सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
असुन्सियोन। फिफा विश्वकप २०२६ को अन्तिम ३२ अन्तर्गत जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पराग्वेले ऐतिहासिक सफलता हासिल गरेपछि राष्ट्रभर उत्सवको माहोल छ।
जर्मनीसँग निर्धारित ९० मिनेट र अतिरिक्त समयमा १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। सुटआउटमा पराग्वेले ४–३ को रोमाञ्चक जित निकाल्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।
यस ऐतिहासिक उपलब्धिको खुसीयालीमा पराग्वेका राष्ट्रपति सान्टियागो पेन्याले देशभर एक दिन सार्वजनिक बिदा घोषणा गरेका छन्। उनले राष्ट्रिय टोलीको साहस, संघर्ष र समर्पणको प्रशंसा गर्दै यो जित सम्पूर्ण पराग्वेली जनताको गौरव भएको बताएका छन्।
राजधानी असुन्सियोनसहित देशका विभिन्न शहरमा हजारौं समर्थक सडकमा निस्किएर टोलीको विजय उत्सव मनाइरहेका छन्। राष्ट्रिय झण्डासहित समर्थकहरूले गीत–संगीत र नाचगान गर्दै ऐतिहासिक सफलताको खुसी साटासाट गरेका छन्।
अब पराग्वेले विश्वकपको अन्तिम १६ मा फ्रान्स र स्विडेनबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा