सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
विराटनगर । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको राजनीतिक सहकार्य पुनः अघि बढ्ने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक परिस्थितिमा संसद् र सडक दुवै मोर्चामा एमालेसँग सहकार्य आवश्यक भइसकेको बताएका हुन्।
प्रचण्डले संसद्भित्र प्रभावकारी भूमिका निर्वाह गर्न र सडक आन्दोलनलाई थप सशक्त बनाउन एमालेसँगको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनका अनुसार दुई दलबीच सहकार्यको वातावरण बनिसकेको छ र यसबारे भएका छलफल सकारात्मक निष्कर्षतर्फ अघि बढेका छन्।
उनले तत्कालै पार्टी एकताको सम्भावना नरहे पनि साझा राजनीतिक एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्ने आधार तयार भएको बताए। बदलिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै वाम शक्तिबीचको सहकार्यलाई नयाँ ढंगले अघि बढाउने प्रयास भइरहेको उनको भनाइ थियो।
प्रचण्डको यो अभिव्यक्तिलाई आगामी दिनमा वाम राजनीतिमा नयाँ समीकरण बन्न सक्ने संकेतका रूपमा पनि हेरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा