ?

    भवनको अवस्थाभन्दा पनि अर्को प्रश्नले ध्यान खिच्यो—आखिर पत्रकारलाई भवनभित्र प्रवेश गर्न किन रोक लगाइएको छ ?

    सामान्य जानकारी लिन जाँदा पनि फोटो वा भिडियो खिच्न नदिने, प्रश्न गर्दा उत्तर दिन नचाहने र सम्बन्धित व्यक्तिले सार्वजनिक रूपमा केही पनि बोल्न नमिल्ने प्रतिक्रिया दिनुले यो परियोजनाप्रति थप जिज्ञासा पैदा गर्छ । परियोजनाप्रति रहस्यमय र शंका जन्माउने प्रशस्त प्रश्नहरु उब्जिरहेका छन् ।

    यदि परियोजना कानुनी प्रक्रियामै रहेको हो भने त्यसबारे स्पष्ट जानकारी सार्वजनिक गर्न सम्बन्धित पक्ष किन तयार छैन ? र यदि भवनको भविष्यबारे योजना बनिरहेको छ भने स्थानीय समुदायलाई त्यसबारे किन जानकारी दिइएको छैन ? यी प्रश्न अझै अनुत्तरित छन्।

    नगरपालिकाको प्रतिक्रिया पनि अस्पष्ट

    यस विषयमा मध्यपुगर थिमि नगरपालिकाको धारणा बुझ्न खोज्दा पनि स्पष्ट जवाफ प्राप्त हुन सकेन।

    नगरपालिकाका प्रवक्ता कृष्णहरि आचार्यले भने, ‘अहिले यस विषयमा केही बोल्दैनौं। इन्जिनियरिङ कलेजसँग मिलेर अध्ययन भइरहेको छ। प्रतिवेदन आएपछि त्यसबारे कुरा गरौंला।’

    यस प्रतिक्रियाले भवनको अवस्था अध्ययनको चरणमा रहेको संकेत गरे पनि निर्माण कहिले सुरु हुन्छ, संरचना सुरक्षित छ कि छैन वा यसको भविष्य के हुन्छ भन्ने विषय अझै खुल्न सकेको छैन।

    अधुरो सपना, अधुरै प्रश्न

    दैनिक हजारौं मानिस यही भवनलाई हेर्दै ओहोरदोहोर गर्छन्। कसैका लागि यो केवल एउटा अधुरो भवन हो। कसैका लागि राधेराधेको चिनारी। तर स्थानीयका लागि यो विकासको एउटा अधुरो सपना पनि हो । भवन निर्माणको लागत र साझेदारहरुबारे जानकारी प्राप्त हुन सकेको छैन् ।

    दुई दशकअघि ठूलो आशा बोकेर सुरु भएको परियोजना आज मौन स्मारकजस्तै उभिएको छ। वरपर नयाँ घर बने, व्यापार विस्तार भयो, सडकमा सवारीको चाप बढ्यो। राधेराधे धेरै परिवर्तन भयो। तर चोकको बीचमा उभिएको यो १७ तले भवन भने समयसँगै परिवर्तन हुन सकेन।

    आज पनि हरेक दिन हजारौं यात्रुले यो भवनतर्फ एकपटक अवश्य हेर्छन्। अनि उनीहरूको मनमा उही प्रश्न उब्जिन्छ,यति ठूलो परियोजना आखिर किन अधुरै रह्यो ? यसको भविष्य के हो ? र राधेराधेको सुनसान खण्डहर महलले उत्तर कहिले पाउनेछ ?

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सत्याग्रहमा बसेका डा.गोविन्द केसीलाई कृष्ण मन्दिरको धर्मशाला छाड्न समितिको पत्र

    रास्वपाका अर्का सांसद बब्लुले देखाए स्टन्ट: आलोचनापछि स्वीकारे गल्ती, मागे माफि

    नेपालमा कलेजो प्रत्यारोपण गति सुस्त, ८५ प्रतिशत प्रत्यारोपण सफल : डा.पौडेल

    खारे खोलाले जमिन कटान गरेपछि दोलखाको गौरीशङ्कर गाउँपालिका–८ का १५ घर उच्च जोखिममा

    आफूलाई अभियन्ता बताउने वेदिका केसी पक्राउ

    ‘गौंथली’मा मदनकृष्ण श्रेष्ठ र डा.रिजालबिच मिलेको केमेष्ट्री, रोचक छ अनुभव

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सर्वोच्च अदालतमा राजनीतिक हस्तक्षेप नगर्न नेपाललाई चेतावनी

    स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी…

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    मन्त्री गौरीकुमारी यादवको प्रतिक्रिया : आठवटा सुधारका कार्यक्रम…

    काठमाडौं प्रहरीको वार्षिक समीक्षा: १५ करोड साइबर ठगी,…

    नेपालको विकास अब रोकिदैन, कानूनको संरक्षणमा दौडिन्छ :…

    तीनवटा संसदीय समितिको बैठक बस्दै

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑