• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २१, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति कमजोर

      सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ : सचिव देवकोटा

      मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा उत्साह

      एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

      बाढीको चपेटामा हुलाकी राजमार्ग : ज्यान जोखिममा राखेर आवतजावत गर्न बाध्य सर्वसाधारण

      रौतहटको धनसारमा पेट्रोल ट्याङ्कर दुर्घटनापछि आगलागी, चालक नियन्त्रणमा

      बंगलादेश फर्किने घोषणा गर्दै शेख हसिनाले भनिन ‘जेल, गिरफ्तारी वा मृत्युको डर छैन’

      सर्लाहीमा अनुदानको मलमा कालोबजारी गर्ने तीन जना पक्राउ

      हिरोसिमामा आणविक बम आक्रमणको ८१औँ वर्षगाँठ : आणविक हतियारमुक्त विश्वको आह्वान

      चार वटा संसदीय समितिको बैठक बस्दै

      राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      काठमाडौंमा होटेल–रेष्टुरेन्टलाई प्रशासनको कडा निर्देशन : धुम्रपान क्षेत्र कानुनअनुसार व्यवस्थित गर्न आग्रह

      भूमि प्रशासनका जटिल लिखत फाराम सरलीकरण हुँदै, सेवाग्राहीले अब आफैँ भर्न सक्ने

      कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

      काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं सेवा निवृत्त, महानगरद्वारा बिदाइ

    होमपेज /  आर्थिक

    नेपालमा विश्वकप फुटबलको रौनक : जर्सी र खेल सामग्री किनमेल गर्न पसलहरु भरिभराउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २६, मंगलबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०१ पटक पढिएको
  • काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ सुरु हुनुपूर्व नेपालमा यसको रौनक सुरु भएको छ । होटल, रेष्टुरेन्ट, इन्टरनेट सेवा प्रदायकहरुले विशेष योजना अगाडि सारेका छन् । त्यो भन्दापनि नेपालमा विश्वकप सहभागि देशका खेलाडीहरुले प्रयोग गर्ने जर्सी र खेल सामग्रीहरुको व्यापार चम्किएको छ ।

    ठूला–साना सहरका पसलहरुमा जर्सी र खेल सामग्री खरिद गर्नेहरुको भीड देख्न सकिन्छ । विशेषगरी काठमाडौं उपत्यकाको न्यूरोड, महावौद्ध, असन, लगनखेल क्षेत्रमा जर्सी खरिद गर्नेहरुको भीड बढेको छ । आफूले समर्थन गरेको टीमले प्रयोग गर्ने जर्सी खरिदका लागि फुटवलप्रेमीहरु पसलमा भेटिने गरेका छन् ।

    फिफा विश्वकप फुटबलको २३औं संस्करण २०२६ जुन ११ देखि जुलाई १९ सम्म अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुँदैछ । तीन देशले आयोजना गर्न लागेको यस प्रतियोगितामा ३९ दिनसम्म रोमाञ्चक भिडन्त हुनेभएको छ ।

    उत्तर अमेरिकी देशमा प्रतियोगिता हुनेभएपनि नेपालमा यसको रौनक दिनहुँ बढिरहेको छ । काठमाडौँ न्यूरोडस्थित हिमालयन अक्स स्पोर्टलगायतका पसलहरूमा नेपाल न्यूज बैंकको टोली पुग्दा फुटवल समर्थकहरुले आफ्नो टीमको जर्सी खरिदमा व्यस्त देखिन्थे ।

    पसलमा भेटिएका सरोज राई अर्जेन्टिनाका समर्थक हुन् । जर्सी र अन्य सामग्री खरिद गरिरहेका उनले विश्वकप सुरु हुन लागेकोमा बढी उत्साहित छन् । उनी साथीभाइसँग जम्मा भएर ठूलो पर्दामा वा आवश्यकता अनुसार मोबाइलमै भए पनि फुटबलको मजा लिने सोचमा रहेको सुनाउँछन् ।

    अर्का अनिल प्रधान सानैदेखि फुटबल खेलका पारखी हुन् । प्रधान विश्वकप हेर्न आतुर छन् । सबै टीमलाई सम्मान गर्ने उनी, कुनै दिन नेपाल पनि विश्वकपमा पुगेको हेर्न चाहन्छन् ।

    यस्ता ठूला प्रतियोगिताले बालबालिकाहरूलाई खेलकुदबारे बुझ्न र सिक्न थप ऊर्जा र प्रेरणा दिने उनको बुझाइ छ । न्यूरोडको हिमालयन अक्स स्पोट्र्समा जर्सी र खेलकुद सामग्रीको व्यापक माग बढेको पनि पसल संचालनको भनाइ छ ।

    विगत एक हप्तादेखि पसलमा जर्सी र खेलकुद सामग्री किन्न आउनेहरूको चहलपहल निकै बढेको सञ्चालक महेन्द्र अधिकारीले बताए । पसल सञ्चालक अधिकारीका अनुसार अहिले बजारमा सबैभन्दा बढी माग पोर्चुगल र अर्जेन्टिनाको जर्सीको छ । क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीका फ्यानहरूका कारण बालबालिकादेखि वयस्कसम्मले यी देशका जर्सी बढी रुचाइरहेका छन् । पोर्चुगलका कतिपय जर्सीहरू त स्टक सकिने अवस्थामा पुगेका छन् ।

    यसबाहेक स्पेन र ब्राजिल (विशेष गरी ब्राजिलको कालो अवे जर्सी) को पनि राम्रो माग छ । काठमाडौँकै होलसेल बजारबाट कलेक्सन गरेर सामान ल्याइने हुनाले ग्राहकको माग धान्न हरसम्भव प्रयास भइरहेको उनले बताए ।

    उनले खेलकुदका सामग्री किन्न पुरुषहरू मात्र नभएर महिला ग्राहकहरू पनि उत्तिकै संख्यामा आउने गरेको बताए । यहाँ बच्चादेखि ठूलासम्मका लागि रु. ७०० देखि रु. २२०० सम्मका विभिन्न रेन्ज र क्वालिटीका जर्सीहरू उपलब्ध छन् । आफ्नो बजेट अनुसार सामान पाइने भएकाले ग्राहकहरू खुसी भएर फर्कने गरेका छन् ।

    खेलप्रेमीहरूका लागि विश्वकपको माहोल एउटा ‘कुम्भ मेला’ वा दशैँजस्तै बनेको छ, जहाँ फुटबल नहेर्नेहरू पनि रमाइलोका लागि जर्सी किन्न पसल धाइरहेका छन् । अन्तर्राष्ट्रिय खेलहरू, ओलम्पिक वा ठूला क्लब म्याचहरू सुरु भएपछि खेलकुद सामग्रीको बिक्री ह्वात्तै बढ्छ । फुटबलबाहेक नेपालमा क्रिकेटको क्रेज पनि निकै ठुलो छ ।

    नेपालको राष्ट्रिय क्रिकेट टोलीको जर्सी त सिजन होस् या अफ–सिजन, विदेश जाने नेपालीहरूले सधैँ लैजाने गर्छन् । हिमालयन अक्स स्पोट्र्सले जर्सीका साथै होम जिमका सामानहरू (डम्बेल, बल) र ब्याडमिन्टनका एसेसरिजहरू पनि बिक्री गर्दै आएको छ । अधिकारी भन्छन्,‘ग्राहकको सन्तुष्टि नै हाम्रो मुख्य व्यापार हो ।’

    काठमाडौंमा मात्र होइन देशभरका खेलकुद सामग्री पाइने ‘स्पोर्टस सेन्टर’हरुमा जर्सीको व्यापार चम्किएको छ । उद्घाटन खेल सुरुहुनु दुई दिनअघि जर्सी पसलदेखि चिया पसल र रेस्टुरेन्टदेखि ठूलो होटलहरुमा समेत प्रतियोगिता लक्षित योजना र गफले माहोल तताएको छ ।

    विश्वकप फुटवलको अघिल्ला संस्करणमा ३२ टोली सहभागी हुने गरेकोमा यस पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । प्ले–अफका खेलहरू सकिएसँगै सहभागी सबै ४८ देशको टुंगो लागिसकेको छ । सहभागी टोलीलाई ४–४ टोली रहने गरी १२ वटा समूहमा (समूह ’ए’ देखि ’एल’ सम्म) विभाजन गरिएको छ ।

    टोली संख्या बढेसँगै नकआउटमा ’राउन्ड अफ ३२’ को नयाँ चरण थपिएको छ । समूह चरणका ७२ खेल र नकआउट चरणसहित यस विश्वकपमा कुल १०४ खेल हुनेछन् ।

    अघिल्लो २०२२ को विश्वकपको तुलनामा फिफाले यसपटक पुरस्कार राशिमा उल्लेखनीय वृद्धि गर्दै कुल ६५ करोड ५० लाख अमेरिकी डलर पु¥याएको छ । प्रतियोगिताको उपाधि जित्ने टोलीले इतिहासकै सर्वाधिक ५ करोड अमेरिकी डलर (करिब रु. ७ अर्बभन्दा बढी) प्राप्त गर्नेछ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    आन्तरिक उडानको भाडा बढ्यो

    अर्थमन्त्री वाग्लेले बैंकका सिइओसँग भने– अर्थतन्त्र चलायमान बनाउन बैंकिङ क्षेत्रको भूमिका निर्णायक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    सरकारी अस्पतालको सेवा सुधार गर्ने प्रयास जारी छ…

    मुगु–हुम्ला जोड्ने कर्णाली नदीमा बेलीब्रिज बन्ने, दोमुख–सिनेखर्कका बासिन्दामा…

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप…

    पालिका तहमा निर्माण गर्ने भनिएका आधारभूत अस्पतालहरुको प्रगति…

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    शिक्षा मन्त्रालयको प्रगति सन्तोषजनक, परिणाममुखी कार्यसम्पादनमा जोड

    ८ दिनदेखि जेनजीलाई गैरन्यायीक हिरासतमा राखेपछि जेनजीले दियो…

    आर्थिक

    एभरेष्ट बैंकको खुद नाफा ५ अर्ब नाघ्यो, निक्षेप ३ खर्ब १६ अर्ब रुपैयाँ पुग्यो

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑