• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीन वटा संसदीय समितिको बैठक बस्दै

      डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती बासिन्दा चिन्तित

      टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

      राष्ट्रियसभा बैठक बस्दै

      प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

      कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना

      परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

      यूएनमा जलवायु न्यायको मुद्दा शसक्त रुपमा उठाउन प्रधानमन्त्रीलाई माधव नेपालको आग्रह

      झण्डाभन्दा महत्वपूर्ण अर्थमन्त्रीको भारत भ्रमणको उपलब्धि हो : रास्वपा

      गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन

      एसियाली महिला भलिबलमा नेपालले कीर्गिस्तानलाई सोझो सेटमा हरायो

      सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

      रितु सिंहको बिलौना : प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा कमजोर बनाइयो

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

      सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?

    होमपेज /  राजनीती

    नेपाल–रोमानिया व्यापार सहकार्य विस्तारको ठूलो सम्भावना छ : सांसद पराजुली

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ ११, सोमबार (३ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १५१ पटक पढिएको
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा आयोजित नेपाल–रोमानिया व्यापार मञ्च सम्बन्धी उद्घाटन समारोह तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले दुई देशबीचको वर्तमान व्यापार परिमाण सानो भएपनि आगामी दिनमा सहकार्यका धेरै क्षेत्र खुला रहेको उल्लेख गरे ।

    उनले नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्ने बताए ।

    रोमानियालाई युरोपेली संघको प्रवेशद्वारका रूपमा उल्लेख गर्दै उनले बजार पहुँच, प्रविधि हस्तान्तरण तथा औद्योगिक सहकार्यका लागि महत्वपूर्ण अवसर रहेको धारणा राखे ।

    सांसद पराजुलीले नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत हुने बताए । साथै संयुक्त लगानीमार्फत दुवै देशमा रोजगारी सिर्जना, उत्पादकत्व वृद्धि र नवीनतालाई प्रोत्साहन गर्न सकिने उनको भनाइ थियो ।

    उनले भने,‘नेपाल र रोमानियाबीच व्यापार, लगानी, पर्यटन तथा श्रम सहकार्य विस्तारको ठूलो सम्भावना रहेको छ ।

    नेपालले उच्च गुणस्तरका गार्मेन्ट, हस्तकला, जडीबुटी, कृषि उत्पादन तथा सूचना प्रविधि सेवा उपलब्ध गराउन सक्छ ।

    नेपालमा पूर्वाधार, जलविद्युत, पर्यटन, सूचना प्रविधि र उत्पादन क्षेत्रहरूमा रोमानियाली लगानीको स्वागत गर्न सकिन्छ ।’

    उनले नेपाली कामदारहरू मेहनती, इमानदार र अनुकूलन क्षमतायुक्त भएको उल्लेख गर्दै सुरक्षित तथा व्यवस्थित श्रम आप्रवासन विस्तारले दुवै देशलाई फाइदा पुग्ने बताए ।

    ‘रोमानियाको श्रम माग पूरा हुनुका साथै नेपालको रेमिट्यान्स, सीप विकास र आर्थिक सुदृढीकरणमा पनि यसले योगदान पु¥याउँछ,’उनले भने ।

    पराजुलीले श्रम आप्रवासनसँगै सीप आदानप्रदानमा पनि जोड दिनुपर्ने बताए ।

    कार्यक्रममा उनले नेपाल र रोमानियाबीच पर्यटन तथा सांस्कृतिक आदानप्रदानले पनि दुई देशका नागरिकबीच सम्बन्ध थप मजबुत बनाउन सक्ने धारणा राखे ।

    ‘हिमालय र समृद्ध सांस्कृतिक सम्पदाको देश नेपालले रोमानियाली पर्यटकलाई स्वागत गर्छ, त्यसैगरी नेपालीहरूले पनि रोमानियाको इतिहास र युरोपेली सांस्कृतिक विविधताबाट लाभ लिन सक्छन्,’ उनले भने ।

    उनले नेपाल–रोमानिया व्यापार मञ्चले संवादलाई व्यवहारिक साझेदारीमा रूपान्तरण गर्ने विश्वास व्यक्त गर्दै निरन्तर सहकार्यले दुवै देशबीचको सम्बन्ध अझ प्रगाढ हुने बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रियसभा बैठक बस्दै

    प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’

    गगन नेतृत्वको कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा

    देउवा पक्षले गर्यो महामन्त्री गुरुराज घिमिरेलाई मुगु प्रवेशमा निषेध

    धिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीन वटा संसदीय समितिको बैठक बस्दै

    डोल्पामा मरिम नाकामा छोङ्ग्रा मेला सञ्चालन भएन, सीमावर्ती…

    टीटूके र होरा ई स्पोट्र्स ग्लोबल ओपनमा छनोट

    राष्ट्रियसभा बैठक बस्दै

    परराष्ट्रमन्त्री शिशिर खनाल न्युयोर्क प्रस्थान

    राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

    समुन्द्रको स्वास्थ्यसँग हिमाल र नेपालको भविष्य जोडिएको छ…

    आज विश्वकर्मा पूजा मनाइँदै

    आर्थिक

    एलपी ग्यासको मूल्य घट्यो

    उपत्यकामा ग्यासको अभाव बढेपछि बजार अनुगमन कडा, ४ व्यवसायीलाई जरिबाना

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑