सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाल टेलिकम ले देशका विकट तथा दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तार गर्ने अभियानलाई थप सशक्त बनाउँदै चालु आर्थिक वर्षमा चार नयाँ स्थानमा स्याटेलाइट प्रविधिमा आधारित जीएसएम मोबाइल सेवा विस्तार गरेको छ।
कम्पनीले डोल्पाको उपल्लो डोल्पास्थित कुगाउँ र निजाल, दोलखाको च्छो–रोल्पा पदमार्गअन्तर्गत ना–गाउँ तथा रसुवाको गोसाईंकुण्ड पदमार्गस्थित चन्दनबारीमा टुजी प्रविधिमा आधारित मोबाइल, टेलिफोन तथा डाटा सेवा सञ्चालनमा ल्याएको जनाएको छ।
हाल नेपाल टेलिकमले देशभरका ३८ दुर्गम स्थानमा स्याटेलाइट प्रविधिमार्फत सेवा प्रदान गरिरहेको छ। तीमध्ये सबैभन्दा धेरै १४ साइट डोल्पामा रहेका छन् भने हुम्ला, मुगु, मनाङ, दोलखा, ताप्लेजुङ, सोलुखुम्बु, रसुवा, दार्चुला, बाजुरा र जुम्लाका विकट बस्तीहरूमा पनि सेवा विस्तार गरिएको छ।
कम्पनीका अनुसार भौगोलिक विकटता, न्यून जनसंख्या र व्यावसायिक लाभको सम्भावना कम भए पनि दुर्गम क्षेत्रमा सञ्चार पहुँच पु¥याउनु सामाजिक दायित्व र राष्ट्रिय प्रतिबद्धता हो। कतिपय स्थानमा उपकरण तथा पूर्वाधार हेलिकप्टरमार्फत ढुवानी गरेर सेवा सञ्चालन गरिएको छ।
नेपाल टेलिकमले ‘राष्ट्रको सञ्चार’ भन्ने मूल नारालाई सार्थक बनाउन दुर्गम क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिएको उल्लेख गर्दै आगामी दिनमा यी साइटहरूलाई थप आधुनिक प्रविधिमा स्तरोन्नति गरिने जनाएको छ।
यससँगै कम्पनीले ब्याकबोन ट्रान्समिसन परियोजना अन्तर्गत अप्टिकल फाइबर नेटवर्क विस्तार, अन्डरग्राउन्ड ओएफसी, माइक्रोवेभ लिंक अपग्रेड, उच्च क्षमतायुक्त राउटर तथा डीडब्लुडीएम उपकरण जडानमार्फत देशव्यापी सुरक्षित, भरपर्दो र उच्च क्षमतायुक्त डाटा सेवा विस्तारलाई समेत अघि बढाइरहेको छ।
प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार नेपाल टेलिकमले विशेषगरी दुर्गम तथा न्यून जनसंख्या भएका क्षेत्रहरूमा सेवा निरन्तरता, नेटवर्क सुदृढीकरण र पूर्वाधार विस्तारलाई दीर्घकालीन रणनीतिक प्राथमिकतामा राखेर कार्य गरिरहेको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा