सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चितवन, भरतपुर । कामना सेवा विकास बैंक ले चितवन ग्रान्ड रिजेन्सी रिसोर्ट (CGR Resort) सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ।
सम्झौताअनुसार बैंकका कर्मचारी तथा ग्राहकहरूले रिसोर्टमा उपलब्ध अकोमोडेसन, फुड तथा बेभरेज सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। बैंकका ग्राहकहरूले आफ्नो बैंकसँगको आबद्धता प्रमाणित गरी सहज रूपमा यो सुविधा लिन सक्ने व्यवस्था गरिएको छ।
बैंकले यस सम्झौताबाट आफ्ना ग्राहक तथा कर्मचारीहरूलाई विशेष लाभ पुग्ने विश्वास लिएको जनाएको छ।
उक्त सम्झौतामा बैंकका तर्फबाट नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारी र रिसोर्टका प्रबन्ध निर्देशक जनार्धन रिजाल ले हस्ताक्षर गरेका हुन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा