• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ६, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता बादीको भेट, आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता

      विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक बन्न सक्छ’

      आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

      लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

      एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

      सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै 

      अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर प्रधानमन्त्री बालेनले हटाइदिए

      वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

      प्रधानमन्त्रीले तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै

      काठमाडौं महानगरमा नयाँ आर्थिक ऐन : असोज मसान्तभित्र व्यवसाय दर्ता गरे अघिल्ला वर्षहरुको कर मिनाहा

      प्रोटोनको नयाँ विद्युतीय कार नेपाली बजारमा

      हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

      नाइमा अटो शोमा नीति संवाददेखि ब्याट्री रिसाइक्लिङसम्म विशेष छलफल हुने : ऋतु सिंह वैद्य

      पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    होमपेज /  खेलकुद

    १० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने लक्ष्यमा मेस्सी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ३, आईतबार (३ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६२ पटक पढिएको
  • काठमाडौं । अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन् ।

    मेस्सीका लागि यो फाइनल केवल विश्व फुटबलको सबैभन्दा ठूलो उपाधिको प्रतिस्पर्धा मात्र होइन, सन् २०१६ को कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा चिलीसँग पेनाल्टी सुटआउटमा पराजित भएको तितो सम्झनाको पुनरागमन पनि हो । त्यही मैदानमा उनले पेनाल्टी चुकाएका थिए, बेन्चमा आँसु झारेका थिए र राष्ट्रिय टोलीबाट सन्यास लिने घोषणा गरेर विश्व फुटबललाई स्तब्ध बनाएका थिए ।

    त्यतिबेला मेस्सीले भनेका थिए, ‘मेरो लागि राष्ट्रिय टोलीसँगको यात्रा सकियो । मैले धेरै प्रयास गरेँ’ त्यसपछि अर्जेन्टिनाभर उनलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्दै व्यापक अभियान चलेको थियो ।

    त्यसबेला १५ वर्षीय किशोर एन्जो फर्नान्डेजले सामाजिक सञ्जालमार्फत मेस्सीलाई भावुक सन्देश लेखेका थिए । उनले, ‘तपाईं जे गर्न चाहनुहुन्छ गर्नुस् तर कृपया टोलीमा रहनुहोस् । रमाइलोका लागि खेलिरहनुहोस भन्दै आग्रह गरेका थिए ।

    एक दशकपछि फर्नान्डेज अहिले मेस्सीका समर्थक मात्र होइनन अर्जेन्टिनाका प्रमुख मिडफिल्डर बनेर उनीसँगै लगातार दोस्रो विश्वकप उपाधि जित्ने अभियानमा छन् । यता प्रशिक्षक लियोनेल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गरेको थियो । उक्त खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेका थिए भने लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए ।

    अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ । टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने दोस्रो राष्ट्र बन्ने लक्ष्यमा छ ।

    यता युरोपियन च्याम्पियन स्पेन प्रतियोगिताको सबैभन्दा बलियो रक्षापंक्ति भएको टोलीका रूपमा फाइनलमा पुगेको छ । प्रशिक्षक लुइस दे ला फुएन्ते को टोलीले प्रतियोगिताभर केवल एक गोल मात्र व्यहोरेको छ र पुरुष विश्वकप इतिहासमै एक संस्करणमा सर्वाधिक ६ क्लिनसिट राख्ने पहिलो टोली बनेको छ ।

    स्पेनले समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई हराएर फाइनल यात्रा तय गरेको हो। टोली ३७ खेलदेखि अपराजित रहँदै सन् २०१० पछि दोस्रो विश्वकप उपाधिको खोजीमा छ ।

    अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल हुँदा दुवैले ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा उनीहरूबीचको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो । भने पछिल्लो भेट सन् २०१८ को मैत्रीपूर्ण खेलमा स्पेनले अर्जेन्टिनालाई ६–१ ले पराजित गरेको थियो । यसपटक भने सबैको नजर फेरि एकपटक मेस्सीमाथि केन्द्रित हुनेछ। १० वर्षअघि आँसुसहित मेटलाइफ स्टेडियम छाडेका मेस्सीसँग अब त्यही मैदानलाई आफ्नो करियरको अर्को अविस्मरणीय सफलताको साक्षी बनाउने अवसर छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोड्री बने विश्वकपका उत्कृष्ट खेलाडी, एम्बाप्पेले लगातार दोस्रोपटक जिते गोल्डेन बुट

    फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

    विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

    विश्वकपको उपाधि स्पेनले जित्ने टोनी क्रुसको भविष्यवाणी

    फ्रान्सलाई ६—४ ले पराजित गर्दै इङ्गल्याण्ड विश्वकपकाे तेस्रो स्थानमा 

    इङ्गल्यान्डको हारपछि के भन्छन पूर्वकप्तान डेभिड बेकह्याम ?

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से…

    आठ दिनदेखि धर्नामा रहेकी बिनु यादवसँग मन्त्री सिता…

    विदेशबाट देउवाको सन्देश: ‘म स्वदेश फर्कंदैछु, सरकार प्रतिशोधात्मक…

    आफ्नै घरको चार तलाबाट हामफालेर व्यापारीले गरे आत्महत्या

    हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

    आर्थिक

    लगातार छैटौं दिन हरियो बन्यो सेयर बजार, नेप्से ७.२५ अंकले बढ्दा कारोबार ६.६७ अर्ब रुपैयाँ

    एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

    पूर्व सहमतिबिना गाडी खरिद गर्न नपाइने : अर्थ मन्त्रालय

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑