सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ‘बाचा पत्र’लाई सबैभन्दा उत्कृष्ट दस्तावेजका रूपमा टिप्पणी गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पुराना दलहरूको घोषणापत्रको तुलनामा रास्वपाको बाचा पत्र संक्षिप्त, स्पष्ट र गुणस्तरीय रहेको बताएका हुन्। भट्टराईले विशेषगरी रास्वपाले अघि सारेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक संसद् तथा नेपाललाई दुई छिमेकी देशबीच ‘गतिशील पुल’का रूपमा स्थापित गर्ने अवधारणालाई समृद्ध नेपाल निर्माणका लागि अनिवार्य सर्तका रूपमा चित्रण गरेका छन्।
उनका अनुसार प्रमुख राजनीतिक दलहरू यी महत्वपूर्ण संरचनात्मक मुद्दामा मौन रहनु विडम्बनापूर्ण छ। “यी एजेन्डा कार्यान्वयन भए मात्र चुनावी कर्मकाण्डले सार्थकता पाउँछ,” भट्टराईको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।
आफ्नै पार्टीको घोषणापत्रबारे खुला धारणा सार्वजनिक नगरी रास्वपाको बाचा पत्रको खुलेर प्रशंसा गर्नुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ। विशेषगरी गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिएपछि भट्टराईको यो अभिव्यक्ति थप चासोका साथ विश्लेषण गरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार भट्टराईको अभिव्यक्तिले आगामी चुनावी समीकरण र वैकल्पिक राजनीतिक शक्तिहरूको भूमिकाबारे नयाँ बहस सुरु गराएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा